Saturday, April 23, 2011

माओवादीको द्वन्द्वमा शान्ति र सविधान

गंगा बीसी
माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईको सम्बन्ध एकदम औपचारिक मात्र छ । नजिकका नेताहरुका अनुसार दाहालको प्रधानमन्त्री झलनाथ खनालको सम्बन्ध भट्टराईभन्दा धेरै गुणा नजिक छ । कुनै बेला नङ र मासुको जस्तो सम्बन्ध यतिबेला झण्डैझण्डै नदीको दुई किनारा जस्तो हुन पुगेको छ । नेताहरुबीच आशंका यति बढ्न थालेको छ कि कुनै दिन बिष्फोटको रुप लिन पनि सक्छ । यसको मुख्य कारण दुई नेताबीचको अन्तरसंर्घर्षनै हो । दुबै नेताको द्वन्द्व यतिबेला सतहमा आएको छ ।

२०६१ सालपछि माओवादी अन्तरसंघर्षको यतिबेला उत्कर्षमा पुगेको छ । केही महिना अघि केन्द्रीय समिति बैठकमा भट्टराईको पक्षमा काँध थाप्दै आएका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पछिल्लो केन्द्रीय समिति बैठकमा ुपेल्दै गए जे पनि हुन सक्नेु बताए । बैठकमा उनले भने ुपार्टीमा जिम्मेवारी पनि नदिने फरक मत राख्न नदिने हो भने अरु धेरै कुरा हुन्छन् ।ु केही समय अघि गोरखामा भट्टराईले पार्टीकै अन्य नेताहरुतर्फ संकेत गर्दै ुआफू भीमसेन थापाझै मारिन तयारु भन्नु पनि अन्तरसंघर्षकै अभिव्यक्ति थियो । यो क्षणिक आक्रोश मात्रै हो कि परिस्थितिनै त्यस्तै तयार भएको हो ।

प्रचण्ड र बैद्यको कार्यदिशाले जनबिद्रोहमा जोड दिएको छ । भट्टराईले जनबिद्रोहलाई अस्वीकार नगरे पनि उनको मुख्य कार्यदिशा शान्ति र संविधान हो । माओवादीमा देखिएको अन्तरसंघर्ष जनबिद्रोहमा जाने कि शान्ति संविधानलाई कार्यान्वयन गर्ने प्रश्न पनि हो । बाहिर हेर्दा दाहाल बैद्य र भट्टराईको व्यक्तिगत टकराव जस्ता देखिए पनि अन्तरसंघर्ष राजनीतिक कार्यदिशाकै प्रश्न हो । बैद्यले जतिसुकै शान्ति र संविधानको कुरा गरे पनि उनी जनबिद्रोहका पक्षपाती हुन् भट्टराईले जतिसुकै जनबिद्रोहको कुरा गरे पनि उनी शान्ति र संविधानका पक्षपाती हुन् । प्रचण्ड यी दुई नेताको बिचारलाई ुफ्युजनु गरी नयाँ कार्यदिशा बनाउन सक्ने नेता हुन् । उनको अहिले बैद्यको विचार लिएर अघि बढे भन्दैमा उनले भोलि भट्टराईको विचार नलेलान् भन्न सकिन्न । किनकी उनको इतिहासले यही कुरा देखाएको छ । आखिर जसको विचार लिए पनि प्रचण्ड आफ्नो विचार बनाउन माहिर नेता हुन् । समयअनुकुल आफूलाई ढाल्न सक्ने नेता हुन् । हाल उनले बैद्यको विचारमा आफ्नो जलप लगाएर पस्केका छन् भने २०६१ सालपछि उनले भट्टराईको बिचारमा जलप लगाएका थिए ।

माओवादी राजनीतिमा उपाध्यक्ष बैद्य यतिबेला हावी देखिएका छन् । उनले चुनबाङ बैठकले लिएको कार्यदिशा बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र बिस्तृत शान्ति सम्झौता गरी ुजनयुद्धु को समाप्तिप्रति असमति राख्दै आएका छन् । संविधानसभाबाट क्रान्तिको लक्ष्य पुरा नहुने भन्दै उनले जनबिद्रोहमा जोड िदंदै आएका छन् । हालको शान्ति प्रकि्रयाप्रति सन्तुष्ट छैनन् । यो प्रकि्रयाबाट आफूले चाहेजस्तो शान्ति र संविधान बन्न नसक्ने ठोकुवा उनको छ । मंसिरको पहिलो साता गोरखाको पालुङटारमा भएको विस्तारित बैठकमा उनी ुजनबिद्रोहु को कार्यदिशा लागु गराउने कसरतमा लागे र उनले त्यसपछि भएको केन्द्रीय समिति बैठकमा दाहालसंग कार्यगत एकता गरी शान्ति र संविधान निश्कर्षमा पुग्ने संभावना न्युन भएको भन्दै जनबिद्रोहको तयारी गर्नुपर्ने कार्यदिशा पारित गराउन सफल भए । करिब दुई बर्ष अघि भक्तपुरको खरिपाटी बैठकमा बैद्यले जनबिद्रोहको कार्यदिशा अध्यक्ष दाहालबिरुद्ध प्रस्तुत गरेका थिए । त्यसबेला उनी अल्पमतमा परेका थिए ।

