Saturday, September 27, 2014

गाउँको दसैं

दसैंमा गाउँमा कमेरो, रातो माटोले लिपेर दुलहीजस्तो सजाएका घरको बास नामी रिसोर्टभन्दा कम हुँदैन।
'गाउँको दसैं पो दसैं, सहरको दसैं के दसैं?' दसैंको मुखमा आजभोलि यस्तो भनेको प्रशस्त सुनिन्छ। दसैंको अवसरमा गाउँ नसम्झनेहरू कमै होलान्। सहरमा सरिसकेकाहरू पनि दसैंमा एकपटक गाउँ नसम्झि रहन सक्दैनन्। किनकि गाउँ अब सम्झनलायक भएका छन्। गाउँ साँच्चिकै रमाइला भएका छन्।
त्यसैलेे त हाम्रो गाउँप्रतिको मोह बढ्दै गएको छ। दसैंको प्रसंगमा हालै काठमाडौंमा घर भएको साथीको छोराले भनेछ, 'बाबा गाउँ जाने टिकट किन्नुभयो?' उसले भनेछ, 'हाम्रो घर काठमाडौंमा हो, गाउँ जानु पर्दैन।' अनि छोराले रिसाउँदै भनेछ, 'सबै साथीहरू गाउँ जाँदैछन्। हामी पनि गाउँ जानुपर्छ, भोलि गएर गाउँ किन्नु है। अनि टिकट पनि किन्नु।' यो कुरा सुनेर काठमाडौंवासी साथी छक्क परेछन्। उनलाई गाउँको महत्त्वले झल्यास्स बनाएछ।
कुनै बेला यस्तो समय थियो, गाउँ भनेपछि मान्छेहरू नाक खुम्च्याउँथे। गाउँ एउटा अभिषप्त ठाउँ जस्तो व्यवहार गर्थे। सहर बस्नमा गर्व गर्थे, सहरमा बसेर गाउँको हुर्मत लिन्थे। समय बदलिएको छ, अब ती दिन छैनन्। गाउँ र सहरको संयोजनमा रमाउने प्रवृत्ति बढेको छ। हाल गाउँ जान पाउँदा गर्व ठान्छन्। गाउँ जान नपाउँदा काठमाडौंवासीको एक छोराले जसरी आफ्नो बाबालाई गाउँ जान दबाब दिन्छन्, त्यसकै एउटा उदाहरण हो।

Tuesday, September 23, 2014

दाहालले वैद्यलाई पत्र लेखे, 'एकताका लागि बल प्रयोगको नीति स्वीकार छ'

