गंगा बीसी
काठमाडौ, भाद्र २३ - माओवादीले विवादबीच आउँदो साता लडाकु पुनर्वर्गीकरण थाल्ने भएको छ । संख्या, मापदण्ड लगायत विषयमा प्रतिपक्षी दलहरू कांग्रेस र एमालेसँग सहमति गरी पुनर्वर्गीकरण थालिने उसले जनाएको छ ।
हतियार राखिएका कन्टेनरका साँचो हस्तातरणपछि उपाध्यक्ष मोहन वैद्य पक्षले गरेको विरोध समाधान गर्न माओवादीले असोज १३ मा केन्द्रीय समिति बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराई पूर्व निर्णयअनुसार शान्ति प्रक्रिया अन्तर्गत लडाकु पुनर्वर्गीकरण अघि बढाइहाल्ने पक्षमा छन् ।
अध्यक्ष दाहालले पार्टीभित्र साँचो विवाद भए पनि पूर्व निर्णयअनुसार समायोजन अघि बढाइने बताए । 'भदौ अन्तिमदेखि लडाकु पुनर्वर्गीकरण सुरु हुनेछ,' उनले कान्तिपुरसँग बिहीबार भने, 'कांग्रेस, एमालेको सहमतिमै गरिनेछ ।'
विवाद सुल्झाउन यसअघि असोज १ मा केन्द्रीय समिति बैठक बोलाएको माओवादीले असोज पहिलो साता प्रधानमन्त्री भट्टराई राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका जानुपर्ने भएको भन्दै दाहाल निवासमा बसेको पदाधिकारी बैठकले मिति सारेको हो ।
पार्टीमा साँचो विवाद सडकसम्म पुगे पनि त्यसलाई समाधान गर्दै समायोजन प्रक्रिया अघि बढाइहाल्ने तयारीमा दाहाल छन् । 'पार्टीमा विवाद र अन्तरसंघर्षका बीचबाट समाधान निकाल्दै शान्ति प्रक्रिया अघि बढाउनु अहिलेको आवश्यकता हो,' उनले भने । छिट्टै शान्ति प्रक्रिया अघि नबढाए पार्टीले अघि सारेको ४५ दिनको समयसीमामा काम गर्न नसकिने भएकाले माओवादीले तत्काल काम थाल्न खोजेको हो ।
केन्द्रीय समितिमा वैद्य पक्षले साँचो बुझाउने कामबारे फरक मत राख्ने तयारी गरेको छ । उक्त पक्षले विरोधस्वरूप तत्काल सरकारमा नजाने जनाएको छ । बिहीबार केन्द्रीय पदाधिकारी बैठकपछि उक्त पक्षका सचिव सीपी गजुरेलले साँचो बुझाउने विषय नटुंगिएसम्म सरकारमा नजाने बताए । साँचो विवाद बिस्तारै सेलाएकाले सरकारमा सहभागी नभई अडान कायम राख्नेमा उक्त पक्ष देखिएको हो । साँचो बुझाउने कामको लडाकुले नै समर्थन गरेपछि वैद्य पक्ष अप्ठ्यारोमा परेको हो । 'जनमुक्ति सेनाकोे समर्थन लिन उहाँहरूले पार्टी संस्थापनविरुद्ध सडकमा मसाल बाल्नुभयो,' संस्थापन पक्षका एक नेताले भने, 'जनमुक्ति सेनाले नै छिटो समायोजन हुने पक्षमा उभिँदै साँचो बुझाउने कार्यको समर्थन गरेपछि अप्ठ्यारोमा पर्नुभएको छ ।'
स्रोतअनुसार दाहाल र भट्टराईले वैद्य पक्षलाई सरकारमा सहभागी भई समस्या समाधान निकाल्न आग्रह गरेका छन् । बिहीबार पदाधिकारी बैठकमा वैद्यले साँचो विवाद टुंगोमा नपुगेसम्म सरकारमा सहभागी हुन नसकिने बताएको स्रोेतको भनाइ छ ।
वैद्य पक्षलाई आत्मालोचना गराइने
पार्टी निर्णयविपरीत सडकमा उत्रिएर 'चरम अराजकता' प्रदर्शन गरेकोमा वैद्य पक्षलाई आत्मालोचना गराइने भएको छ । वैद्य पक्षले भने त्यसको कडा प्रतिवाद गर्ने तयारी गरेको छ । पार्टीमा कुनै विषयमा फरक मत भए 'नोट अफ डिसेन्ट' लेख्ने प्रचलन भए पनि वैद्य पक्ष सडकमा उत्रिएको थियो । यसअघि माओवादीमा एउटाविरुद्ध अर्को पक्ष सडकमा उत्रिएको थिएन । यो विषयलाई संस्थापन पक्षले गम्भीर रूपमा लिएको एक नेताले बताए । पार्टी लेटरप्याड प्रयोग गरी शिविरका साँचो व्यावहारिक रूपमा विशेष समितिलाई हस्तान्तरण गरिएको विरोधमा वक्तव्यबाजीलाई संस्थापन पक्षले फरक मतबारे छलफल गर्न पार्टीले तय गरेको विधि विपरीत भएको ठानेको छ । 'पार्टी निर्णयविरुद्ध लेटरप्याड प्रयोग गर्नु गम्भीर विषय हो,' पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने, 'यो पार्टी अनुशासन उल्लंघन हो । केन्द्रीय समिति बैठकमा छलफल हुन्छ । गल्ती स्वीकार गर्नुपर्छ ।'

No comments:
Post a Comment