ठीक दुई बर्षपछि पालुङटारमा अध्यक्ष दाहालबिरुद्ध अर्का उपाध्यक्ष भट्टराईले फरक दस्ताबेज राखेर असहमति जनाए । तर यतिबेला उनले जनबिद्रोह मुख्य मुद्दा बनाउने प्रचण्ड र बैद्यबिरुद्ध शान्ति र संविधानको मुद्दा मुख्य बनाउने भन्दै फरक मत राखे । फरक यत्ति हो कि दुई बर्षअघि प्रचण्ड जनबिद्रोहको मुख्य कार्यदिशाप्रति असहमत थिए भने हाल भट्टराई छन् । अर्का उपाध्यक्ष बैद्य दुई बर्षअघि जुन कार्यदिशामा अडिग थिए अहिले पनि त्यही स्थानमा छन् । भट्टराई पनि दुई बर्षअघि जस्तै अहिले पनि त्यही मार्गचित्रमा छन् । अध्यक्ष प्रचण्ड त्यसबेला भट्टराई नजिक थिए भने हाल बैद्य नजिक छन् ।

पालुङटार बैठकको समापन कार्यक्रममा ुजनबिद्रोहको बाटोमा अघि बढौु भन्ने नारा लगाइयो । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले ुजनबिद्रोहु मूल कार्यदिशा पारित गर् यो । यी दुई घटना जोडेर हेर्दा माओवादीको आगामी दिशा जनबिद्रॊह हो भन्ने देखिन्छ । अर्कोतिर उसले शान्ति र संविधानको कुरा पनि पनि प्रमुखताका साथ उठाएकोले केही अस्पष्टता देखिएका छन् । सामान्यरुपमा हेर्दा जनबिद्रोहको कार्यदिशामा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्य छन् । जनबिद्रोहको कार्यदिशा लिएका प्रचण्डले शान्ति र संविधाधनको कुरा गरेका छन् । यो कुरा धेरैले पत्याउन गाह्रो मानेका छन् । संगसंगै प्रश्न उठेको छ ुप्रचण्डले जनबिद्रोह गर्न खोजेका हुन् कि शान्ति र संविधान निश्कर्षमा पुर् याउन लागेका हुन ।

माओवादीले जनबिद्राहेका लागि चार तयारी राजनीतिक सांगठिनक आर्थिक र प्राविधिक तयारी गर्ने निर्णय गरेको छ । ुजनताको संघीय गणतन्त्र अर्थात् जनगणतन्त्र स्थापनाका लागि शान्ति संविधान र सरकारको मोर्चाको संघर्षका साथै सडकको संघर्षलाई प्राथमिकता दिँदै चार तयारी र चार आधार निर्माण गरी जनविद्रोह संगठित गर्नुपर्दछ भन्ने नीति स्पष्ट गरेको छु प्रचण्डको हालै पारित राजनीतिक दस्ताबेजमा भनिएको छ ुयसका लागि राष्ट्रिय स्वाधिनता र जनताको सर्वाेच्चताका साथै जनजीविकासँग सम्बन्धित जनताका जल्दाबल्दा प्रश्नहरुसमेत लिई आन्दोलन संगठित गर्दै अगाडि बढ्ने नीति पनि पार्टीले स्पष्ट गरेको छ ।ु उनले तीन ुसु सरकार सदन र सडकको मोर्चा अघि सारेका छन् ।
राजनीतिक दस्तबेजमाथि असहमति जनाउँदै उपाध्यक्ष भट्टराईले लेखेको ुनोट अफ डिसेन्टु लेखे जसमा उनले बिद्रोह तिथिमिति तोकेर गर्ने कुरा नभएको बताए । उनले भनेका छन् ुबिनातयारी विद्रोह वा क्रान्ति तिथिमिति तोकेर गरिने कुरा होइन ।ु उनले वस्तुगत आधार तयार भएपछि मात्र बिद्रोह संभब हुने बताएका छन् । ुमाओले भन्नुभए´ैँ कम्युनिस्ट क्रान्तिकारीहरु भविष्यवक्ता हुन सक्दैनन् । वस्तुगत प्रकि्रया र आत्मगत प्रयत्नको योगफल स्वरुप नै क्रान्ति सम्पन्न हुन्छ ।

