काठमाडौ, कार्तिक १८ -
एमाओवादी
ले विपक्षीहरूलाई प्रधानमन्त्रीका लागि उम्मेदवार खडा गर्न आग्रह गरे पनि
सरकारको नेतृत्व नछाड्ने रणनीति बनाएको छ । संविधानसभा पुनःस्थापनाबाहेक
अन्य अवस्थामा सरकार नछाड्ने उल्लेख गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईको
सरकारलाई राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जानुपर्ने उसले दोहोर्याएको छ
।
चार दलको बैठक शुक्रबार निर्वाचनबारे केन्दि्रत भए पनि माओवादीले त्यसका लागि दुई सर्त अघि सारेको छ । पहिलो विघटित संविधानसभामा भएका सहमति कायम राख्ने र दोस्रो बाबुराम भट्टराईको सरकारलाई निरन्तर दिनुपर्ने ।
एमाओवादी को पूर्वस्थायी समितिको बैठकले निर्वाचनका जाँदा पार्टीले सरकारको नेतृत्व छाड्न नहुने निष्कर्ष निकालेको छ । संविधानसभा पुनःस्थापना हुने सर्तमा मात्र कांग्रेसलाई नेतृत्व दिन सकिने उल्लेख गर्दै पूर्वस्थायी समिति सदस्यहरूले निर्वाचनमा जान प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिए । 'सरकारले राजीनामा दिन हुँदैन, प्याकेजमै सहमति हुने सुझाव नेतृत्वलाई दिएका छौं,' नेता गिरिराजमणि पोख्रेलले भने, 'संविधानसभा पुनःस्थापना र निर्वाचनविपरीत कुरा होइनन् । निर्वाचनमा जान आधार चाहिन्छ ।'
बैठकले सबै दलका प्रतिनिधिको सुझावका आधारमा पूर्ण बजेट ल्याउन सरकारलाई निर्देशन दिएको छ । 'सबैको सुझावका आधारमा साझा बजेट ल्याउनुपर्छ भन्ने कुरा भयो,' उनको भनाइ थियो । सरकारको नेतृत्व नछाड्ने निष्कर्ष निकालेपछि एमाओवादी का शीर्ष नेता चार दलको बैठकमा सहभागी थिए ।
केही दिनअघि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेलाई लिखित प्रस्ताव दिई संविधानसभा पुनःस्थापनालाई १ नम्बर बुँदामा राखेका थिए । त्यसपछि एमाले अध्यक्ष माधवकुमार नेपालले विघटित संविधानसभामा संविधानसम्बन्धी सहमति कामय राखी निर्वाचनमा जाने प्रस्ताव गरेका थिए । त्यसलाई एमाओवादी ले सकारात्मक रूपमा लिएको छ ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी दलले निर्वाचनलाई बेवास्ता गरेको अवस्थामा पार्टीले संविधानसभा पुनःस्थाना र निर्वाचन दुवै विकल्प खुला राखेको भए पनि सहमति भए निर्वाचनमा जान आपत्ति नहुने बताए । 'पार्टीले दुवै विकल्प खुलै राखेको
छ । निर्वाचनमै सहमति हुन्छ भने पार्टीलाई आपत्ति छैन,' उनले कान्तिपुरसँग भने, 'निर्वाचनमा जाँदा विघटित व्यवस्थापिका संसद्ले निर्वाचित गरेको सरकारले निरन्तरता पाउनुपर्छ, अनि चुनावमा जानुपर्छ ।' विपक्षीहरूले भने भट्टराई सरकार हटेपछि मात्र सहमति हुने बताउँदै आएका छन् ।
शिक्षामन्त्रीसमेत रहेका एमाओवादी नेता दीनानाथ शर्माले विगतमा संविधानसभामा भएका सहमतिलाई संस्थागत गरेपछि मात्र निर्वाचनमा जान सकिने बताए । 'विगतमा भएका जनआन्दोलन, त्यसपछि संविधानसभामा भएका सहमतिलाई संस्थागत गरेर चुनावमा जाने कुरा मान्न सकिन्छ,' उनको भनाइ छ, 'तर विशुद्ध निर्वाचनमा मात्र जाने कुरा मान्न सकिन्न ।'
नेता अमिक शेरचनले संविधानसभा पुनःस्थापना उत्तम विकल्प भएको उल्लेख गर्दै त्यसमा सहमति नभए निर्वाचनको विकल्प खुला भएको बताए । 'पुनःस्थापनामा सहमति नभई निकास बन्द हुने अवस्थामा निर्वाचनमा जान सकिन्छ,' उनले भने, 'तर निर्वाचनमा जानका लागि संविधान संशोधन कसरी गर्ने, निर्वाचनसम्बन्धी ऐन बनाउने काम गर्न आवश्यक छ ।' उनले संविधानसभाले चार वर्ष गरेका उपलब्धि रक्षा गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।
प्रकाशित मिति: २०६९ कार्तिक १८ ०१:०१

No comments:
Post a Comment