गंगा बीसी
काठमाडौ, वैशाख १३ - बसमा चालक गत्तिलो हुनुपर्छ कि खलासी ? पक्कै पनि सुरक्षित यात्राका लागि चालकै राम्रो हुनुपर्छ । तर खलासी दक्ष भएन भने 'आर्जन' पनि हुँदैन नि !
कहिले के, कहिले केसँग पार्टीलाई दाँज्ने एक माओवादी नेता यति बेलाको परिस्थितिमा बससँग तुलना गर्न थालेका छन् । उनको आग्रह छ- खलासी मित्र, कहाँ पुगियो, कृपया थाहा पाउने गर्नुस् !
'बस नयाँबानेश्वरबाट हिँड्दा खलासीले गौशाला-चाबहिल भनेर कराउँछ, गौशाला पुगिसकेपछि पनि त्यही भन्छ,' केन्द्रीय समिति बैठकमा सोमबार केन्द्रीय सदस्य कालीबहादुर मल्लले भने, 'चाबहिल कटिसक्दा पनि उसले त्यही गौशाला-चाबहिल भन्छ, जब कि बस महाराजगन्ज पुग्न लागेको हुन्छ । अनि चालकले गाली गर्छ । किनकि गाडी कहाँ पुगेको छ भन्ने चालकलाई बढी थाहा हुन्छ ।'
उनले यो उदाहरण दिँदा बैठक हल हाँसोले गुन्जियो । उनले अध्यक्ष पुष्पकमल दाहाललाई 'चालक' र उपाध्यक्ष मोहन वैद्यलाई 'खलासी' का रूपमा प्रस्तुत गरे । उनले जहिले पनि जनविद्रोहमा जोड दिने उपाध्यक्ष वैद्यप्रति व्यंग्य गर्न 'कहाँ पुगियो भन्ने थाहा नपाउने' खलासीलाई उदाहरण बनाएका थिए । समय निकै अघि बढिसकेकाले सधैं एकैनासको कुरा गर्ने अवस्था वैज्ञानिक नभएको उनको तर्क थियो । उनले अध्यक्ष दाहाललाई ड्राइभरको संज्ञा दिँदै उनको तत्कालीन राजनीतिक प्रस्ताव सही भएको जनाए ।
'मैले पार्टीको कार्यदिशा पार्टीको परिस्थितिअनुसार मेल खाने हुनुपर्छ भन्न खोजेको हुँ,' उनले कान्तिपुरसँग भने, 'समयअनुसार चल्न सकेन भने जुन ठाउँमा गए पनि एउटै ठाउँ भन्ने खलासीको जस्तो हालत हुन्छ ।'
बैठकमा उनले एउटा सिकारीको उदाहरण पनि प्रस्तुत गरे । 'ज्युँदो मार्न नपाइने, मरेको ल्याउन नहुने,' उनले भने, 'तर सिकार गर्नैपर्ने, त्यो कसरी हुन्छ ?' उनले यो प्रश्न माओवादीको नेतृत्वसमक्ष पेस गरे । यसको अर्थ हुन्छ, कुनै पनि क्षति नपुर्याई काम सम्पन्न गर्नु । उनले क्षति कम गराएर पनि क्रान्ति पूरा गर्ने सन्दर्भमा यस्तो बताएका थिए ।
मल्ल लगायतको व्यंग्यात्मक प्रस्तुतिपछि अर्का केन्द्रीय सदस्य गंगा श्रेष्ठले बैठक मनोरन्जनात्मक भएको टिप्पणी गरे । 'बैठक मनोरन्जनात्मक र वैचारिक बहससमेत भएको छ,' उनको भनाइ थियो ।
बैठकमा शान्ति र संविधान कि जनविद्रोह भन्ने पक्षमा चर्को बहस भइरहेको छ । सोमबार दुई पोलिटब्युरो र ३५ केन्द्रीय सदस्यमध्ये करिब १० जनाले मात्र जनविद्रोहको पक्षमा बोलेका थिए ।
दाहालको प्रस्तावको पक्षमा केन्द्रीय सदस्यहरू गंगा श्रेष्ठ, रामकुमार शर्मा, कालीबहादुर, कमल रोका, पुष्पविक्रम मल्ललगायतले बोलेका थिए । उनीहरूले शान्ति र संविधान केन्द्रबिन्दुमा राखी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए । भट्टराई पक्षका श्रेष्ठले भने ढिलै भए पनि शान्ति र संविधानको पक्षमा आएकाले प्रस्ताव सही भएको बताए । 'यो प्रस्ताव एक वर्षअघि आएको भए धेरै कुरा अघि बढिसक्थ्यो,' उनको भनाइ थियो । शर्माले अध्यक्षको प्रस्तावमा राष्ट्रिय स्वाधीनताको विषयलाई पनि उत्तिकै महत्त्व दिएको बताए ।
वैद्यको पक्षमा कृष्णध्वज खड्का, रेखा शर्मा, महेन्द्र यादव, महेश्वर गहतराज, ईश्वरी दाहालले धारणा राखेका थिए । 'पालुङटारको कार्ययोजना कार्यान्वयन गरेर जानुपर्छ,' खड्काको भनाइ थियो, 'जनविद्रोहको मोडेल विकास गरी जानु नै अहिलेको विकल्प हो ।' दुवै पक्षका नेताहरूले पार्टीभित्रको दुई लाइन संघर्षलाई व्यवस्थित गरी पार्टी एक भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कान्तिपुरमा प्रकाशित मिति: २०६८ वैशाख १३ ०८:४१

No comments:
Post a Comment