Tuesday, February 28, 2012

सांसदको तलबबाट वाईसीएललाई रकम दिने तयारी

गंगा बीसी
काठमाडौ, फाल्गुन १६ - माओवादीले लडाकुबाट वाईसीएलमा तानिएकालाई आर्थिक प्याकेज दिन आफ्ना सांसदहरूको तलबबाट रकम उठाउने तयारी गरेको छ । स्वैच्छिक अवकाशमा जाने लडाकुसरह आर्थिक प्याकेज दिनुपर्ने माग राखी आन्दोलनमा उत्रिएपछि माओवादीले आर्थिक प्याकेज दिन यस्तो तयारी गरेको हो ।
स्वैच्छिक अवकाशमा जाने लडाकुले कम्तीमा ५ लाख रुपैयाँ पाउने भएपछि वाईसीएलमा लागेका पूर्वलडाकुहरूले आक्रोशित हुँदै आर्थिक प्योकजको माग राखेका थिए । माओवादीको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आर्थिक प्याकेजका विकल्प तयार गर्न स्थायी समिति सदस्य नेत्रविक्रम चन्द र पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई जिम्मा दिएको थियो । त्यसपछि उनीहरूले आर्थिक स्रोतको खोजी सुरु गरेका हुन् ।
सांसदको तलबबाट रकम उठाएर वाईसीएलमा आएका पूर्वलडाकुलाई आर्थिक प्याकेज दिँदा पारदर्शी हुने भएकाले माओवादीले यसलाई उत्तम विकल्पका रूपमा लिएको हो । नेता चन्दले माओवादी सांसदको तलबबाट आर्थिक कोष बनाउन सुझाव आएको जानकारी दिए । 'हाम्रा सांसदको तलबबाट वाईसीएलका साथीहरूलाई आर्थिक प्याकेज दिन सकिने सुझाव पनि आएको छ,' उनले भने, 'त्यसबारे छलफल गर्दैछांै ।'
हाल माओवादीले आफ्ना २ सय ३६ सांसदबाट १० हजार रुपैयाँका दरले लेबी रकम उठाउँदै आएको छ । वाईसीएललाई आर्थिक प्याकेज तयार पार्न उसले अब आफ्ना सांसदबाट एक महिनामा तीस हजार रुपैयाँसम्म उठाउनुपर्ने हुन्छ । पोलिटब्युरो सदस्य शर्माले सांसदले पार्टीलाई बुझाउने लेबी बढाएर कोष बनाई वाईसीएललाई दिन सकिने बताए । 'सांसदबाट एक महिनामा बढी लेबी उठाएर पनि वाईसीएलका लागि कोष बनाउन सकिन्छ,' उनले भने ।
दुई साताअघि स्थायी समिति बैठकले पार्टी कोषबाट वाईसीएलमा आएका पूर्वलडाकुलाई आर्थिक प्याकेज दिने निर्णय गरेको थियो । आन्दोलनमा उत्रिएका लडाकुले लडाकुबाट पाँच सयदेखि एक हजारका दरले उठाएको रकम पार्टीले पारदर्शी नगरेको आरोप लगाउँदै हिसाबकिताब मागेका थिए ।
वाईसीएल आन्दोलनको संयोजन गरिरहेका वाईसीएल नेता एवं पूर्वलडाकु बि्रगेड कमान्डर ध्रुव घिमिरेले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
वाईसीएल लडाकुले आफूहरूलाई संविधानसभा निर्वाचनमा प्रयोग गरिएको र त्यसपछि पार्टीले बेवास्ता गरेको आरोप लगाउँदै लडाकुसरह आर्थिक प्याकेज दिनुपर्ने माग राख्दै आएका छन् । संविधानसभा निर्वाचनअघि माओवादीले करिब तीन हजार लडाकुलाई वाईसीएलमा तानेको थियो । लडाकु डिभिजन कमान्डर तहमा भएकालाई समेत माओवादीले वाईसीएलमा तानेको थियो । हाल वाईसीएल संयोजक गणेशमान पुन लडाकु डिभिजन कमान्डर हुन् । त्यसपछि ५ वर्षसम्म पार्टीले आफूलाई प्रयोग मात्र गरेको आन्दोलित लडाकुको आरोप छ ।
माओवादीले वाईसीएलका पूर्वलडाकुलाई पार्टीका तर्फबाट प्रमाणपत्र र बढुवासमेत गर्ने तयारी थालेको छ । 'जनमुक्ति सेनाका साथीहरू र वाईसीएलमा आएका साथीहरूको पार्टीको पद समान छ/छैन, त्यसलाई पनि विचार गरिनेछ,' पोलिटब्युरो सदस्य शर्माले भने, 'साथीहरूको उचित मूल्यांकन गरिने छ ।'
स्थायी समिति सदस्य चन्दले वाईसीएलको पद बढुवाभन्दा आर्थिक प्याकेज जुटाउने मुख्य काम भएको जनाए । 'बढुवा गर्ने सहायक काम हो,' उनले भने, 'मुख्य काम जनयुद्धमा दुःख गरेका साथीहरूलाई आर्थिक प्याकेज उपलब्ध गराउने हो ।'

Saturday, February 25, 2012

Kantipur's 20 years' a top news


 
गंगा बीसी
काठमाडौ, माघ २ -
सशस्त्र युद्धका बेला माओवादी 'जनसत्ता' ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले मान्यता दिएको छ । भूमिसुधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि उक्त निर्णय गरेको हो ।

माओवादी जनसत्ताले त्यतिबेला दिएको लिखितका आधारमा अब जिल्ला मालपोत कार्यालयले लालपुर्जा दिनुपर्नेछ । त्यस बेला भएका कागजातहरू मालपोत कार्यालयमा पेस गर्न ३५ दिन म्याद दिइनेछ र जग्गा किन्ने व्यक्तिबाट निवेदन माग गरिनेछ । जग्गा बेच्नेले जनसत्ताले दिएको लिखितहरूलाई अस्वीकार गरेका अवस्थामा मालपोत कार्यालयले त्यस्ता व्यत्तिलाई ३० दिने सूचना जारी गरी निवेदन माग गर्न सक्ने छ । त्यसबेला जग्गा बेच्नेबाट कुनै निवेदन नदिएमा जनसत्ताले दिएका कागज घरजग्गा किन्नेले पेस गरेको कागजातका आधारमा मालपोतले दर्ता दिनेछ ।

माओवादी पोलिटब्युरो सदस्य एवंं भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमले यो निर्णय तत्काल कार्यान्वयन हुने बताए । 'यो निर्णय तुरुन्त कार्यान्वयनमा जानेछ,' उनले कान्तिपुरसँग भने, 'सञ्चारमाध्यममा यसबारे सूचना प्रकाशित/प्रसारित भएपछि अगाडि बढाइनेछ ।'

'जनसत्तामा भएका घरजग्गा किनबेचको कागजातलाई मान्यता नदिँदा किन्ने व्यक्ति मर्कामा पर्ने भएकाले काम अघि बढाइएको हो,' उनले भने, 'यसमा बेच्ने व्यक्तिको असहमति भए पनि स्थानीयस्तरबाट समाधान गरिने प्रावधानसमेत राखिएको छ ।' भूमिसुधार अधिकारीले माओवादी पार्टी, प्रधानमन्त्री बाबुराम भट्टराई र मन्त्री गौतमको दबाबमा आफूहरूले 'जनसत्ता' को अनधिकृत निर्णय कार्यान्वयन गराउन प्रस्ताव गर्न बाध्य भएको र त्यहीअनुसार निर्णय भएको जानकारी दिए । तर औपचारिक रूपमा भूमिसुधारका कुनै पनि अधिकारी बोल्न चाहँदैनन् ।

मन्त्रिपरिषद्ले 'जनयुद्धकालमा सुरक्षाका दृष्टिले सम्बन्धित जग्गाधनीहरू जिल्लास्थित मालपोत कार्यालयमा जान नसक्ने अवस्थ्ाामा रहेका रोल्पा, रुकुम, सल्यान र जाजरकोटलगायत जिल्लामा मुख्य गरी लागू गर्ने निर्णय गरेको छ । 'माओवादीद्वारा गठित स्थानीय जनसरकारले स्थानीयस्तरमै विद्यमान आर्थिक ऐनले तोकेबमोजिम दस्तुरसरहको रकम असुल गरी राजीनामा, बकसपत्र र अंशबन्डा आदिका लिखितहरू पारित गरेका थिए,' निर्णयमा भनिएको छ, 'ती लिखितका आधारमा व्यक्तिहरूका घर वा घरजग्गाको भोगचलनसमेत गरी आएकाले सम्बन्धित मालपोत कार्यालयमा रजिस्ट्रेसन गराउनुपर्ने आवश्यकता देखियो । स्थानीय जनसत्ताद्वारा भएका लिखितहरूलाई कानुनी मान्यता प्रदान गर्न आवश्यक नीतिगत व्यवस्थ्ाासाथ लिखितमा लाग्ने रजिस्ट्रेसन दस्तुर छुट दिने ।'

माओवादी सशस्त्र युद्धका बेला समानान्तर सरकार सञ्चालन गर्न केन्द्रदेखि स्थानीय तहसम्म जनसत्ता बनाइएका थिए । स्थानीय तहमा सरकारले जस्तै कार्य सञ्चालन गरेको थियो । विस्तृत शान्ति सम्झौता भंग भएपछि उसले स्थानीय सरकार भंग गरेको थियो ।

निर्णयबारे तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवले मन्त्रिपरिषद्मा छलफल भएर घरजग्गासम्बन्धी जनसत्ताले गरेको निर्णय पारित गरेको जानकारी दिए । 'मन्त्रिपरिषद्मा छलफल भएर निर्णय भएको हो,' उनले भने, 'अब कार्यान्वयनमा जान्छ ।'



