Showing posts with label Published Article. Show all posts
Showing posts with label Published Article. Show all posts

Saturday, September 27, 2014

गाउँको दसैं

दसैंमा गाउँमा कमेरो, रातो माटोले लिपेर दुलहीजस्तो सजाएका घरको बास नामी रिसोर्टभन्दा कम हुँदैन।
'गाउँको दसैं पो दसैं, सहरको दसैं के दसैं?' दसैंको मुखमा आजभोलि यस्तो भनेको प्रशस्त सुनिन्छ। दसैंको अवसरमा गाउँ नसम्झनेहरू कमै होलान्। सहरमा सरिसकेकाहरू पनि दसैंमा एकपटक गाउँ नसम्झि रहन सक्दैनन्। किनकि गाउँ अब सम्झनलायक भएका छन्। गाउँ साँच्चिकै रमाइला भएका छन्।
त्यसैलेे त हाम्रो गाउँप्रतिको मोह बढ्दै गएको छ। दसैंको प्रसंगमा हालै काठमाडौंमा घर भएको साथीको छोराले भनेछ, 'बाबा गाउँ जाने टिकट किन्नुभयो?' उसले भनेछ, 'हाम्रो घर काठमाडौंमा हो, गाउँ जानु पर्दैन।' अनि छोराले रिसाउँदै भनेछ, 'सबै साथीहरू गाउँ जाँदैछन्। हामी पनि गाउँ जानुपर्छ, भोलि गएर गाउँ किन्नु है। अनि टिकट पनि किन्नु।' यो कुरा सुनेर काठमाडौंवासी साथी छक्क परेछन्। उनलाई गाउँको महत्त्वले झल्यास्स बनाएछ।
कुनै बेला यस्तो समय थियो, गाउँ भनेपछि मान्छेहरू नाक खुम्च्याउँथे। गाउँ एउटा अभिषप्त ठाउँ जस्तो व्यवहार गर्थे। सहर बस्नमा गर्व गर्थे, सहरमा बसेर गाउँको हुर्मत लिन्थे। समय बदलिएको छ, अब ती दिन छैनन्। गाउँ र सहरको संयोजनमा रमाउने प्रवृत्ति बढेको छ। हाल गाउँ जान पाउँदा गर्व ठान्छन्। गाउँ जान नपाउँदा काठमाडौंवासीको एक छोराले जसरी आफ्नो बाबालाई गाउँ जान दबाब दिन्छन्, त्यसकै एउटा उदाहरण हो।

Tuesday, September 23, 2014

दाहालले वैद्यलाई पत्र लेखे, 'एकताका लागि बल प्रयोगको नीति स्वीकार छ'

एकताको आधार बनिसकेको छैनः एमाओवादी उपाध्यक्ष श्रेष्
काठमाडौं, आश्विन ७ - एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेख्दै 'बल प्रयोग' नीति स्वीकार गर्ने जनाएको छ । नेकपा-माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन् । शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो ।
 एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई सोमबार पत्र लेख्दै वैद्य माओवादीले अघि सारेको छमध्ये जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नेबाहेक अन्य बँुदे प्रस्तावलाई सैद्धान्तिक रुपमा सहमति जनाएका छन् । यसले दुई माओवादीबीच एकताका लागि सैद्धान्तिक गाँठो खुकुलो भएको छ ।
 वैद्य माओवादीले अघि सारेका सैद्धान्तिक मुद्दालाई सैद्धान्तिक रुपले स्वीकार गरे पनि तत्काल पार्टी एकता हुनेमा एमाओवादीकै कतिपय नेताहरु ढुक्क छैनन् । वैद्य माओवादीभित्र पनि एमाओवादीसंग एकता गर्ने नगर्ने बिषयमा दुई धार छ । सचिब नेत्रबिक्रम चन्द एमाओवादीमा विचलन आइसकेको उल्लेख गर्दै एकता गर्ने पक्षमा छैनन् ।
 पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक ६ बुादे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ' दाहालले वैद्यलाई लेखेको पत्रमा उल्लेख छ, '२ नं. बुादाको हकमा हामीले जनवादी क्रान्तिका बााकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ ।' उनले खुला छलफल गरी एकताका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 'तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहादै यस विषयमा समेत तपाईहरुसाग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ' उनको भनाइ छ ।
 वैद्य माओवादीले बैशाखको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले एमाओवादीसंग एकताका लागि छ बुदा अघि सारेको थियो । एकताको शर्तका लागि अघि सारेका बुदाहरुमा माक्र्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसदवादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने' प्रस्तावमा उल्लेख छ, 'पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने, जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने ।'
 दाहालले बुदा नम्बर दुईमा उल्लेख भएको नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई भने अस्वीकार गरेको छन् । एमाओवादीले जनवादी क्रान्ति पुरा भएको निश्कर्ष निकाल्दै पुजीवादी क्रान्तिमा जाने निर्णय गरिसकेको छ ।
  त्यसबेला वैद्य माओवादीको केन्द्रीय समितिको बैठले 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी माओवादी कम्युनिस्ट केन्द्रका रुपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय' गरेको थियो । दाहालले वैशाख २३ गते वैद्य माओवादी, पोलिट्व्यूरोको 'पार्टी एकता सम्बन्धी प्रस्ताव'लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको बताएका छन् ।
 'स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ' दाहालले स्पष्ट गरेको छन्,  'यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।'
 एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैचारिक, राजनीतिक कार्यदिशाको आधार तयार नभएसम्म पार्टी एकता हुन नसक्ने टिप्पणी गरेको छन् । 'पार्टी एकताका लागि आधार बनिसकेको छैन, तर एकताका लागि छलफल भने जारी छ' उनले भनाइ छ, 'तत्काल पार्टी एकता हुने संभावना देखिदैन ।'
 माओवादी प्रवक्ता पम्फा भुसालले एकताका लागि वार्ता प्रक्रिया सुरु हुने बताइन् । 'हाम्रो पार्टीले एकताका लागि अघि सारेका प्रस्तावलाई सकरात्मक रुपमा लिनु राम्रो हो, अब एकताका लागि छलफल सुरु हुन्छ' उनले भनिन्, 'एमाओवादीले एकताका लागि पठाएको पत्रबारे पार्टीभित्र छलफल भए पछि प्रक्रिया अघि बढ्छ ।'
प्रकाशित मिति: २०७१ आश्विन ७ १२:२९

