दुर्गालाल केसी
लमही (दाङ), चैत्र २ - माओवादीका हरेक कार्यक्रममा सधैं माक्र्स, लेनिन, स्टालिन र माओको छेउमा पुष्पकमल दाहालको फोटो हुन्थे । तर, स्वैच्छिक अवकाश रोजेर गाउँ फर्किएका पूर्वलडाकुहरूले बुधबार लमहीमा सर्वोच्च कमान्डर मानिँदै आएका दाहालको फोटो नराखी ब्यानर टाँगे । अनि 'बिगि्रएको माओवादीको दुर्गन्ध नसुँघ्ने र गुणगान नगाउने' उद्घोष गरे ।
पार्टी बिगि्रएकाले सपि्रएको माओवादी निर्माण गर्ने भन्दै उनीहरूले यहाँ राष्ट्रिय भेला गरेका हुन् । देशभरका ७ शिविरबाट बाहिरिएका प्लाटुन सहकमान्डरभन्दा माथिका लडाकुहरू 'बिगि्रएको माओवादी अनुहार सपार्न' जुटेको तेस्रो डिभिजन सहकमान्डर उदयबहादुर चलाउनेले बताए ।
'अनियमितता र भ्रष्टाचारमा फसेर कच्याककुचुक भएको हाम्रो अनुहारलाई प्लास्टिक सर्जरी गरेर भए पनि सुधार्न जरुरी छ,' उनले भने, 'पार्टी बिगि्रएको छ । सबै जनता त्यसै भन्छन् । पत्रकार त्यही लेखिरहेका छन् । अब हामी सपि्रएको पार्टी देख्न चाहेका छौं ।'
शिविरबाट अपमानजनक तरिकाले निस्कँदा पनि पार्टीले केही भूमिका नदिएकाले छुट्टै भेला गर्नुपरेको पाँचौं डिभिजन सहकमान्डर रामलाल रोकाले बताए । 'हामी पाँच वर्ष शिविरमा शरणार्थी भएर बस्यौं । निस्कँदा घरबाट निकालिएर माइत जान थालेकी बुहारीझैं कुम्लो बोकेर फर्कियौं,' उनले भने, 'घर आइसकेपछि पनि पार्टीले हाम्रोबारेमा केही चासो राखेन । केही जिम्मेवारी दिएन । त्यसैले हामी एकजुट भएका छौं ।'
माओवादी वैद्य पक्षीय नेताहरूको उपस्थितिमा भएको भेलाले 'जनमुक्ति सेना' को अस्तित्व स्थापित गर्ने योजना बनाएको छ । भेलाको उद्घाटन पार्टी महासचिव रामबहादुर थापाले गरे । उनले लडाकुको बलिदानको परम्परालाई अझ माथि उठाउन आग्रह गरे । 'यो सामान्य भेला होइन । यो जनमुक्ति सेनाको केन्द्रीकरण हो । यो सेना आत्मसमर्पण गर्दैन । यो सेनाले गर्ने काम धेरै बाँकी छन् । त्यो पूरा गर्न फेरि जुट्नु होस्,' उनले भने, 'जनमुक्ति सेनाको औचित्य समाप्त भएको छैन । यो सेनालाई कसैले समाप्त पार्न सक्दैन ।'
उनले सेनाको आवश्यकताबारे पुष्टि गर्ने अनेक प्रयास गरे । अहिले आफूहरूको संघर्ष तीन मोर्चामा रहेकाले सेना जरुरी भएको बताए ।
'शान्ति, राष्ट्रियता र लोकतन्त्रको संघर्ष जारी छ । यो शान्ति प्रक्रियाले नयाँ नेपाल जन्माउन नसके यसको विकल्प खोज्नुपर्छ । त्यसैले शान्तिको मोर्चामै लडाइँ जारी छ,' उनले भने, 'हाम्रै सरकारले अनेक राष्ट्रघाती सम्झौताहरू गरिरहेको छ । त्यसविरुद्ध पनि लडाकुले संघर्ष गर्नुपर्ने छ ।'
उत्पीडित जनतालाई निर्णायक बनाउने लोकतन्त्र चाहिएको हो तर त्यस्तो अवस्था नआएसम्म जनमुक्ति सेना रहिरहने थापाले बताए ।
गाउँ-गाउँमा 'जनयुद्ध' अघिका जाली फटाहा फेरि फर्केर गरिब जनतालाई दुःख दिइरहेको बताउँदै उनले तिनीहरूलाई ठीक गर्न पनि सेना चाहिने बताए । 'अब भ्रष्टहरूलाई ठीक गर्न पनि यो सेनाले काम गर्ने छ,' उनले भने, 'विघटन र विसर्जनमा हाम्रो भविष्य छैन । केन्द्रीकरण हुन जरुरी छ ।'
लडाकु कमान्डरहरूले पार्टी अध्यक्ष दाहाल, उपाध्यक्षहरू, लडाकु प्रमुख नन्दकिशोर पुनलगायत नेताहरूलाई आमन्त्रण गर्दा पनि नआएको गुनासो गरे ।
भेलामा वैद्य पक्षका स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द र थारूवान राज्य समिति सदस्य हरिभक्त कँडेललगायत नेताहरू मात्र सहभागी थिए । नेताहरूले बिचल्ली पारेको कमान्डरहरूको गुनासो थियो । 'हामी युद्धमा हिँड्दा जन्मेका बहिनीहरू अहिले जवान भइसके । हामी त्यतिबेला शैक्षिक प्रमाणपत्र च्यातेर युद्धमा होमिएका थियौं । अहिले तिनै प्रमाणपत्रको कारण देखाउँदै सेनाको सम्मानजनक तहमा जान अयोग्य ठहर्याइयो,' सहकमान्डर चलाउनेले भने, 'हामी शिविरबाट रोईरोई निस्किएका छौं ।'

No comments:
Post a Comment