एकताको आधार बनिसकेको छैनः एमाओवादी उपाध्यक्ष श्रेष्
काठमाडौं, आश्विन ७ - एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेख्दै 'बल प्रयोग' नीति स्वीकार गर्ने जनाएको छ । नेकपा-माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन् । शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो ।
 एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई सोमबार पत्र लेख्दै वैद्य माओवादीले अघि सारेको छमध्ये जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नेबाहेक अन्य बँुदे प्रस्तावलाई सैद्धान्तिक रुपमा सहमति जनाएका छन् । यसले दुई माओवादीबीच एकताका लागि सैद्धान्तिक गाँठो खुकुलो भएको छ ।
 वैद्य माओवादीले अघि सारेका सैद्धान्तिक मुद्दालाई सैद्धान्तिक रुपले स्वीकार गरे पनि तत्काल पार्टी एकता हुनेमा एमाओवादीकै कतिपय नेताहरु ढुक्क छैनन् । वैद्य माओवादीभित्र पनि एमाओवादीसंग एकता गर्ने नगर्ने बिषयमा दुई धार छ । सचिब नेत्रबिक्रम चन्द एमाओवादीमा विचलन आइसकेको उल्लेख गर्दै एकता गर्ने पक्षमा छैनन् ।
 पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक ६ बुादे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ' दाहालले वैद्यलाई लेखेको पत्रमा उल्लेख छ, '२ नं. बुादाको हकमा हामीले जनवादी क्रान्तिका बााकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ ।' उनले खुला छलफल गरी एकताका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 'तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहादै यस विषयमा समेत तपाईहरुसाग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ' उनको भनाइ छ ।
 वैद्य माओवादीले बैशाखको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले एमाओवादीसंग एकताका लागि छ बुदा अघि सारेको थियो । एकताको शर्तका लागि अघि सारेका बुदाहरुमा माक्र्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसदवादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने' प्रस्तावमा उल्लेख छ, 'पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने, जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने ।'
 दाहालले बुदा नम्बर दुईमा उल्लेख भएको नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई भने अस्वीकार गरेको छन् । एमाओवादीले जनवादी क्रान्ति पुरा भएको निश्कर्ष निकाल्दै पुजीवादी क्रान्तिमा जाने निर्णय गरिसकेको छ ।
  त्यसबेला वैद्य माओवादीको केन्द्रीय समितिको बैठले 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी माओवादी कम्युनिस्ट केन्द्रका रुपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय' गरेको थियो । दाहालले वैशाख २३ गते वैद्य माओवादी, पोलिट्व्यूरोको 'पार्टी एकता सम्बन्धी प्रस्ताव'लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको बताएका छन् ।
 'स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ' दाहालले स्पष्ट गरेको छन्,  'यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।'
 एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैचारिक, राजनीतिक कार्यदिशाको आधार तयार नभएसम्म पार्टी एकता हुन नसक्ने टिप्पणी गरेको छन् । 'पार्टी एकताका लागि आधार बनिसकेको छैन, तर एकताका लागि छलफल भने जारी छ' उनले भनाइ छ, 'तत्काल पार्टी एकता हुने संभावना देखिदैन ।'
 माओवादी प्रवक्ता पम्फा भुसालले एकताका लागि वार्ता प्रक्रिया सुरु हुने बताइन् । 'हाम्रो पार्टीले एकताका लागि अघि सारेका प्रस्तावलाई सकरात्मक रुपमा लिनु राम्रो हो, अब एकताका लागि छलफल सुरु हुन्छ' उनले भनिन्, 'एमाओवादीले एकताका लागि पठाएको पत्रबारे पार्टीभित्र छलफल भए पछि प्रक्रिया अघि बढ्छ ।'
प्रकाशित मिति: २०७१ आश्विन ७ १२:२९

