नन्दकिशोर पुन ‘पासाङ’ को जीवनमा यतिबेला भूकम्प आएको छ । माओवादी फुटेर पाँच टुक्रामा विभाजन भएको छ । पूर्वलडाकूहरू धमाधम राजनीतिबाट पलायन भएका छन् । माओवादी पहिलोबाट तेस्रो शक्तिमा झरेको छ । उनी आफैंले चुनाव हारे । राजधानी उत्तर पूर्वी क्षेत्र कपन उचाइस्थित चर्किएको डेरामा पासाङमा लडाकू जोश खासै देखिंदैन । कुनै बेला उनको वरिपरि घुम्ने, सलाम गर्ने लडाकूहरू कोही खाडीको तातो भूमिमा पसिना बगाउँदै माओवादीलाई सरापिरहेका छन् ।
केही नेपाली सेनामा समायोजन भएका छन्, स्वैच्छिक अवकाशमा गएका कमै मात्र सम्पर्कमा छन् । धेरै आआफ्नो बाटो लागिसके । पासाङको डेरा पनि भूकम्पमा बस्नै नमिल्ने गरी चर्किएपछि उनी त्यसकै छेउमा टहरो बनाएर बसेका छन् । माओवादी लडाकूको व्यवस्थापन नभएको भए अहिले पनि पासाङ चर्चामा हुन्थे । उनी मुख्य भूमिकामै हुन्थे । लडाकूको व्यवस्थापन हुनु शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण कुरा थियो । भयो, त्यसमा उनलाई पश्चत्ताप छैन । ‘तर हामीले सोचेजस्तो समायोजन पटक्कै भएन, स्वैच्छिक अवकाशमा गएका, घाइते, अपांग र आयोग ठहर्याएको व्यवस्थापन नहुनु ठूलो कमजोरी रह्यो,’ उनी भन्छन् । पार्टीमा स्थायी समिति सदस्य भए पनि उनको खासै राजनीतिक जिम्मेवारी छैन । उनी फुर्सदिला छन्, तर त्यो फुर्सदले उनलाई असजिलो बनाइरहेको छ । संविधानसभाको पहिलो निर्वाचनमा भाग नलिएका उनी दोस्रो चुनावमा अड्डी कसेर रोल्पा जान सकेनन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसामु धर्ना दिएर टिकट मागेनन् ।
काठमाडौं ४ मा टिकट पाए, हारे । पहिलो संविधानसभामा सभासद नभए पनि उनलाई खासै पछुतो थिएन, किनकि त्यसबेला माओवादीको दबदबा थियो । शिविरमा लडाकू थिए, पार्टी सबभन्दा ठूलो थियो । अहिले माओवादी कमजोर छ, आफूले पनि चुनाव हारेका छन् । ‘हारेर हरेस खानु हुँदैन, कुनै बेला त जितिएला नि,’ उनी सन्तोषको सास फेर्छन् ।
युद्धकालमा पासाङबारे धेरै किस्सा बनेका छन् । उनले नेतृत्व गरेको लडाकू टोलीले देशका ठाउँठाउँमा आक्रमण गर्न थालेपछि पासाङ निकै चर्चित थिए । यतिसम्म कि सुरक्षाकर्मीलाई तर्साउन स्थानीय लडाकूले समेत पासाङ नाम राख्ने लहरै चलेको थियो । आफ्नो नेतृत्वमा १७ मोर्चामा लडाइँ जितेको उनको ‘इतिहासका रक्तिम पाइला’ नामक पुस्तकमा उल्लेख छ । रुकुमको खारालगायत हारेका मोर्चा पनि उनले नेतृत्व गरेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि पनि पासाङको कम्ती चर्चा थिएन, सेना समायोजन, संयुुक्त अनुगमन समितिको सदस्य थिए । लडाकू शिविरको अनुगमनदेखि हतियार व्यवस्थापन गर्ने एक प्रमुख व्यक्ति थिए । लडाकू प्रमुखको हैसियतले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा थिए ।
