काठमाडौ, चैत्र १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'सहमतिको विकल्प तयार नभई प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजीनामा गराएर मुलुकलाई अन्धकारमा धकेल्न नसकिने' बताएका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्री भट्टराईको राजीनामालाई प्रमुख मुद्दा बनाइरहेकै बेला दाहालले शान्ति र संविधान बिथोलिने गरी कदम नचाल्ने बताएका हुन् ।
'राष्ट्रिय सहमति बनेको छैन, यति संवेदनशील अवस्थामा बाबुरामजीलाई राजीनामा दिन बाध्य पारिदिने अनि कसको बन्छ भन्ने टुंगो नहुने । शान्ति र संविधान टुंग्याउने दुई महिनामात्र बाँकी छ, देशलाई लगेर अन्धकार भूमरीमा हाल्दिने जोखिम मैले उठाउन सकिनँ,' उनले आफ्नो निवास लाजिम्पाटमा संवाददाताहरूसँग भने, 'राष्ट्र र जनताप्रति गैरजिम्मेवार भएर आफैंले उठाएको शान्ति र संविधानबारे गैरजिम्मेवार हुन सकिनँ । मैले भनेको त्यत्ति हो ।' उनले वैद्यलाई मन्त्रिपरिषद् पुनर्गठन गरी समस्या समाधान गर्न सकिने बताएको पनि जनाए । 'बाबुरामजीलाई पूरै मन्त्रिमण्डल विघटन गर्न लगाऔं म तयार छु,' उनले भने, 'त्यसपछि सहमति वा पुनर्गठन गरेर मन्त्रिमण्डल बनाऔं भनेको हो ।'
उनले गत भदौमा भट्टराईलाई प्रधानमन्त्री बनाउन र हाल राजीनामा गराउन आफूलाई वैद्य पक्षले घेरा हालेको बताए । 'हिजो बाबुरामलाई प्रधानमन्त्री बनाउनैपर्छ भनेर अध्यक्षलाई घेरा हाल्ने, त्यो पनि अराजनीतिक भयो,' उनले भने, 'अहिले बाबुरामलाई नहटाई हुन्न भनेर घेरा हाल्न भएन नि ।'
उनले वैद्य पक्ष छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरी पार्टी फुटाउने बाटोमा लागेको बताए । 'उहाँ (वैद्य) हरूको शान्ति र संविधानलाई के गरी भाँड्ने होला भन्ने भित्री लाइन हो,' उनले भने, 'शान्ति प्रक्रिया सफल हुन नदिने र संविधान बन्न नदिने उहाँहरूको नीति हो ।
हामी त शान्ति र संविधान कसरी सफल पार्ने भनेर लागेका छौं, फरक यही हो ।'
उनले पार्टी तत्काल नफुट्ने र नजुट्नेसमेत जनाए । 'चीनमा छ नि- एक देश दुई प्रणाली भनेजस्तो हाम्रो पनि एक पार्टी दुई प्रणाली भनेजस्तो भयो । पार्टी एक, कार्यक्रम दुइटा हुने भए,' उनले हाँस्दै भने, 'एकले अर्कालाई एकदम तल गएर केही नभन्ने, हिजो किरणजीसँग त्यही कुरा भयो । छलफल पनि गर्दै गरौं, आफ्ना कार्यक्रम पनि गरौं । पार्टी एउटै छ, भोलि परिस्थिति कस्तो हुन्छ, त्यसपछि एकताबद्ध भएर जान सकिन्छ ।'
वैद्य पक्ष शान्ति छाडेर तत्काल युद्धमा जान नसक्ने दाहालको भनाइ थियो । 'उहाँहरू पार्टी छाडेर जानुहुन्छ जस्तो लाग्दैन,' उनले थपे, 'उहाँहरूले शान्तिविरुद्ध युद्ध गर्न सक्नुहुन्न । उहाँहरूको चाहना त होला, वस्तुगत परिस्थिति छैन । जनताको समर्थन हुनुपर्यो, त्यस्तो परिस्थिति छैन ।'
केन्द्रीय समिति बैठकमा नआउने वैद्य पक्षको अडान शान्ति र संविधान अवरुद्ध गर्ने रणनीति भएको उनको भनाइ थियो । 'अलग भएर आन्दोलन गर्ने भनेको के हो भने केन्द्रीय समिति बैठक बस्दा शान्ति र संविधानमा जोड दिने कुरा आइहाल्छ,' उनले भने, 'आफ्नो ढंगले हिँडिदिएपछि त शान्ति भाँडिन्छ कि भन्ने उहाँहरूले देख्नुभएको छ ।'