Monday, September 22, 2014

मेरा ती दिन


समयको गति एकनासको हुन्छ, मान्छेको गति भने सधैं एकनासको हुँदैन । कहिले छिटो, कहिले सुस्त । यसरी अघि बढ्छ मान्छेको गति । समयकोे गतिलाई पकड्न खोज्ने प्रयास भने भइरहन्छ । ती दिन त्यस्तै थिए । लाग्थ्यो समयको गति नाप्ने मात्र होइन, जित्न सकिन्छ भन्ने भ्रम नभएको होइन । कति जितियो, कति हारियो, त्यसको लेखाजोखा गर्ने समय सायद भएको छैन । कुरा ती दिनका हुँदै थिए, जतिबेला ग्रामीण परिवेश छिचोल्दै नौ डाँडा काटेर समथर भूभाग झर्नु थियो । एकदम बिरानो लाग्ने त्यो भूभागमा पाइला टेक्दा कुनै नयाँ ‘देश’मा पुगेजस्तो ।
हुन त त्यो भूमि आफ्नै थियो । तर बिरानो लागिरहेको किन ? मनमा यस्ता प्रश्न नउठेका होइनन् । परिवेश नयाँ थियो । भूगोल नयाँ थियो । पात्रहरु नयाँ थिए । सबै नयाँ–नयाँ लाग्ने । कता–कता आफू पनि नयाँजस्तो । नयाँ देशको नयाँ यात्री जस्तो । उच्च शिक्षाको नयाँ यात्रा थियो त्यो । त्यो देशभित्रको नयाँ देश थियो । त्यो देशको विश्वविद्यालयमा पाइला राखेको दिन मनमा अंकुरण भएका विचारहरु महान लाग्थ्यो । महान भए भएनन्, खुट्याउन सक्ने अवस्था अहिले पनि छैन । त्यसबेला रुकुम एउटा नचिनिएको भूगोल जस्तो थियो । जहाँ गरिबी, अशिक्षा, असमानताले ग्रस्त पारेको थियो ।
alone_yatriबिरानो भूगोलको पाइला मेरा लागि नौलो थियो । आमाले बनाइदिएको रोटी झोलामा र खल्तीमा तीन हजार बोकेर आँखामा आशाका किरण लिएर ओर्लेको थिएँ म– दाङ । मसँग एउटा झोलाबाहेक केही थिएन भौतिक वस्तु । थियो त केवल आशा र विश्वासको महासागर । जसले मलाई तानेर ल्याइपु¥याएको थियो– दाङको महेन्द्र क्याम्पसमा ।
त्यसबेला कसले पत्याउने पहाडबाट झरेका, सरकारी स्कूल पढेका नवआगन्तुक विद्यार्थीलाई । न रहनसहन मिल्ने, न बोलीभाषा, न उठबस नै । भेडा भेडातिर, बाख्रा बाख्रातिर भनेजस्तो पहाडतिरका एक ठाउँ, सहर बजारका एक ठाउँ हुनु स्वभाविक थियो । अजंगको रुपमा उभिएको सीमारेखा तोड्न अजंगको पहाड चढेजस्तै थियो । पहाडी संस्कृतिमा हुर्केकाहरुका लागि धैर्य भएर मौन संघर्ष गर्नुको विकल्प थिएन । एकजना रुकुमबाट क्याम्पस पढ्न झरेकी छात्राले स्कर्ट लगाएर क्याम्पस जाँदा हाँसको बथानमा बकुल्लो भएको मलाई अहिले पनि आँखा अगाडि झलझली याद आउँछ । हाल स्कर्ट लगाउनेहरु बढ्न थालेका छन् । आखिर पढ्नु नै थियो, नपढी सुखै थिएन । त्यहीं चेतना बोकेर झरेका थियौं ।
समयको रफ्तारसँग बग्नु नै थियो । खल्ती रित्तो हुँदा साहुजीले उधारो नदिदा भोगेका दुःख, पीडा हाल सुखद सम्झनाको रुपमा छन् । कापी, कलम र किताब उधारो लिन खासै समस्या थिएन । प्रगति पुस्तक सदनका दाइ ‘मधुसूदन वैद्य–जिन्दावाद !’
रोल्पाबाट झरेका साथी नवीन बिभासले भाजीको सागमा झोल हालेर डेक्चीभरि पकाएको स्वाद अहिले पनि जिब्रोले बिर्सेको छैन । आजभोलि उनले निम्तो गर्दा त्यहीं भनिन्छ, ‘झोल हालेको भाजी (काठमाण्डौंमा रायो)को साग पकाउनू है ।’ तर उनले आजभोलि मरिगए झोल हालेको भाजीको सागको तरकारी पकाउदैनन् ।
समय जबर्जस्त घोराहीको माटोसँग परिचित गराउँदै थियो । वातावरण अलि खुकुलो बन्दै थियो । रझेनामा सुशील गौतम सरको घरमा डेरा नबसेको भए सायद कता पो पुुगिन्थ्यो होला । त्यो डेरा घरको प्रभाव र वातावरणले अक्षरको खेती गरेर खान सिकायो । सुशील सरको कहिलेकाहीं आवेग र कहिले भावनामा पनि गहिरो माया लुकेको हुन्थ्यो । त्यो माया सायद जिन्दगीमा कहिलै बिर्सन सकिदैन होला । जसरी आपतको बेला ओतमात्र होइन, जागिर दिएर हिम्मत र साहस दिनुभयो । तिनै कदममा अलिकति कदम थपेर काठमाडौंमा ताल मिलाउन सकिएको छ । त्यसबेला प्रेरणाको स्रोत नारायण गुरु, प्रताप सर, अमर गिरीलगायत पनि हुनुहुन्छ ।