प्रकाशित मिति: २०६८ माघ ३ ०८:४८

News story of Bihar


Thursday, February 23, 2012

अन्ततः हामी सहमतिमा पुग्छौ :प्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौ, फाल्गुन १२ - प्रधानमन्त्री बाबुराम भट्टराईले समायोजनसम्बन्धी सेनाले सरकारलाई दिएको प्रस्ताव पहिले नै माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सदस्यलाई बाँडिएको बताएका छन् । समिति अध्यक्षसमेत रहेका उनले कांग्रेस, एमालेले सेनाको प्रस्तावको बिरोध गरे पनि छलफलपछि कुरा मिल्ने विश्वास व्यक्त गरे । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकपछि भट्टराईसंग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी ।
तीन दल बैठकमा के भयो ?
केही समय अघिदेखि तीन दलको बैठक र आवश्यकताअनुसार मधेशी मोर्चाको बैठक बसेर प्याकेजमा सहमति खोज्ने कुरा भएको थियो । त्यही अनुसार बैठक बसेको हो । बैठकमा मैले प्रधानमन्त्रीका हैसियतले शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सरकारलगायतका एजेन्डा राखे । शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजनमा सहमति जुटाउने, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता खोजबिन आयोगसम्बधी विधेयक बनाउने, घरजग्गा फिर्ता, भूमिसुधारलगायतका एजेन्डा बैठकमा प्रस्तुत भएका छन् । त्यस्तै संविधान निर्माणसम्बन्धमा राज्य पुनर्सरचना, शासकीय स्वरुप र न्यायप्रणालीका विषयमा प्रमुख एजेन्डाका रुपमा रहेका छन् । स्थानीय निकाय संचालनसम्बन्धी विषयले पनि प्रवेश पाएको छ ।
सहमति किन हुन सकेन ?
एजेन्डा प्रस्तुत गर्ने काम भएको छ । ठूलो टोलीको बैठक बस्नुभन्दा शीर्ष नेताहरु बसेर सहमति खोज्नु पर्छ भन्ने कुरा भएको छ । शान्ति प्रक्रियामा छलफल हुदा आवश्यकताअनुसार विशेष समिति सदस्य राख्ने र संविधान निर्माणमा छलफल गर्दा विवाद समाधान उपसमितिका सदस्य बोलाउन सकिन्छ ।
सेनाले सरकारलाई दिएको प्रस्तावमा कांग्रेस, एमाले सकरात्मक देखिएका हुन् ?
त्यो सेनाको प्रस्ताव भन्नुभन्दा सरकारले मागेको सुझाव हो । सहमति जुटाउन सम्बन्धित निकायको सुझाव लिने क्रममा सेनाले सरकारलाई सुझाव दिएको हो । यसमा छलफल सुरु भएको छ । प्रतिपक्षले बाहिर प्रतिक्रिया जनाउनु स्वभाविक हो । अन्ततः हामी सहमतिमा पुग्छौ ।
तपाईले विशेष समिति बैठक नबोलाएर अलमल्याएको आरोप छ नि ?
विशेष समिति बसेर मात्रै सबै कुरा तुरुन्तै मिल्ने होइन । सहमतिका लागि राजनीतिक तहमा गृहकार्य भइरहेको छ । सहमति हुनेबित्तिकै विशेष समिति बैठक तुरुन्तै बोलाउन सकिन्छ । तर त्यसअघि घनीभूत रुपमा छलफल गरी सहमति निकालौ भन्ने हाम्रो प्रयास हो ।
माओवादी र सेनाले मिलेर समायोजन प्रस्ताव बनाएकाले समस्या आएको भनिन्छ नि ?
वास्तवमा सेनाले दिएको सुझाव विशेष समितिका सदस्यहरुलाई बाडिएको हो । माओवादी र सेनामात्र मिलेर प्रस्ताव तयार पारेको भन्नु गलत हो । सेनाले सुझाव दिदैमा आपत्ति मान्नु पर्दैन । किनकि हामीले त्यो सुझावका बारेमा पर्याप्त छलफल गर्नसक्छौ । कांग्रेस, एमालेको टिप्पणीलाई म अन्यथा मान्दिन । कुरा सहमति जुटाउने ढंगले अघि बढेको छ, सहमति हुन्छ ।
माओवादी लडाकुले माथिल्लो पद मेजरमै चित्त बुझाउनु पर्ने हो ?
सेना समायोजन सम्मानजनक बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । समायोजन कसरी बस्तुवादी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।
स्थानीय निकाय संचालन सम्बन्धमा के प्रस्ताव गर्नुभयो ?
स्थानीय निकायको कि चुनाव गर्नु पर्‍यो, कि कुनै संयत्र बनाउनु पर्‍यो । तुरुन्त चुनाव गर्न संभव छैन । चुनाव नभएसम्मका लागि एउटा राजनीतिक संयत्र बनाउनु पर्छ भन्नेमा पार्टीहरुबीच सैद्धान्तिक सहमति भएको छ । यसबारेमा पनि थप छलफल हुन्छ ।
माओवादी स्थायी समिति बैठक सरेको सर्‍यै छ नि ?
नेताहरुको व्यस्तताका कारण बैठक बस्न सकेको छैन । सहमति जुटाउने हिसाबले नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको छ । हामी बैठक बसेर कुरा मिलाउँछौ ।
 