'सेना समायोजन छिट्टै टुंगिन्छ'
दाहालले जोखिम मोलेरै भए पनि सेना समायोजन प्रक्रिया टुंगोमा पुर्याउने बताए । 'महानिर्देशनालयमा सम्मानजनक सहभागी गराउने प्राविधिक पक्ष मिल्न बाँकी छ,' उनले भने, 'एक-दुई दिनमा समायोजन टुंगिन्छ र एक सातामा अन्य प्रक्रिया अघि बढ्छ ।' प्रमुख राजनीतिक दलबीच यसबारे अनौपचारिक कुराकानी भइरहेको उल्लेख गर्दै त्यसलाई अन्तिम रूप दिनमात्र बाँकी रहेको पनि उनले जनाए ।
संघीयता नछाड्ने
दाहालले संघीयता नछाडिने उल्लेख गर्दै त्यसलाई पनि टुंग्याएरै संविधान जारी हुने बताए । 'हामी कुनै हालतमा संघीयता छाड्दैनौं,' उनले भने, 'पहिचानसहितको संघीयता छाड्न सकिँदैन । पहिचानसहितको संघीयता सकियो भने माओवादीको पहिचान पनि सकिन्छ ।'
उनले राज्य पुनर्संरचनाबारे जनमतसंग्रहमा जान नसकिने जनाए । 'माओवादीले १४ प्रदेशको माग छाडेको छैन,' उनले भने, 'छलफल गर्दा घटाउन सकिन्छ । अहिले हाम्रो अडान कायम छ ।'
'महासचिव बानको भ्रमण हुन्छ'
उनले राष्ट्रसंघका महासचिव बान कि मुनको भ्रमण पर सरेको उल्लेख गर्दै उपयुक्त समयमा तय हुने बताए । बानको भ्रमण रोक्न भएको प्रयासलाई उनले 'निकृष्टता' को संज्ञा दिए ।
'शान्ति र संविधानको प्रक्रियाले यहाँको नेतृत्वलाई दबाब भएको हुनाले यो प्रक्रियापछि अन्तर्राष्ट्रिय सम्मेलन राख्न सहज हुन्छ भन्ने खबर राष्ट्रसंघले पठाएको हुनाले -अहिलेलाई) स्थगित छ,' उनले भने, 'यो दुर्भाग्य हो नेपालका लागि । नेपालका तथाकथित बुद्धिजीवी भन्नेहरूको बुद्धि कति संकुचित छ, देशप्रति कति गैरजिम्मेवार छन् भन्ने यसले देखायो । आफ्नो निहित स्वार्थका लागि कति निकृष्टतामा पुग्न सक्दा रहेछन्, यो पनि देखियो ।'
उनले बानको भ्रमण रोक्न धेरै प्रयास भएको उल्लेख गर्दै भत्र्सनासमेत गरे । 'एकथरी मानिसलाई बान कि मुन नेपाल आउने, प्रचण्ड र बान कि मुनले सहअध्यक्षता गरेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, त्यो पचेन । ती को हुन् सबैलाई थाहै छ,' उनले नाम नलिइकन भने, 'भ्रमण रोक्न पत्राचार भए, लेख लेखिए, केही मान्छे न्युयोर्क गए भन्ने सुनेको छु ।'
उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन भएरै छाड्ने जनाए । 'संयुक्त राष्ट्रसंघले कार्यक्रम रद्द गरेको सुनेको छैन,' उनले भने, 'महासचिव आउनुहुन्छ र सम्मेलन हुन्छ ।'
बानले नेपाल आउने इच्छा देखाएको हुनाले सबै तयारी थालेको पनि उनले जनाए । 'महासचिव बानलाई मसमेत न्युयोर्क गएर लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न निम्तो दिएको हो,' उनले भने, 'उताबाट अपि्रलमा आउने भनेर चिठी आयो । हामीले त्यहीअनुसार तयारी गरेको हो । ग्रेटर लुम्बिनीका बारेमा कन्सेप्ट पेपर बनाउने तयारी भइसकेको थियो ।'
प्रकाशित मिति: २०६८ चैत्र १० ०८:४२

No comments:
Post a Comment