माओवादी जनबिद्रोहको कार्यदिशा कार्यान्वयनमा रहेको बेला भट्टराईले त्यो केवल जनसंविधान निर्माण गरेर मात्र संभब हुने तर्क अघि सारेका छन् । ुवर्तमान नेपालको विशिष्ट सन्दर्भमा संविधानसभामार्फत जनसंविधान निर्माण गर्ने अधिकतम प्रयत्न गरेर नै आमजनतालाई क्रान्तिकारी विद्रोहको औचित्यबारे प्रस्ट पार्न सकिने स्थित छु उनले फरक मत राख्दै भनेका छन् ुत्यसैले संविधानसभाको कार्यकालसँग जनविद्राहको तिथिमिति जोडेर रुमानी कल्पना गर्नु सट्टा जनसंविधान निर्माण निम्ति अधिकतम प्रयत्न गर्ने त्यसका लागि सडकबाट निरन्तर जनदबाब सिर्जना गर्ने र आवश्यक प्राविधिक तयारी गर्ने कुरालाई सँगसँगै लैजानुपर्छ ।ु

माओवादीभित्र देखिएको अन्तसंघर्षको खास कुरा यही हो । संविधानसभामा अस्तित्व कायम गरे मात्र बाँकी काम पुरा गर्न सकिन्छ भन्ने भट्टराईको विचारमा प्रचण्ड खास असहमत होइनन् । तर बैद्य भने त्यसलाई स्वीकार गर्ने पक्षमा देखिदैनन् । दाहालले बेद्यलाई समर्थन गर्नुको कारण भट्टराईलाई ुसाइजमा ल्याउनु हो । तर भट्टराईको देशदौडाहाले त उनी आफ्नो साइज बढाउने अभियानमा देखिन्छन् ।

ुदसौँ हजारको बलिदानबाट प्राप्त संविधानसभामाथि आफ्नो जायज स्वामित्व कायम गरेर नै यतिबेला सर्वहारावर्गले सबै Ôेत्रमा आफ्नो श्रेष्ठता कायम गर्न सक्नेछ । अन्यथा संविधान पनि नबन्ने जनविद्राह पनि सम्पन्न नहुने र बरु उल्टै देशमा प्रतिक्रान्ति भएर क्रान्तिकारी आन्दोलन पुनः रणनीतिक रÔाको स्थितिमा र्फकनुपर्ने स्थिति उत्पन्न हुनेछु भट्टराईले फरक मतमा भनेका छन् ।

शान्ति र संविधानलाई मुख्य मुद्दा बनाउने भट्टराईको बाटोमा माओवादी आएको छ । अध्यक्ष प्रचण्डले खनाल सरकारलाई समर्थन गरेको हुनाले पार्टी शान्ति र संविधानको बाटोमा गएको देखिन्छ । पार्टीभित्रको बिकल्प नखोजी खनालाई समर्थन गरेको भन्दै भट्टराई पक्ष असन्तुष्ट भए पनि भट्टराई शान्ति र संविधानको मूल कार्यदिशामा पार्टी आएकोमा खासै बेखुशी छैनन् ।

आफ्नो समर्थनको सरकारका बेला अब माओवादीले जनबिद्रोहको कुरा गर्न मिल्छ कि मिल्दैन उनले शान्ति र संविधान निश्कर्षमा पुर् याउन कस्तो भूमिका खेल्ने छन् । त्यस्तै बाबुराम सामु पनि थुप्रै प्रश्न देखा परको छन् । उनले शान्ति र संविधानको पक्षमा के योगदान गर्ने छन् सरकारलाई शान्ति र संविधान निश्कर्षमा पुर् याउन अघि बढे सरकारलाई सहयोग गर्ने छन् कि असहयोग पार्टीमा फरक मत सुरक्षित गर्दै उनले मुलुकलाई निकास दिन योगदान पुर् याउनु उनका लागि हितकारी हुनेछ । पार्टीभित्र अल्पतमा परेको पीडालाई उनले तोकिएकै समयमा संविधान र शान्ति प्रकि्रया निश्कर्षमा पुर् याउने बेला व्यक्त गर्नु बुद्धिमानी हुनेछैन । अब उनले ठान्नुपर्छ फरक मतका बाबजुद पार्टी उनकै लाइनमा अघि बढेको छ र उनको सृजनात्मक योगदान भयो भने नयाँ नेपाल अवश्य बन्नेछ । प्रचण्डले अब पनि जनबिद्रोहलाई रटान दिन थाल्नु हुँदैन । किनभने आफ्नो समर्थनमा सरकार बनाउने अनि जनबिद्रोहको कुरा गरे उनी सत्ता कब्जाको बाटोमा अघि बढेको स्पष्ट हुने छ ।

No comments: