Friday, October 7, 2016

प्रचण्डको चीन कूटनीति किन कमजोर ?

आश्विन २१, २०७३- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रधानमन्त्री हुनेबित्तिकै कूटनीतिक सन्तुलन मिलाउन चीन भारतमा विशेष दूत पठाएर राम्रो थालनी गरे पनि त्यो प्रयास पूरा सफल हुन सकेन

खासगरी चीनसँग जसरी सम्बन्ध बिस्तार हुनुपर्ने थियो, त्यो हुन सकेन यही सन्दर्भमा चिनीयाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तत्काललाई स्थगित भयो सीलाई नेपाल भ्रमण गराउने प्रचण्डको सपना यसपटक पूरा हुन सकेन विगतदेखि नै दाहाल चीनबीच रहँदै आएको राम्रो सम्बन्धमा तगारो लागेको महसुस भयो
प्रधामन्त्री भएको एक महिनापछि दाहाल राजकीय भ्रमणमा भारत गए, तर त्यस्तै प्रकारको उनको चीन भ्रमण अझै निश्चित भएको छैन राष्ट्रपति सीको नेपाल भ्रमण अनिश्चित भएसँगै दाहालको चीन भ्रमण ढिला हुनु आफैंमा अर्थपूर्ण सीको नेपाल भ्रमण अनिश्चित भइरहेकै बेला भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण यही महिनाको अन्तिम साता हुँदैछ
प्रधानमन्त्री दाहालको भारत भ्रमणको पहिलो सफलता मान्ने हो भने नेपालमा भारत सफल भएको मान्नुपर्ने हुन्छ मुखर्जीको भारत भ्रमणले नेपाल भारतबीच गतवर्ष चिसिएको सम्बन्धलाई सुधार गर्न पक्कै पनि मद्दत गर्नेछ यसले नेपालको हितमा काम गर्ने अपेक्षा गर्न सकिन्छ सँगसँगै अर्को संशय पनि जन्मिएको , नेपालप्रति चीनको असन्तुष्टिले फेरि कूटनीतिक असन्तुलन आउन सक्छ राजनीतिक अस्थिरतमा पनि त्यसको असर देखिन सक्छ किनकि कुनै कुनै रुपमा भारतले कूटनीतिक वा सिधैं नेपालको राजनीतिमा प्रभाव देखाउने हैसियत राख्छ
प्रचण्ड सरकार निर्माण हुने बेलादेखि सुरु भएको भारत हावी भयो केपी ओली सरकारबाट हट्नु भारतको कूटनीतिसफलभएको भारतीय सञ्चारमाध्यमले त्यतिबेला नै बताएका थिए यो हो पनि तर एउटा कुराचाहिँ निश्चित हो, भारतले रुचाएर प्रचण्ड प्रधानमन्त्री भएका होइनन्, ओलीको विकल्पमा बाध्यात्मक अवस्थामा बनेका हुन् यसलाई सदुपयोग गरी प्रचण्डले उत्तर दक्षिण सन्तुलन मिलाउने सुरुवाती प्रयासले पुन: निरन्तरता पाउन सकेको छैन उनको चीन भ्रमणका लागि मिति तय हुन नसक्नु, विगतमा भएका सहमतिलाई अझै मूर्त रुप दिने प्रयास हुन नसक्नु यसका उदाहरण हुन्
असोज महिनाको अन्तिम साता गोवा सम्मेलनमा प्रचण्ड दोस्रोपटक भारत जाँदैछन् त्यहाँ उनले चीनका राष्ट्रपति सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् त्यहाँ उनले नेपाल चीन सम्बन्धबारे राष्ट्रपति सीसँग कुरा गर्नेछन् भारतको भूमिमा भएको त्यो भेटले प्रचण्डको चीन कूटनीति कति सफल होला, त्यो आउने दिनमा देखिने त्यो भेट बढी औपचारिक हुने सीमित हुने सम्भावना धेरै
प्रचण्ड प्रधानमन्त्री भएपछि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उच्चस्तरीय चीन भ्रमण गरे महराबाहेक उपराष्ट्रपति सभामुखका भ्रमण कूटनीतिक हिसाबले त्यति महत्वपूर्ण थिएनन् त्यतिबेला महराले चीन भ्रमणबाट फर्केपछि राष्ट्रपति सीको नेपाल भ्रमणकरिब निश्चितभएको बताएका थिए

माओवादी स्रोतका अनुसार त्यतिबेला चिनियाँ अधिकारीले प्रचण्ड सीको भेट ब्रिक्स सम्मेलन गोवामा हुने त्यतिबेला नै बताएका थिए त्यतिबेला नै चिनियाँ अधिकारीले ब्रिक्स सम्मेलनमा भेट्ने बताएका थिए तर सीको नेपाल भ्रमण निश्चित भएजस्तै प्रचार भयो सीको भ्रमण निश्चित नहुँदै बढी प्रचार भएपछि चीनले नेपालले तयारी नगरेको प्रतिक्रिया दिएको थियो
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चीनका प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण हुने दिनमै सार्वजनिक भएको थियो तिब्बती शरणार्थीको काठमाडौंमा हुन सक्ने प्रदर्शन तिब्बतको संवदेनशील मुद्दाले गर्दा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीको नेपाल भ्रमणमा बादल लाग्छ
चीनले चाहेको अवस्थामा राष्ट्रपति सीको नेपाल भ्रमण यति जटिल विषय होइन, उनको दक्षिण एशियाका अरु मुलुकको भ्रमणमा निस्केको बेला नेपाल ओर्लन सक्थे ब्रिक्स सम्मेलनमा गोवा जाने बेला सी काठमाडौंलाई बिर्सौनी बनाएर पनि भ्रमण हुन सक्थे उनको भ्रमण अनिश्चितसँगै चीन प्रचण्डको कुटनीतिप्रति त्यति सन्तुष्ट नभएको देखाउँछ विगतमा चीन प्रचण्डको राम्रो सम्बन्धमा केही दरार आएको अनुमान पनि लगाउन सकिन्छ
प्रकाशित: आश्विन २१, २०७३