Friday, September 30, 2011

माओवादी विवाद झन् बढ्यो

  • केन्द्रीय समिति बैठक अनिश्चित

  • एक दुईजनाको रहरले पार्टी फु्दैनः दाहाल

  • बैद्य पक्ष समानान्तर समिति बनाउने तयारीमा

 
गंगा बीसी
 काठमाडौं, आश्विन १३ - माओवादीमा उत्पन्न बिवाद सुल्झाउन शुक्रबार बस्ने तय भएको केन्द्रीय समिति बैठक शीर्ष नेताहरुबीच सहमति नभएपछि अनिश्चितकालका लागि सारिएको छ । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एबं उपाध्यक्ष बाबुराम भट्टराईले तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।
केन्द्रीय पदाधिकारीको बिहीबार बसेको बैठकमा दुबै पक्षले आ- आफ्नो अडान कायम राखेपछि केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित हुन पुगेको हो । बैठकमा संस्थापन पक्षले चार बुादे र साूचो बुझाउने निर्णय पार्टीकै भएको बताएको थियो । तर उपाध्यक्ष मोहन बैद्यले भने सामान्य कुराकानी मात्रै भएको बताए । 'सामान्य कुराकानी भयो, खासै भएन' बैद्यले कान्तिपुरसँग भने, 'बिषयवस्तुले खासै प्रबेश पाएन । सबै साथीहरु पनि उपस्थिति हुनुहुन्नथ्यो ।' बैठकमा बैद्य पक्षका उनी मात्रै थिए । उनी पक्षका महासचिब रामबहादुर थापा र सचिब सीपी गजुरेल बैठकमा सहभागी थिएनन् ।
सरकार बन्ने बेला भएको चार बुँदे सहमति खारेजी र हतियारका कन्टेनरको साँचो बुझाउने निर्णय सच्याउने बैद्य पक्षको माग पुरा गर्न संस्थापनले ठाडै अस्वीकार गरेपछि बिवाद झन् बढेको हो । यसले बैद्य पक्षलाई अझ आक्रामक बनाएको छ । उनीहरूले संस्थापन पक्षलाई घोर दक्षिणपन्थी आरोप लगाउँदै आवश्यक परे पार्टी फुटाउने धम्कीसमेत दिएका छन् । संस्थापन पक्षबिरुद्ध सडक, सदन र संगठन (तीन स) प्रयोग गरेको बैद्य पक्ष आन्तरिक प्रशिक्षणमा अनौपचारिक रुपमा पार्टी टुक्रिइसकेका बताउन थालेका छ्न् । उनीहरु समानान्तर संगठन बनाउने तयारीमा लागेको स्रोतको दाबी छ । तर बैद्य पक्ष आफ्नो कारणले पार्टी फुटेको देखाउन चाहूदैन । फ्ट्नै परे संस्थापन पक्षको कारण आफू अलग हुन बाध्य भएको परिणाम निकाल्ने उनीहरुको चाहना छ ।
संस्थापन पक्षले भने एक दुईजनाले रहर गर्दैमा पार्टी नफ्ट्ने बताएको छ । बिरोधबीच शान्ति र संविधान प्रक्रिया अघि बढाउने तयारीमै यो पक्ष लागेको छ । 'एक दुईजनाले रहर त यहा केही हुनेवाला (पार्टी फ्ट्ने) छैन' उनले आफूनिकट 'समाचार' पत्रिकालाई दिएको अन्तरर्वार्तामा भनेका छन्, 'बिवादले उत्पात हुन्छ, पार्टी फुटिहाल्छ भन्ने छैन किनभने अहिले फुटलाई जनताले मन पराउनेवाला छैनन्, न कार्यकर्ताले ।'
प्रमुख प्रतिपक्ष कांग्रेससंग सहमति भए शान्ति प्रक्रिया अघि बढाउने उनको भनाइ छ । 'म के कुरामा ढुक्क छु भने शान्ति प्रक्रिया र संविधान निर्माणलाई अगाडि बढाउन यो बिरोधले कुनै बाधा हुदैन किनभने पार्टी मजाले आफ्नो निर्णय कार्यान्वयन गरेर जान सक्ने अवस्थामा छ' उनले भनेका छन्, 'अहिले शान्ति प्रक्रिया अगाडि बढाउनेमा अलिकति अ्ठ्यारो पारेको कांग्रेसले छ ।' बिहीबार राजधानीको ठमेलमा आयोजित एक कार्यक्रममा दाहालले दशंैअघि शान्ति प्रक्रिया अघि बढाउने तयारी भएको बताए । 'कांग्रेससित छलफल हुँदा शान्ति प्रक्रियाका बिषयमा सहमति नजिक पुगेको छ' उनले भने, 'दसैं अघि प्याकेजमै सहमति गर्ने जोड गरिएको छ ।'
बैद्य पक्षले आफ्नो अडानबाट पछि नहट्ने चेतावनी दिंदै अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले समस्या समाधान गर्न सोच्नु पर्ने बताएका छन् । 'अध्यक्ष र बाबुरामजीले सोच्नुपर्छ । साँचो बुझाउने र चार बुँदे सहमति सच्याउनुपर्छ' गजुरेलले कान्तिपुरसँग भने, 'हेरौ, उहाहरु के गर्नुहुन्छ ? उहाँहरुले मिलाएर आए हुन्छ होइन भने के हुन्छ भन्न सकिन्न ।'
सरकारमा पनि सहभागी नहुने र सहयोग पनि नगर्ने बैद्य पक्षको चेतावनीका कारण प्रधानमन्त्री भट्टराई सबभन्दा बढी अप्ठ्यारोमा छन् । बैद्य पक्ष सरकारबिरुद्ध सडकमा उत्रिइसकेको छ । बिवाद चुलिदै गए उनीहरूले तिहारपछि आफ्नै पार्टीका प्रधानमन्त्रीको राजीनामा माग्ने बताइएको छ । धोवीघाट मोचाबाट प्रधानमन्त्रीको उम्मेदवार हुन सफल भट्टराईनै बैद्य पक्षको निशाना बनेका छन् ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले बैद्य पक्षको बिरोधले सरकारलाई अप्ठ्यारो नपर्ने दाबी गरे । 'अध्यक्षलाई दबावमा दिई एक्लाउने धोबीघाट मोर्चा बिघटन भएपछि उत्तेजना आएको हो' उनले भने, 'किरणजीहरुको बिरोधले सरकारलाई केही अप्ठ्यारो पर्दैन । बरु बाबुरामजीले सरकारलाई पूर्णता दिई शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्छ ।'
दाहाल निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले स्थायी समिति बैठक गरी शान्ति र संविधान निर्माणसम्बन्धी कार्यक्रम बनाई तल्लो तहसम्म जाने जानकारी दिए । 'शान्ति र संविधानको पक्षको पार्टी निर्णय अघि बढ्छ' उनले भने, 'पार्टीको शान्ति र संविधानको आधिकारिक निर्णय तल्लो स्तरसम्म लिने काम हुन्छ ।
चार बुँदे सहमतिलाई राष्ट्रघाती भन्नु 'अन्धराष्ट्रवाद' भएको टिप्पणी दाहालको छ । 'अलिकति उच्च पहाडीया, जातीय, अहंकारवादको आँखाले हेर्‍यो भने चार बुँदे केहो भन्ने पनि लाग्न सक्छ तर कम्युनिष्ट दृष्टिकोणले हेर्‍यो भने नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने सहमति हो' दाहालले समाचारको अन्तर्वार्तामा भनेका छन्, 'यो कसरी राष्ट्रघात भयो ? यसलाई राष्ट्रघात भन्नेहरुले मधेशी जनतालाई अहिले पन दोश्रो दर्जाको नागरिक ठानेर पेलेरै जान्नुपर्छ भन्ने सोचको छने भने त्यो अन्धराष्ट्रवाद हो ।'

प्रकाशित मिति: २०६८ आश्विन १३ १२:४७

No comments: