Friday, April 11, 2014

Nepal TRC bill


बेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको 
विधेयक 


व्यवस्थापिका–संसद सचिवालय
संसद भवन
सिंहदरबार


उद्देश्य र कारण

विगतको सशस्त्र द्वन्द्वको अन्त्यका सिलसिलामा २०६३ मार्ग ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको र सो सम्झौतामा भएको प्रावधान अनुसार एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटना बारेमा सत्य अन्वेषण गरी वास्तविक तथ्य जनता समक्ष ल्याउन,
सशस्त्र द्वन्द्वबाट पीडित व्यक्तिहरुको न्याय र परिपूरण प्राप्त गर्ने अधिकारको संरक्षण र सम्मान गर्दै निजहरुलाई परिपूरणको व्यवस्था गरी राज्यको तर्फबाट न्यायोचित व्यवहार गर्न तथा सम्मानित सर्वाेच्च अदालतको मिति २०७०।९।१८ मा भएको फैसलालाई मनन गरी,
नेपालको अन्तरिम संविधान, २०६३ र विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात गर्दै सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानवीन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, समाजमा मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्न, सो घटनाबाट पीडित व्यक्तिलाई परिपूरणको व्यवस्था लगायत त्यस्तो घटनासँग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको लागि सिफारिस गर्नको लागि वेपत्ता भएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन सम्बन्धमा कानूनी ब्यवस्था गर्न आवश्यक भएकोले यो विधेयक पेश गरेको छु ।