Sunday, September 7, 2014

एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण

काठमाडौ, भाद्र २२ - पृथ्वीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्‍यो। भर्खर शान्ति प्रक्रियामा आएको माओवादीले सामन्तवादी राजतन्त्रका सुरुवात गर्ने राजा भएको भन्दै रद्द गर्न दबाब दिएको थियो।
त्यही एमाओवादीको जातीय मोर्चाले यसपालि राष्ट्रिय एकता दिवस मनाउने भएको छ। मोर्चाका महासचिव गोपाल किराँतीले नेपाल एकीकरण गर्नु राम्रो भएको तर्क गरे । 'एकीकरण राम्रो कुरा हो, त्यसकारण पृथ्वीनारायणलाई सम्झन लागिएको हो,' उनले भने, 'यो सम्झनु भनेको मुलुक नयाँ एकीकरणको सुरुवात गर्नु पनि हो।'
मोर्चाको बैठकले पृथ्वीनारायणले जुन उद्देश्यका लागि एकीकरण गरेको भए पनि त्यसले नेपाल एक गराउन महत्त्वपूर्ण काम गरेको निचोड निकालेको हो। किराँतीले
यो अभियानले सबै जातजाति, क्षेत्रलाई एकीकरण हुन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पुस २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन, प्रतिरोध सभा गरिनेछ।'

Saturday, September 6, 2014

Tibet from my eye

Lhasa city

भाद्र २० - 

तिब्बत जानुअघि यसको सदरमुकाम ल्हासा र तातोपानी नाका खासाबारे सुनेको हो । तिब्बतबारे खासगरी नेपालमा बेलाबेला हुने गरेका 'तिब्बतविरोधी' गतिविधिले काठमाडौंमा चर्चा पाउँथ्यो । त्योभन्दा बढी खासै थाहा थिएन । रुचि पनि थिएन ।

'विश्वको छानो' को रूपमा चिनिएको तिब्बतको प्रमुख क्षेत्रको स्थलगत भ्रमणले सुनेको भन्दा देखेकोमा धेरै अन्तर ल्याइदियो । तिब्बत ओर्लनेबित्तिकै चौडा र सफा सडक, सडकको वरिपरि हरियाली र प्रायः एउटै आकारका भवनले ल्हासाको वैभव देखाउँछ । चीनको मातहतमा रहेको स्वायत्त क्षेत्रबारे त्यति धेरै जानकारी बाहिरी संसारबाट पाउनु पनि सजिलो थिएन र छैन । यो आफैंमा 'बन्द' क्षेत्र पनि हो ।

