गंगा बीसी
करिब दुई वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको उम्मेदवार हुँदा 'सहमतिको प्रधानमन्त्री बन्न आफू तयार भएको' अभिव्यक्ति दिएर विवादित उपाध्यक्ष बाबुराम भट्टराई हाल प्रधानमन्त्रीका उम्मेदवार भएका छन् । गोर्खा-२ बाट देशकै सबै उदेद्वारले भन्दा बढी ४६ हजार २ सय ७२ (खसेको मतको ८२ प्रतिशत) पाएर संविधानसभामा चुनिएका उनी त्यसयता अन्य जनताबीच पनि पि्रय छन् । अधिकांश संचारमाध्यमका अबैज्ञानिक र अनौपचारिक 'एसएमएस' सर्वे उनकै पक्षमा देखिन्छन् । तर के भट्टराई प्रधानमन्त्री बन्लान् ?
गोर्खाको बेलबास, खोप्लाङ गाविसमा निम्नमध्यमवर्गीय किसान परिवारमा २०११ असारमा जन्मेका उनी सहमतीय प्रधानमन्त्रीको कसरतमा छन् । केहीअघि अर्का उपाध्यक्ष मोहन वैद्यसँग गठबन्धन गरेर चर्चित भट्टराई यतिबेला फेरि दाहालनिकट छन् । दाहाल र भट्टराईबीच प्रेम र घृणाको सम्बन्ध छ । 'अहिले बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्छ भन्ने निर्णय पार्टीले गरेको छ,' दाहालले भने, 'मैले मद्दत गर्दैन कि भन्ने बिल्कुल गलत अनुमान हो । मैले अढाइ वर्षअघि प्रधानमन्त्रीबाट राजीनामा दिँदा पनि सरकारको नेतृत्व लिनुपर्छ, तयार हुनुहोस् भनेको हुँ । त्यो सबैलाई थाहा छ । शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्नेमा बाबुरामजी र म निकट छौं । मैले तपाईं नै जानुपर्छ भनिरहेका बेला बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बनाउन म चाहन्नँ भन्नु गलत हो ।'
पछिल्लो समय दाहालसहित इतिहासमा अरूलाई पनि सत्तामा पुर्याउन भट्टराई परिवारको योगदान रहे पनि आफैं चाहिँ कम्तीमा यो परिवारका भट्टराईले सकारको नेतृत्व गरेका छैनन्(अर्का भट्टराई- कृष्णप्रसादको कुरा बेग्लै हो ।) भट्टराईका पुर्खा पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी थिए । उनीहरू इस्वी १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइँ सरेका थिए । द्रव्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन भट्टराई परिवारकै पुर्खा गजानन भट्टराईले मूख्य भूमिका खेलेका थिए । भट्टराई वंशकै एउटा समूह लिगलिग कोटको फेदीमा रहेको बेलबासमा नै खेतीपाती गरेर बस्यो । नेपालको मध्यपहाडी क्षेत्रमा रहेको यही स्थानमा बाबुरामको जन्म भएको थियो ।
शाहवंशलाई राज्यसत्तामा ल्याउन भट्टराई वंशले महत्त्वपूर्ण भूमिका खेलेपछि त्यही वंशका बाबुरामले शाहवंशको अन्त्यमा योगदान पुर्याए । माओवादी युद्धका बेला पार्टीभित्र राजासँग पनि वार्ता गर्नुपर्ने सन्दर्भलाई लिएर दाहाल र उनीबीच संघर्ष चर्किएको थियो ।
२०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गर्यो । त्यतिबेला उनका मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । भूमिगत मामाका घरमा राजतन्त्र विरोधी कुरा सुनेर आफूमा राजतन्त्रविरोधी चेत आएको भट्टराईले बताएका छन् । २०४६ मा नयाँदिल्ली गएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो ।
कांग्रेस नेता नरहरि आचार्य भट्टराईलाई 'अध्ययनशील र मिहिनेती' नेताका रूपमा चिन्छन् । 'बाबुरामजी अध्ययनशील, मिहिनेती र सरल स्वभावका हुनुहुन्छ,' आचार्यले भने, 'तर अलि बढी अन्तरमुखी र खुलस्त कुरा नराख्ने, संकोच मानिराख्ने जस्तो नेता हुनुहुन्छ ।' राजनीतिज्ञले खुलस्त कुरा गर्नुपर्ने आचार्यको सुझाव छ । 'राजनीतिमा खुलस्त ढंगले प्रस्तुत हुन सक्नुपर्छ । अरूका कुरा सुन्नेबुझ्ने हुनुपर्छ,' आचार्यले भने ।
दाहालको सरकारमा भट्टराई भाद्र ६, २०६५ देखि नौ महिनासम्म अर्थमन्त्री भएका थिए । लक्ष्यभन्दा धेरै राजस्व उठाएका कारण उनी सफल अर्थमन्त्री मानिन्छन् । तर प्रधानमन्त्रीका रूपमा उनको क्षमता परीक्षण हुन बाँकी छ । 'विगतमा अर्थमन्त्री हुँदा उनले गरेको मिहिनेत र काम र त्यही हदमा परिणाम पनि निकाले,' कांग्रेस नेता आचार्यले भने, 'त्यसबाट उनी काम गर्न सक्ने व्यक्ति हुन् भन्ने देखिन्छ । तर सबैलाई लिएर हिँड्ने सामाथ्र्य कस्तो छ भन्ने बाँकी नै छ ।'