Sunday, February 12, 2012

दाहाल-भट्टराईद्वारा मन्त्री बोलाउने प्रस्ताव

गंगा बीसी
काठमाडौं, माघ २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीका मन्त्री फिर्ता गरेर सहमति निकाल्न उपाध्यक्ष मोहन वैद्य पक्षसँग प्रस्ताव राखेका छन् । वैद्य पक्षले भने सरकारबाट फिर्ता हुनुपर्ने अडान राखेकाले शनिबार सिंहदरबारमा बसेको स्थायी समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
दाहाल र भट्टराईले पार्टीका मन्त्री फिर्ता बोलाएर वैद्य पक्षसहित नयाँ मन्त्रीको टोली पठाउने प्रस्ताव बैठकमा राखेका थिए । वैद्य पक्षले पहिले राजीनामा दिएर सहमतिको सरकारका लागि विकल्प खुला गर्नुपर्ने जिकिर गर्‍यो ।
'पार्टी एकता सुदृढ गर्न र जनताको भावना समेट्न राजीनामा दिनु उपयुक्त हुने हामीले भनेका छौ‌,' वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले भने, 'पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ टोली पठाउँदा कस्तो होला भन्ने कोणबाट कुरा आएको छ । छलफल जारी छ ।' माओवादीबाहेक अन्य पार्टीको नेतृत्वमा सहमतिको सरकारका लागि पनि विकल्प खुला गर्न सकिने उनको भनाइ छ ।
दाहाल र भट्टराईले यही सरकारमा सहभागी हुन आग्रह गरे पनि वैद्य पक्षले सुरुमै 'राष्ट्रघाती' को संज्ञा दिएकाले मानिरहेका छैनन् । बैठकपछि अर्का स्थायी समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले भट्टराईको विकल्प नखोजिएको दाबी गरे । 'बाबुरामजीको विकल्प खोजिएको छैन,' उनले भने, 'हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रयास गर्ने विषयमा छलफल भइरहेको छ ।'
यसअघि वैद्य पक्षले राष्ट्रिय सरकारको नेतृत्व दाहाललाई गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए । त्यसलगत्तै महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन वैद्य पक्षले दाहालसँग छलफल गरेको थियो । स्थायी समिति सदस्य कृष्णबहादुर महराले राष्ट्रिय सरकार कसरी बनाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए । 'राष्ट्रिय सहमतिको सरकार बनाउन के गर्न सकिन्छ र कसको नेतृत्वमा बनाउने छलफल भइरहेको छ,' उनले भने, 'टुंगिएको छैन ।'
तीन दिनदेखि जारी स्थायी समिति बैठकमा सरकारबारे छलफल भए पनि टुंगो लाग्न सकेको छैन । सहमतिको सरकारबारे वार्ता गर्ने जिम्मा दाहाललाई दिइएको छ । उनले कांग्रेस र एमालेसँग अनौपचारिक छलफल गरिरहेका छन् ।
सरकारलाई जनसत्ताको कारोबारको विकल्प ल्याउन निर्देशन
जनसत्ताका बेला भएको घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय फिर्ता लिए पनि यसमा नयाँ विकल्प ल्याउन सरकारलाई माओवादीले निर्देशन दिएको छ ।
विकल्प नल्याए आन्दोलन बढ्ने वैद्य पक्षले चेतावनी दिएको छ । जनसरकारले गरेका निर्णयलाई कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयको विरोधमा रोल्पा, रुकुम र सल्यानमा आन्दोलन सुरु भएको जानकारी गराउँदै वैद्य पक्षले त्यो देशका धेरै ठाउँमा फैलिन सक्ने चेतावनी दिएको छ । 'वैकल्पिक व्यवस्था नगरे आन्दोलन अझै बढ्न सक्छ,' सचिव सीपी गजुरेलले भने ।
अर्थमन्त्री पुनले सात दिनभित्र व्यावहारिक विकल्प ल्याउने गरी छलफल भएको बताए । उनले भने, 'यससम्बन्धी अन्य पार्टीसँग अनौपचारिक कुराकानी पनि भएको छ ।'

प्रकाशित मिति: २०६८ माघ २९ ०९:२२

Thursday, February 9, 2012

किन हुन्छ प्रचण्डमाथि प्रहार ?