Friday, September 5, 2014

एमाओवादीको ओरालो यात्रा

एमओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उकालो-ओरालो र दायाँ-बायाँ यात्रालाई माक्र्सवादको प्रयोग ठान्छन् । तर संविधानसभाको दोस्रो निर्वाचनपछि भने एमाओवादीको ओरालोतिर लागेको यात्रा झन जोखिमपूर्ण बन्दै गएको छ ।
अन्तरसंघर्ष मन्द विषजस्तै गहिरिँदै गएको छ । विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी पुनर्निर्माण गर्ने घोषणा गरे पनि झन्् विग्रहको अर्को बीउ थपियो । त्यसपछि पार्टी पुनर्निर्माण होइन, भत्केको जस्तो देखियो । नेतृत्व र नीतिमा सुधार नभए कुनै
दिन खण्डहरमा परिणत हुने विश्लेषण हुन थालिसकेको छ ।
नेता बाबुराम भट्टराई पक्ष मूलधारबाट बाहिरिएको छ । पार्टी सञ्चालनको प्रमुख जिम्मा संस्थापनले लिएको छ । भट्टराई टिमले कामको जिम्मा लिए पनि पार्टीभित्र प्रतिपक्षको जस्तो छ । पार्टी संगठनका महत्त्ववूर्ण निर्णयहरूमा उक्त पक्षको भूमिका प्रभावकारी छैन । संस्थापन पक्षका नेताहरूले प्रमुख जिम्मा लिएपछि हेडक्वाटरदेखि पोलिटब्युरो तहमा उनीहरू नै निर्णायक छन्् । संस्थापनले आफ्नै तरिकाले निर्णय गर्दै आएको छ । पार्टीमा हुने निर्णयको मुख्य जिम्मेवारी पनि संस्थापन पक्षकै रहन्छ । यस्तो अवस्थामा पार्टीका राम्रा, नराम्रा सबै कामको जिम्मा संस्थापन पक्षले लिनुपर्ने हुन्छ । भट्टराई पक्ष दर्शक भएर बसेको अवस्था छ ।

Saturday, July 5, 2014

Nepali Maoist's PLA and me in 2064

After ceasefire Maoist's PLA lived in Kamidada, Kavre in 2064. I did reporting for the Kantipur Television with camera person Raju Timilsina. That was historical event in my reporting life. 
Photo courtesy by Dipesh Pun  



Thursday, June 19, 2014

एमाओवादीमा क्यासको अभाव

काठमाडौ, असार ५ - -    पार्टी तेस्रो स्थानमा झरेपछि आम्दानी र सहयोग ह्वात्तै घट्यो
-    नेताहरूलाई खर्च चलाउन हम्मे-हम्मे
-    'आर्थिक दुःख’ पर्दा दाहाल निवास धाउनेहरू थुप्रै  
-    भट्टराईले समेत खर्च चलाउन 'दाहालबाटै लिने’
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भए पनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले 'सस्तो प्रचार' भने पनि खर्च अभावले नेताहरू छटपटिन थालेको स्रोतले बतायो ।
संविधानसभामा तेस्रो पार्टीमा झरेपछि एमाओवादीको वैधानिक आम्दानी ह्वात्तै घटेको हो । पहिलो संविधानसभामा २ सय ४० सभासदबाट मासिक १० हजारका दरले लेबी लिइन्थ्यो । हाल ८० सभासदबाट मासिक १२ हजार लिइन्छ । उसको देखिने आम्दानी यति मात्र हो । यो रकम केन्द्रीय कार्यालय र कार्यरत कर्मचारीका लागि खर्च हुन्छ । कहिलेकाहीं केही नेतालाई खर्च पनि दिइन्छ तर अधिकांश नेताले खर्च आफैं व्यवस्थापन गर्दै आएका छन् । 'निर्वाचनमा पार्टी तेस्रो भएपछि आर्थिक स्रोत पनि सुक्दै गएको छ,' स्रोतले भन्यो ।

Monday, May 12, 2014

भट्टराई बुर्जुवाकरण हुँदै गएको प्रचण्डको आरोप


UCPN Maoist

काठमाडौं, वैशाख २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहमतिमा ल्याउन 'गोलमेच सम्मेलन' गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले मोहन वैद्य नेतृत्वको माओवादीलाई सहमतिमा ल्याए मात्र संविधान लेखन सहज हुने जनाए ।
'उहाँहरू (वैद्य) ले गोलमेच सभाबाट संविधानको अन्तरवस्तुमा सहमति भयो भने संविधान बनाउने कुराको विरोधी होइनौं भनिरहेको स्थिति छ । शान्ति सम्झौताको हस्ताक्षरकर्ता, परिवर्तनको प्रमुख नेता हुनुको नाताले सबैलाई समेटौं र संविधान बनाऔं, कसैलाई पाखा लगाउने, कसैलाई धकेल्दिने नगरौं,' उनले भने, 'यो कुरालाई सकरात्मक रूपमा किन हेरिँदैन ? परिवर्तन संस्थागत गर्ने, शान्ति प्रक्रिया टुंग्याउने र संघीय गणतन्त्रको संविधान बनाउने कुरा गर्दा किन आरोपित गरिन्छ ?'