भट्टराई मन्त्रीका रूपमा सफल भए पनि उनकी पत्नी एवं पोलिटब्युरो सदस्य हिसिला यमी मन्त्री हुँदा नातेदारलाई राजनीतिक नियुक्ति दिएर आलोचित भएकी थिइन् । पत्नीका अन्य कतिपय शैलीका कारण पनि भट्टराई आलोचित भए ।
पढाइमा जहिले पनि प्रथम भए पनि राजनीतिमा हालसम्म उनी पहिलो हुन सकेका छैनन् । प्रधानमन्त्री हुनु राजनीतिका लगभग सबै प्रतिस्पर्धा जित्नु हो । त्यो उनका लागि दाहालको छायाबाट निस्कनु पनि हो । माओवादीका अहिलेसम्मका सबै उपलब्धिको एकलौटी जस दाहालले लिएका छन्, यद्यपि त्यसमा भट्टराईको पनि दरिलो योगदान रहने गरेको छ । 'माओवादीले अहिलेसम्म मिलाएर यहाँसम्म जति ल्यायो त्यो पछाडि प्रचण्डको हात रहेको छ भन्ने लागेको छ,' कांग्रेस नेता आचार्य भन्छन्, 'बाबुरामजी रिजर्भ बस्ने खुलस्त नहुने स्वभावले संयोजनका निमित्त कठिनाइ पर्छ कि जस्तो देखिन्छ ।'
भट्टराईका दाहिने हातका रूपमा चिनिने माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझी आफ्ना नेतालाई 'मुलुकमा आमूल परिवर्त ल्याउने राजनीतिक दृष्टिकोण' युक्त भन्छन् । भट्टराईलाई राजनीतिक अर्थशास्त्रमा बढी रुचि छ । त्यसैले पनि उनी बेलाबेलामा आर्थिक कुरामा जोड दिन्छन् । मुलुकमा पुँजीवादी आर्थिक क्रान्ति नभई मुलुकको विकासले गति लिन नसक्ने उनको विश्वास छ । मध्यमवर्गमा 'पि्रय' मानिने भट्टराई पार्टीभित्र तेस्रो शक्तिशाली नेता हुन् दाहाल र वैद्यपछि । यही बुझेर हुनुपर्छ, उनी आफूलाई बलियो बनाउन प्रयासरत छन् ।
माओवादीमा उनीमाथि सधैं भारतप्रति नरम भएको आरोप लाग्छ । अध्यक्ष दाहालले नै ललितपुरको खन्ना गार्मेन्टमा झन्डै दुई वर्षअघि एउटा बैठकमा 'भारतपरस्त' भनेपछि ठूलो विवाद भयो । भट्टराई भारतसँग राजनीतिक र कूटनीतिक संघर्षमा जोड दिन्छन् । दाहाल भारतसँग प्रमुख संघर्ष गर्नुपर्छ भन्छन् । पार्टीभित्रको उग्रपन्थले चाहिँ भट्टराईलाई दक्षिणपन्थउन्मुख नेता भन्छ । कांग्रेस, एमाले र मधेसवादी मोर्चासँग सहकार्यबाट मात्र मुलुकलाई अग्रगति दिन सकिने धारणा राखेकाले भट्टराईलाई त्यसो भनिएको हो । 'प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ,' भट्टराई भन्छन् ।
२०२६ को एसएलसीमा नम्बर एक भएका भट्टराईले अमृत साइन्स कलेज, काठमाडौंबाट आइएस्सी, भारतको चण्डीगढबाट आर्किटेक्चरमा स्नातक, अनि २०३४ मा दिल्ली गए । त्यहाँको 'स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर' बाट स्नातकोत्तर गरे । भट्टराईले क्षेत्रीय विकास योजनामा दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । नेपाली र अंग्रेजी भाषामा गरी उनका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् ।
२०४२ मा काठमाडौं फर्केपछि उनी मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्युरो सदस्य भए । २०४७ सालमा उनी केन्द्रीय सदस्य भए । २०४६ को जनआन्दोलनताका संयुक्त राष्ट्रिय जनआन्दोलन नामक वामपन्थी मोर्चाको प्रवक्ता भए । २०५२ मा माओवादीले युद्ध थाल्दा उनी वरिष्ठ नेता भइसकेका थिए । २०५५ भदौमा माओवादीको चौथो विस्तारित बैठकमा भट्टराईले अध्यक्ष दाहालमा नेतृत्व केन्द्रीकरण भएको बताएपछि उनीहरूबीच मतभेद सुरु भयो । २०६१ मा 'अराजक' को आरोपमा उनी कारबाहीमा परे । २०६२ मा कारबाही फिर्ता भएपछि उनी पुनः नेतृत्वमा आए । २०६२ सालदेखि अन्य दलहरूसँग सुरु भएको वार्तामा भट्टराई सुरुबाटै संलग्न छन् ।
भट्टराईको त्यो वार्ता क्षमता अबका केही दिनमा अझ आवश्यक पर्नेछ । सहमतिमा केही लिँदा केही दिनु पनि पर्नेछ । 'दिन' भट्टराईलाई दाहालको सहयोग चाहिनेछ किनकि साचो उनीसँगै छ । तर लचकता र नेतृत्व क्षमता भट्टराई आफैंले प्रमाणित गर्ने हो ।

No comments:
Post a Comment