गंगा बीसी
 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेलाबेला आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताउने गरेका छन् । माओवादी प्रमुख भएका कारण उनीमाथि वैचारिक र राजनीतिक आक्रमण हुनु अस्वाभाविक पनि होइन । तर प्रचण्डले अवश्य पनि हेक्का राखेको हुनुपर्छ, कुन अवस्थामा उनीमाथि आक्रमण भएको छ ?
जब मुलुकको राष्ट्रिय राजनीतिमा संकट आउँछ, त्यसबेला एउटा राष्ट्रि्रय नेताको खोजी हुन्छ । जब प्रचण्डले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने कुरा गर्छन्, पार्टीको दायराभन्दा बाहिर गएर त्याग गर्ने बताउँछन्, तब मुलुकले आशाको आँखाले उनीतिर हेर्छ । उनी राष्ट्र्रकै नेता बन्ने लक्षण देखिन्छ । तर जब प्रचण्डले 'जनविद्रोह'को हुंकार छाड्छन्, त्यसबेला मुलुक फेरि स्तब्ध हुन्छ । प्रचण्ड राष्ट्रको होइन, एउटा गुटको नेता बन्न पुग्छन् । त्यसैबेला उनीमाथि राजनीतिक र वैचारिक आक्रमण बढी हुन्छ । अनि प्रचण्ड भावुक बन्छन् र भन्छन्- मलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिँदैछ ।
माओवादीका खरिपाटी वा पालुङटार बैठकमा प्रचण्डको अनुहारमा जनविद्रोहको लाली चढेको थियो । तर त्यो लाली उनलाई खासै सुहाएन । बन्दुक, बारुद र गोलीले होली खेल्ने बेला उनलाई युद्धको, जनविद्रोहको लाली खुबै सुहाउँथ्यो । अहिले उनलाई जनविद्रोहको लाली चढेको अनुहार सुहाउँदैन । विस्तृत शान्ति सम्झौता गरेपछि उनलाई शान्ति र संविधान बोकेकै अनुहार सुहाउँछ । तर बेलाबेलामा उनी विद्रोहतिर ढल्कन खोज्छन् । गत साउनमा उनले साहसिक निर्णय गरे, जनविद्रोहको कार्यदिशा स्थगित गर्ने । त्यसबेला उनले त्यसलाई 'बोल्ड डिसिजन' भने । त्यो बोल्ड डिसिजन नै थियो । त्यसपछि उनले शान्ति र संविधानलाई केही गतिसमेत दिए । धेरैलाई लाग्यो, प्रचण्ड राष्ट्रकै नेता बन्ने बाटोमा छन् । पार्टीभित्र मोहन वैद्य पक्षको चर्को विरोधबीच उनले आफ्नो गतिलाई कमी गरेनन्, बरु अझै बढाए । वैद्य पक्षले कडा प्रहार गरे पनि अन्य थुप्रैले उनको प्रशंसा गरेका थिए ।
प्रचण्डप्रति जति अपेक्षा छ, त्यति नै आक्रोश आउनु अस्वाभाविक होइन । उनले बाटो बिराउँदा निम्तिने आक्रोशलाई आक्रमणको रूपमा बुझे भने भूल हुनेछ । आखिर शान्ति र संविधानको बाटो लिएको बेला उनले कम्ती स्याबासी पाएका होइनन् । गत साउनयता उनले कतिपय अवस्थामा पार्टीको दायरा नाघेर पनि शान्ति र संविधानका पक्षमा कदम चाले । उनले ती कदम माओवादी पार्टीका लागि भनेर गरेका थिएनन्, मुलुकका लागि गरेका थिए । उनले भन्दै र गर्दै गए- मुलुकका लागि गरेको त्याग र बलिदानलाई अन्यथा ठानिन्छ भने म शान्ति र संविधान टुंगोमा पुर्‍याएर संन्यास लिन तयार छु ।
पछिल्लो समयमा प्रचण्डले प्रधानमन्त्री हुने मोह त्यागिसकेका छन् । यसलाई धेरैले राजनेता बन्ने संकेतका रूपमा बुझे । उनले संविधान निर्माण हुनुअघि प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । त्यो त्यागले मुलुकलाई निकासको बाटोतिर लैजाने दाबी गरेका थिए । हुन पनि उनले प्रधानमन्त्रीको मोह त्यागेपछि शान्ति र संविधानले केही गति लिएको थियो । त्यसयता एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका
छन् । यसो हुनुमा प्रचण्डको त्याग थियो । मुलुकले संक्रमणकाल पार नगर्दासम्म प्रचण्डको त्याग आवश्यक छ, जुन उनले पनि बुझेको हुनुपर्छ ।
प्रचण्ड विस्तृत शान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता हुन् । त्यो सम्झौताको मूलमर्म शान्ति प्रक्रियालाई टुंग्याउनु र नयाँ संविधान लेखन पूरा गर्नु हो । अहिलेसम्म यी दुवै काम अधुरै छन् । यसको अर्थ प्रचण्डको काम पनि अधुरै छ । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि यो अभिभारा प्रचण्डको काँधमा आएको छ । उनी आफैंले पनि स्वीकारेको कुरा हो यो । तर बेलाबेला उनी जिम्मेवारीबाट भाग्न खोजेजस्तो देखिन्छ । धेरैको चाहना उनले द्वैध चरित्र त्यागुन् भन्ने छ । दुइटा डुंगामा खुट्टा राख्ने प्रवृत्ति न प्रचण्डको हितमा छ, नत राष्ट्रको ।
माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेस सभापति सुशील कोइरालाले 'हिरो हुने मौका नगुमाउन' भनिरहेका छन् । माओवादी बाहेकले उनलाई राजनेता बन्न सुझाव दिइरहेका बेला माओवादी उपाध्यक्ष मोहन वैद्यले चाहिँ राजनेता होइन, विश्व सर्वहाराको नेता हुन हौस्याएका छन् । प्रचण्ड स्वयम्ले राजनेता र विश्व सर्वहारा नेतामा खास फरक नपाएको बताएका
छन् । यसको अर्थ हो, उनी राजनेता बन्न चाहन्छन् । प्रचण्ड राजनेता बन्ने सुनौलो अवसर पनि यतिबेला छ । किनभने नेपाली राजनीतिको साँचो अहिले धेरै हदसम्म उनकै हातमा छ । उनले त्यो साँचो दायाँ घुमाउँदा नेपाली राजनीतिको गाँठो फुक्छ, बायाँ घुमाउँदा अझ जेलिएर जान्छ । त्यसलाई कतातिर घुमाउने, उनकै भूमिकामा भर पर्छ । प्रचण्ड राजनेता बन्ने कि एउटा कम्युनिष्ट पार्टीको अध्यक्षमात्रै रहने भन्ने पनि यसमै निर्भर छ ।
प्रचण्ड राजनेता हँुदा पार्टीको नेता पनि रहन सक्छन्, तर पार्टीको नेतामात्र हँुदा राजनेता बन्न सक्दैनन् । त्यसका लागि उनले दुइटा काम अनिवार्य गर्नुपर्छ । पहिलो, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, दोस्रो संविधान लेखेर मुलुकलाई स्थायी बाटोमा लैजाने । पहिलेजस्तै विद्रोही नेता बन्ने हो भने त उनीसामु जनविद्रोहको बाटो पनि छ । हुन त उनले पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनविद्रोह गर्ने प्रयास असफल भएको स्वीकारिसकेका छन् । शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर हुने चुनावबाट अघि बढ्ने जनाएका छन् । यदि अहिले पनि उनको बुझाइ यही हो भने उनी सही बाटोमा छन् । यसैले उनको र सबैको हित गर्छ ।
प्रचण्डले जनताको चाहनाअनुसार शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर संक्रमणकालको अन्त्य गर्नुपर्छ । उनले बाटो बिराए भने राजनीतिक र वैचारिक प्रहार अहिलेभन्दा तीव्र हुनेछ । गतिरोधको गाँठो फुकाएर शान्ति/संविधान टुंग्याए भने नेताबाट राजनेता बन्ने अवसर आउनेछ