लडाकूलाई राज्यले भरणपोषणको सुविधा दिएको थियो । पार्टीको आन्तरिक स्रोत छँदै थियो । त्यसबेला पासाङका लागि प्रतिकूल केही थिएन । अहिले उनी सेनाबिनाको पूर्वप्रमुख भएका छन् । ‘पूर्वलडाकू प्रमुख’ को जिम्मेवारी उनलाई पार्टीले दिएको छ । जबकि अधिकांश लडाकू उनको सम्पर्कमा छैनन् । माओवादी युद्धमा धेरै रगत बग्यो, माओवादी शान्ति प्रक्रियामा आएपछि देशका खोलाहरूमा धेरै पानी बग्यो । माओवादी उकालो लाग्यो, अनि ओरालो झर्यो । त्यसको ठाडो असर पूर्वलडाकू पासाङहरूलाई पर्यो । कोही पासाङ खाडीको मरुभूमिमा छन्, कोही पासाङ विस्थापित भएर सम्पर्कविहीन छन् । यतिबेला पासाङहरूका प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ भूकम्पले घर चर्केपछि टहरोमा विस्थापित भएका छन् । भूकम्पले घर चर्कनु स्वाभाविक हो, त्योभन्दा अस्वाभाविक रूपमा पासाङहरूका मन चर्किएका छन् । चर्केका घर टालिएलान्, पासाङहरूका चर्केका मन कहिले टालिने हुन्, दाहाल र भट्टराईसँग पनि जवाफ नहुन सक्छ ।
करिब तीन वर्षअघि पासाङ गम्भीर बिरामी भए, उनलाई उपचारका लागि विदेश लैजाने तयारी भयो । तर, उनले जोखिम मोलेर स्वदेशमै उपचार गर्ने अडान लिए । संयोगले उनको मृगौलाको रोग स्वदेशमै निको भयो । आफूलाई यहींकै चिकित्सकमा विश्वास भएको भन्दै उपचारका लागि विदेश जान अस्वीकार गरेका थिए । कतिपयले पासाङबारे टिप्पणी गर्छन्, ‘बढी आदर्शवादी र सोझो हुनु पासाङका लागि प्रतिकूल देखिएको छ । माओवादीले पनि चतुरलाई ठाउँ दिएको छ ।’ पासाङका समकालीन कतिपय नेतालाई एमाओवादी अध्यक्ष दाहाल निवास लाजिम्पाटमा दिनमा एकपटक जाने आदतै लागिसकेको छ । उनीहरूको प्रत्यक्ष प्रभाव दाहालमाथि पर्छ । उनीहरूको सुझाव, सल्लाहमा दाहालले निर्णय गर्छन्, बेलाबेला अप्ठ्यारोमा पनि पर्छन् । लाजिम्पाट स्रोतका अनुसार, पार्टीभित्र केही चतुर नेताको ‘घेराबन्दी’ मा छन् दाहाल । चतुर नेताहरू दाहाललाई फकाएर, घुर्काएर आफ्नो अनुकूल निर्णय गराएर छाड्छन् ।
‘नेतृत्वलाई कुनै न कुनै ढंगले घेराबन्दी गर्ने प्रवृत्ति पार्टीभित्र नभएको होइन, त्यसले पार्टीलाई घाटा गरेको छ,’ पासाङ भन्छन्, ‘शीर्ष नेता बिगार्ने र सपार्ने कार्यकर्तै हो । कतिपय हिजोका क्रान्तिकारीहरूमा पनि अवसरवाद घुसेको देखेको छु ।’ दाहालले बोलाएमा वा पार्टी बैठक पर्यो भने पासाङ लाजिम्पाट जान्छन् । अरू बेला उनले लाजिम्पाट धाउन आवश्यक ठान्दैनन् । इतिहासतिर कमै चियाउने दाहालको कमजोरी हो । पछिल्लो समय उनी पार्टीभित्र साँघुरो घेराभित्र रमाउँछन् । इतिहासमा टेकेर अघि बढ्ने प्रचण्डका खुट्किलाहरू पूर्वलडाकू पनि हुन् तर ती खुट्किला प्रचण्डले छोड्दै गएका छन् ।
त्यसको गतिला उदाहरण हुन् पासाङ । जो कपनको चर्किएको डेराबाट विस्थापित भएर टहरामा लगभग भूमिगतजस्तो जीवन गुजारा गरिरहेका छन् । पाँच वर्षका लागि टहरा बनाएको जग्गा भाडामा लिएको मौखिक सहमति गरे पनि जग्गाधनीले धोका दिएको उनले बताए । ‘खाली जग्गाको खोजीमा छु, भेटियो भने त्यहीं टहरा बनाएर बस्नुपर्ला,’ उनले भने । उनी अगाडि भन्छन्, ‘मलाई दैनिक गुजारा चलाउन गाह्रो छ, अरूलाई पनि गाह्रो होला,’ । रोल्पाको जग्गा बेचेर, आफन्तसँग सहयोग मागेर, सानो रूपमा माछापालन, बंगुर पालेर गुजारा चलिरहेको छ ।’