Sunday, September 7, 2014

एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण

काठमाडौ, भाद्र २२ - पृथ्वीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्‍यो। भर्खर शान्ति प्रक्रियामा आएको माओवादीले सामन्तवादी राजतन्त्रका सुरुवात गर्ने राजा भएको भन्दै रद्द गर्न दबाब दिएको थियो।
त्यही एमाओवादीको जातीय मोर्चाले यसपालि राष्ट्रिय एकता दिवस मनाउने भएको छ। मोर्चाका महासचिव गोपाल किराँतीले नेपाल एकीकरण गर्नु राम्रो भएको तर्क गरे । 'एकीकरण राम्रो कुरा हो, त्यसकारण पृथ्वीनारायणलाई सम्झन लागिएको हो,' उनले भने, 'यो सम्झनु भनेको मुलुक नयाँ एकीकरणको सुरुवात गर्नु पनि हो।'
मोर्चाको बैठकले पृथ्वीनारायणले जुन उद्देश्यका लागि एकीकरण गरेको भए पनि त्यसले नेपाल एक गराउन महत्त्वपूर्ण काम गरेको निचोड निकालेको हो। किराँतीले
यो अभियानले सबै जातजाति, क्षेत्रलाई एकीकरण हुन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पुस २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन, प्रतिरोध सभा गरिनेछ।'

Saturday, September 6, 2014

Tibet from my eye

Lhasa city

भाद्र २० - 

तिब्बत जानुअघि यसको सदरमुकाम ल्हासा र तातोपानी नाका खासाबारे सुनेको हो । तिब्बतबारे खासगरी नेपालमा बेलाबेला हुने गरेका 'तिब्बतविरोधी' गतिविधिले काठमाडौंमा चर्चा पाउँथ्यो । त्योभन्दा बढी खासै थाहा थिएन । रुचि पनि थिएन ।

'विश्वको छानो' को रूपमा चिनिएको तिब्बतको प्रमुख क्षेत्रको स्थलगत भ्रमणले सुनेको भन्दा देखेकोमा धेरै अन्तर ल्याइदियो । तिब्बत ओर्लनेबित्तिकै चौडा र सफा सडक, सडकको वरिपरि हरियाली र प्रायः एउटै आकारका भवनले ल्हासाको वैभव देखाउँछ । चीनको मातहतमा रहेको स्वायत्त क्षेत्रबारे त्यति धेरै जानकारी बाहिरी संसारबाट पाउनु पनि सजिलो थिएन र छैन । यो आफैंमा 'बन्द' क्षेत्र पनि हो ।

Friday, September 5, 2014

एमाओवादीको ओरालो यात्रा

एमओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उकालो-ओरालो र दायाँ-बायाँ यात्रालाई माक्र्सवादको प्रयोग ठान्छन् । तर संविधानसभाको दोस्रो निर्वाचनपछि भने एमाओवादीको ओरालोतिर लागेको यात्रा झन जोखिमपूर्ण बन्दै गएको छ ।
अन्तरसंघर्ष मन्द विषजस्तै गहिरिँदै गएको छ । विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी पुनर्निर्माण गर्ने घोषणा गरे पनि झन्् विग्रहको अर्को बीउ थपियो । त्यसपछि पार्टी पुनर्निर्माण होइन, भत्केको जस्तो देखियो । नेतृत्व र नीतिमा सुधार नभए कुनै
दिन खण्डहरमा परिणत हुने विश्लेषण हुन थालिसकेको छ ।
नेता बाबुराम भट्टराई पक्ष मूलधारबाट बाहिरिएको छ । पार्टी सञ्चालनको प्रमुख जिम्मा संस्थापनले लिएको छ । भट्टराई टिमले कामको जिम्मा लिए पनि पार्टीभित्र प्रतिपक्षको जस्तो छ । पार्टी संगठनका महत्त्ववूर्ण निर्णयहरूमा उक्त पक्षको भूमिका प्रभावकारी छैन । संस्थापन पक्षका नेताहरूले प्रमुख जिम्मा लिएपछि हेडक्वाटरदेखि पोलिटब्युरो तहमा उनीहरू नै निर्णायक छन्् । संस्थापनले आफ्नै तरिकाले निर्णय गर्दै आएको छ । पार्टीमा हुने निर्णयको मुख्य जिम्मेवारी पनि संस्थापन पक्षकै रहन्छ । यस्तो अवस्थामा पार्टीका राम्रा, नराम्रा सबै कामको जिम्मा संस्थापन पक्षले लिनुपर्ने हुन्छ । भट्टराई पक्ष दर्शक भएर बसेको अवस्था छ ।