Wednesday, February 8, 2012

YCL will get money package from mother party


काठमाडौं, माघ २५ - माओवादीले वाईसीएलमा तानिएका लडाकुलाई 'पार्टी कोष' बाट राहत प्याकेज दिने भएको छ । लडाकुसरह सुविधा दिनुपर्ने माग राख्दै वाईसीएल आन्दोलनमा उत्रिएपछि माओवादी यस्तो निर्णयमा पुगेको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले वाईसीएलमा आएका लडाकुलाई एकमुष्ठ रकम व्यवस्था गर्न लागेको सचिव सीपी गजुरेलले जानकारी दिए । 'वाईसीएलमा आएका जनमुक्ति सेनाका साथीहरूलाई पार्टीले एकमुष्ठ रकम व्यवस्था गर्ने निर्णय गरेको छ,' उनले भने, 'त्यो रकम पार्टी कोषबाट उपलब्ध गराइने छ ।'
विस्तृत शान्ति सम्झौतापछि माओवादीले करिब ३ हजार लडाकुलाई वाईसीएलमा ल्याएको थियो । 'वाईसीएलमा कति पूर्वजनमुक्ति सेनाका साथीहरू छन्, हामी तथ्यांक संकलन गरी पार्टीलाई दिन्छौं,' वाईसीएल संयोजक गणेशमान पुनले कान्तिपुरसँग भने ।
माओवादीले तल्ला समितिमा पठाएको सर्कुलरमा पनि वाईसीएलमा आएका लडाकुलाई राहत दिने उल्लेख थियो । शान्ति सम्झौतापछि लडाकु शिविरमा बस्नुपर्ने भएकाले 'जनविद्रोह' को तयारी गर्ने भन्दै लडाकुलाई वाईसीएलमा ल्याइएको थियो । त्यसबेला डिभिजन कमान्डर तहसम्मका लडाकुलाई वाईसीएलमा ल्याइएको थियो । हाल वाईसीएल संयोजक रहेका पुन लडाकुका पूर्वडिभिजन कमान्डर हुन् ।
वाईसीएलमा आएकाहरूलाई स्वैच्छिक अवकाशमा जाने लडाकुसरहकै राहत दिने/नदिने विषयमा माओवादीले टुंगो लगाएको छैन । स्रोतका अनुसार सांसद भएका र राजनीतिक नियुक्ति पाएका लडाकु नेताहरूलाई राहत दिइने छैन । त्यसबाहेककालाई स्वैच्छिकमा जाने लडाकुले पाएसरहकै रकम व्यवस्था गर्ने तयारी भएको स्रोतले जनायो ।
माओवादी बैठकले घाइते, अपांग, सुत्केरी महिला लडाकु र बहिर्गमनमा परेका लडाकुका लागि आवश्यक राहत प्याकेजका लागि सरकारलाई निर्देशन दिएको छ । सचिव गजुरेलका अनुसार घाइते र अपांगको श्रेणी छुट्टयाएर र ५ वर्षसम्मका नानी भएका सुत्केरी लडाकुलाई शान्ति मन्त्रालयमार्फत राहत प्याकेज व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
ँचेक खोस्ने नीति छैन’ माओवादी बैठकमा अवकाशमा जाने लडाकुले पाएका चेक र परिचयपत्र खोसिएकोबारे पनि छलफल भएको थियो । अवकाशमा जाने लडाकुका चेक जबर्जस्ती खोसी ४० प्रतिशत रकम माग्दा गलत सन्देश जाने भन्दै त्यसलाई स्वैच्छिक बनाउने निष्कर्ष निकालिएको थियो । शिविरमा जबर्जस्ती चेक खोस्न थालेपछि व्यापक आलोचना भएको थियो ।
जनसत्ताबारे निर्णय फिर्ता नलिने सरकारले जनसत्ताका बेला भएको घरजग्गा किनबेचका कागजातलाई मान्यता दिने निर्णय फिर्ता लिन नहुने बैठकले पुनः निर्णय गरेको छ । 'जनसत्ताका कागजातबारे सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेकाले फिर्ता लिन नहुने निर्णय भयो,' स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले भने, 'कांग्रेस, एमालेको विरोधको अर्थ छैन ।'
कार्यकारी राष्ट्रपतिमा पार्टीले अडान कायम राख्ने माओवादीे निर्णय छ । त्यस्तै राज्य पुनर्संरचना समितिको प्रतिवेदन सही भएको अडान राख्दै माओवादीले त्यसकै आधारमा अन्य पार्टीसँग वार्ता गर्ने जनाएको छ ।
'ब्रिगेडियर जनरल बटमलाइन'
माओवादी अध्यक्ष पुष्पकमल दाहालले समायोजनमा जाने लडाकुले ब्रिगेडियर जनरल पाउनुपर्ने पार्टीको बटमलाइन भएको बताएका छन् । माओवादी निकट जनादेश साप्ताहिकलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, 'हामीले बि्रगेडियर जनरलसम्म अर्थात् निर्देशनालयमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो माग छ । त्यो हाम्रो बटमलाइनका रूपमा लिएका छौं ।' नेपाली सेनाले लडाकुलाई मेजरसम्म दर्जा दिन सकिने चर्चा भइरहेका बेला दाहालको यो भनाइ आएको हो ।

No Title

Whole rainy day, Political parties are busy in Gokarna resort, talking about unresolved political issues like government validity decision Maoist's Janasatta. The rain welcomes the leaders but they dam-care even nature's request.
W nepali people have more tolerance power since history. If not it, we have no petrol, gas, water but we are not speaking loudly. Our stoves are wet, we are thirsty but we are silent. It means, it is silent motion before coming storm. It will not easy to government that when people blast taking voice in street. 

Saturday, February 4, 2012

माओबादीमा घोचपेच

काठमाडौं, माघ २१ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई 'पाहुना' प्रशिक्षकका रूपमा देशव्यापी प्रशिक्षणमा सहभागी भए ।
उनीहरूले त्यहाँ कुनै लामो सैद्धान्तिक व्याख्या गरेनन्, बरु ठट्यौली तरिकाले एकले अर्काेलाई व्यंग्य गरे । एकले अर्कोलाई 'खेदो' नखन्ने विधि बनाएपछि तीनै नेताले व्यंग्यको सहारा लिनुपर्‍यो ।
दाहाल, वैद्य र भट्टराई हेलिकप्टर, जहाज चढेर त्यही दिन राजधानी र्फकने गरी प्रशिक्षणमा सहभागी भएका हुन् । फुटको मानसिकतामा पुगेका कार्यकर्तालाई तीन नेता एक ठाउँमा देखाउन उनीहरू पाहुना प्रशिक्षकजस्तै कार्यक्रममा सहभागी हुँदै आएका छन् । माघको पहिलो साता राजधानीको खन्ना गार्मेन्टबाट सुरु भएको प्रशिक्षण शुक्रबार विराटनगरमा पुगेर सकिएको छ ।
प्रशिक्षणमा वैद्य र भट्टराईबीच बढी व्यंग्य चल्यो, त्यसका रमिते बने दाहाल । वैद्यले भट्टराईको नेतृत्वको सरकारलाई बढी व्यंग्य गरे । 'यो सरकार नखाऔं भने दिनभरिको सिकार खाआंै भने कान्छा बाउको अनुहार भएको छ,' वैद्यको भनाइ थियो, 'आफैंले बनाएको सरकारलाई नफाल्न सकिन्छ, न समर्थन ।' यो व्यंग्य सुनेपछि भट्टराईले आफू पार्टीको सिपाही भएकाले फिर्ता हुन पनि तयार भएको प्रशिक्षणकै दौडानमा बताए । 'म पार्टीको सिपाही हुँ, पार्टीले निर्णय गरे कुर्सीमा बसिरहन मलाई मन छैन ।'
यसअघिका प्रशिक्षणजस्तो कार्यदिशाबारे चर्को बहस किन भएन ? पोलिटब्युरो सदस्य अग्नि सापकोटा सडक, टोलटोल पोखिएको पार्टी एक गराउनु मुख्य काम भएकाले शान्ति र संविधान कि जनविद्रोह भन्नेमा चर्को बहस भएन । 'परिस्थिति धेरै बिगि्रइसकेको थियो,' उनले भने, 'सडक, टोलटोलमा पोखिएको पार्टीलाई एकता बनाउन तत्कालीन योजनामा मात्र प्रशिक्षण भयो । यसको मुख्य उद्देश्य एकताको वातावरण बनाउनु थियो ।'
केन्द्रको झगडाको प्रभाव तल्लो समितिमा यसरी पर्‍यो कि धेरै जिल्ला तहका नेताबीच बोलचालसमेत बन्द थियो । प्रशिक्षणमा उनीहरूले केन्द्रमा शीर्ष नेता मिल्ने तल कार्यकर्ता लडाउने भनी गुनासो गरेका थिए । 'तपाईंहरू रातारात झगडा गर्नुहुन्छ, रातारात मिल्नु हुन्छ,' उनीहरूको गुनासो थियो, 'हाम्रो बोलचाल बन्द छ, हाम्रा मन फाटेका छन्, कसरी जोड्नुहुन्छ ?'
अर्का पोलिटब्युरो सदस्य नारायण शर्माले वैचारिक एकता कायम गर्न 'विधि' पार्टी एक भएको बताए । 'दुई लाइन संघर्षका क्रममा नेता तथा कार्यकर्ताका मन फाटे पनि जोड्ने वातावरण बन्दै गएको छ,' उनले भने, 'अहिले फरक विचारलाई छलफल गर्ने विधिमा एकता भएको छ । विस्तारै वैचारिक राजनीतिक एकता हुने वातावरण बन्दै जान्छ ।' राजनीतिक र वैचारिक कार्यनीतिमा बहस गरेको भए बनेको एकता पनि भत्कने खतरा थियो । जसरी पनि पार्टी एकता गराउन नेताहरू वैचारिक बहसतिर गएनन् । आफ्नो कुरा भन्नै परे, आरोप नलगाई कुरा राखे । 'पार्टी एकता गराउन हामीले विचार, राजनीति र कार्यनीतिको बहस गरेनौं,' पोलिटब्युरो सापकोटाले थपे, 'तत्कालको कार्यनीतिमा बहस गर्नुको अर्थ पार्टी एक बनाउने र शान्ति संविधानलाई अघि बढाउने हो । प्रशिक्षणमा नेताहरूले 'यो आवश्यकताको एकता' भएको बताए ।
 दाहाल र भट्टराईबीच करिब डेढ वर्षअघि भएको अन्तरसंघर्षपछिका प्रशिक्षणमा राजनीतिक कार्यदिशाबारे चर्को राजनीतिक र वैचारिक बहस भएको थियो । यसपटक त्यो रूपमा नहुनुको कारण जसरी पनि पार्टी जोगाउने उद्देश्य थियो ।
जेठ १४ गतेसम्मका लागि फरक मतलाई खुला छलफलमा लाने सहमति भएपछि माओवादीका प्रशिक्षण पार्टी एक भएको सन्देश कार्यकर्तालाई दिनका लागि मात्र भएका जस्ता देखिन्छन् । आ-आफ्नो कार्यदिशालाई थाती राखेर एकता गरेका नेताहरू आ-आफ्नो अडानमा भने कायम छन् । वैद्य जनविद्रोहको नीति र दाहाल-भट्टराईले शान्ति र संविधानको बाटो छाडेका
छैनन् । दाहालले 'जनविद्रोह' को नीति लिएको जस्तो देखिए पनि त्यो केबल पार्टी एकताका लागि लिइएको कदम हो । दाहालले यसलाई 'सर्प पनि मर्ने लौरो पनि नभाँचिने' हतियारको रूपमा लिएका छन् । जनविद्रोहको शब्दावली राख्दैमा पार्टी एकता हुने भएकाले सहमतिको साझा प्रस्तावमा उनले त्यसै गरे ।
तीनै नेताले भने, 'घेराबन्दीमा परिएकाले मिल्नुको विकल्प थिएन’
विराटनगर- माओवादी शीर्ष नेताहरूले पार्टीको आन्तरिक एकत 'आवश्यकताको मिलन' भएको बताएका छन् । 
कुम जोडाएर बसेका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षहरू बाबुराम भट्टराई र मोहन वैद्यले कार्यकर्ता प्रशिक्षणमा आफ्ना तर्क बलियोसँग राखे । 'अन्तरलाइन संघर्ष' लाई मत्थर पार्ने उद्देश्यले माओवादीका तीनवटा राज्य समिति सदस्य स्तरभन्दा माथिका कार्यकर्तालाई प्रशिक्षण र कोचिला राज्य समितिभित्रका जिल्ला कमिटी सदस्यहरूको छुट्टाछुट्टै प्रशिक्षणमा बोल्दै तीनै जना नेताले पार्टीभित्र फरक मतलाई एकातिर राख्दै वर्तमान कार्ययोजनामा मात्र सहमति भएको जिकिर गरिरहेका थिए ।
तीनै जना नेताको एउटै भनाइ थियो, 'यो एकता आवश्यकताको मिलन हो, परिवर्तन नचाहने शक्तिहरूको घेराबन्दीमा परिसकेकाले मिल्नुको विकल्प थिएन ।' बन्द प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल मिल्नुको विकल्प नरहेको बताए । उनले भने, 'मिल्न सक्ने बुँदामा मिलाएर जाने, मिलाउन नसक्ने बुँदामा संवाद गरेर अघि बढ्ने, संवादमा पनि नमिले जनतासम्म जाने, जनतामा जाँदा पनि नमिले नयाँ विधिको खोजी गर्ने विन्दुमा मिलेका छौं ।'
बन्द सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले यो मिलाइ विश्वमा अन्यत्र कतै नभएको मिलाइको संज्ञा दिँदै यो मिलनलाई अन्तिम पटकको मिलन भएको जिकिर गरेको सहभागी एक स्रोतले
बताए । शिविरका चाबी बुझाउनेदेखि बिप्पा सम्झौतासम्म आइपुग्दाका आफ्ना फरक मत यथावत् रहेको भन्दै तत्कालीन कार्यक्रममा मात्र सहमतिसाथ अघि बढ्ने कुरामा मात्र मिलन भएको वैद्यको भनाइ थियो । विद्रोहको विकल्प नरहेको भन्दै जुन बाटोबाट हिँडे पनि  विद्रोहमा नगई सुखै नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको बाटो छाडे पार्टीलाई क्षति हुने भन्दै यसको कार्यभार माओवादीको काँधमा रहेकाले पूरा गर्नुपर्नेमा जोड दिए । उनले अहिले संघीयतालगायत कुरामा अन्य राजनीतिक दलसँग कुरा नमिलेकाले त्यहाँ संघर्ष गरिरहेको बताए । 'यो मिलन चाहनाको नभई आवश्यकताको हो, पार्टीमा षड्यन्त्र गर्नभन्दा संघर्ष गर्न सबैले सिक्नुपर्छ,' भट्टराईले भने, 'पार्टी एक भएमात्र क्रान्ति सम्भव हुन्छ भन्ने कुरा सबैलाई हेक्का हुनु जरुरी छ ।'
लामो समय अन्तरसंर्घषपछि तिनै नेतालाई एकसाथ देख्दा कार्यकर्ता उत्साहित देखिन्थे । 'यो नाटकमात्र नहोस्, बन्द सत्र हुने हल अघिल्तिर भेटिएका एक जिल्ला नेताले भने, 'यो एकतालाई व्यवहारमा उतारेमात्र कार्यकर्ताहरूमा विश्वासको दियो जाग्ने छ ।'
पार्टीभित्रको 'अन्तरसंघर्ष' विभाजनको विन्दुसम्म पुगेपछि केन्द्रीय समितिको बैठकमार्फत विवादको व्यवस्थापन गरेको माओवादी पार्टी एकताको सन्देश दिने उद्देश्यले ब्युरोस्तरसम्म प्रशिक्षण कार्यक्रममा लागेको छ ।
अध्यक्ष दाहाल, उपाध्यक्षहरू भट्टराई र वैद्य एकसाथ विराटनगर विमानस्थलमा उत्रिएका
थिए । विमानस्थलबाट भट्टराई सरकारी गाडीमा तीनपैनीस्थित कोचिला राज्य समितिको कार्यालय पुगेका थिए । अन्य कार्यक्रममा जाँदासमेत दाहाल-वैद्यले एउटै गाडीमा बसेर कार्यकर्तालाई एकताको सन्देश दिन खोजेका थिए । साँझ उनीहरू त्यही गाडीमा विमानस्थल पुगेका थिए ।
दाहाल र भट्टराईका बीचमा बसेका वैद्यलाई संवाददाताहरूले दुई जनाको चेपुवामा परेर मिल्नु भएको हो भन्ने प्रश्न गर्दा हाँसो छाएको थियो । सँगै रहेका दाहाल र भट्टराई हाँस्दासमेत मौन रहेका वैद्यले संघर्ष र एकता जारी रहने उत्तर दिएका थिए ।

बिदा हुने भैगयो बेला... | मुख्य समाचार | ekantipur.com

बिदा हुने भैगयो बेला... | मुख्य समाचार | ekantipur.com