Friday, December 9, 2011

UCP Maoist Baidhya faction raised questions ?

गंगा बीसी
काठमाडौ, मंसिर २३ - माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले वाइसीएलमा तानिएकाहरुलाई समायोजन, पुनःस्थापना र स्वच्छिक अवकाशमा जाने लडाकु सरह सुविधा दिन अध्यक्ष पुष्पकमल दाहालसंग माग गरेको छ । उसले प्रति लडाकु एकहजार रुपैया वाइसीएलका लागि पार्टीले लिएको खुलासा गर्दै उक्त रकम वाइसीएलमा तानिएका पूर्व लडाकुलाई दिन दाहालको ध्यानाकर्षण गराएको छ ।
 आफूले पाउनु पर्ने रकम समेत संस्थान पक्षले लिएको दाबी गर्दै उनीहरुले त्यसको छानविन हुनुपर्ने माग गरे पछि बैद्य पक्षले त्यसलाई राजनीतिक मुद्दाको रुपमा चर्काउने तयारी गरेको छ । उसले गायब लडाकुको तलबभत्ताबारे प्रश्न उठाउने भएको छ ।
बैद्य पक्षीय्सभासद् एबं वाइसीएल उपाध्यक्ष उमा भुजेलको नेतृत्वमा पूर्व लडाकुले बिहीबार नयाबजारमा दाहाललाई भेट् आफ्ना माग सम्बोधन गर्न ज्ञापनपत्र बुझा्का छन् । आफनै निवासमा आएका बैद्य पक्षीय वाइसीलमा लागेका पुर्ब लडाकुको ८ बुँदे ज्ञापनपत्र बुझेपछि दाहालले आवश्यक सुविधा दिनेबारे पार्टीमा गंभीर छलफल गर्ने बताएका थिए । टोलीमा सहभागी केन्द्रीय सदस्य दिलीप प्रजापतिले दाहालल् आफ्ना मागबारे पार्टीमा छलफल गर्ने बताएको जानकारी दिए ।
'अध्यक्षले हामीले राखेका मागबारे पार्टीमा छलफल गरी निश्कर्ष निकाल्ने बताउनुभएको छ' उनले कान्तिपुरस-ग भने- 'वाइसीएलमा लागेका पूर्व जनमुक्ति सेना पीडित भएकोले माग राखेका हौ ।' उनले बैद्य पक्षका पूर्व लडाकुलाई भेदभाव गरिएको समेत खुलासा गरे । 'सबै पूर्व जनमुक्ति सेनालाई समान व्यवहार भएको छैन' उनको भनाइ थियो ।
 ज्ञापनपत्रमा प्रति लडाकु मासिक एक हजार रकम तुरुन्त आफूलाई उपलब्ध गराउन नेतृत्वसंग माग गर्नुका साथै शिविरमा रहेका लडाकु सरह सुविधा उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ ।  'वाइसीएलको लागि भनेर जनमुक्ति सेनावाट प्रतिब्यक्ति मासिक एक हजारका दरले छुट्याएको रकम वाइसीएले नपाएको प्रष्टै छ तसर्थ सो रकम तुरुन्त उपलब्ध गराउने पहल नेतृत्वले गरोस भन्ने अनुरोध गर्न चाहन्छौ । वाइसीएमा रहेका जनमुक्ति सेनालाई सुबिधा उपलब्ध गराउदा शिबिरमा रहेका जनमुक्ति सेना सरह उपलब्ध गराउन आग्रह गर्दछौ । ' ज्ञापनपत्रमा भनिएको छ- 'शान्ति प्रक्रियामा पार्टीको योजना अनुरुप नै वाइसीएमा खटिएका योद्दाहरु जनमुक्ति सेनाको मानसिकता र मान्यतामा रहेको प्रष्टै छ । समायोजनको प्रक्रिया अग्डि बढ्दै गर्दा वाइसीएलको रुपमा मा् बुझ्ने र ब्याख्या गर्ने शैलीले सबै जनमुक्ति सेनाका योद्दालाई पिडा महसुस भैरहेको छ । यसलाई त्ात्काल सच्याउदै वाइसीएलमा कार्यरत सेनालाई सेना कै हैसियतमा ब्यवहार गर्दै स्वही अनुरुपको सम्वोधन र ब्यवहार होस भन्ने आग्रह गर्दछौ ।'
 संस्थापन पक्षका वाइसीएल एबं पूर्व लडाकु डिभिजन कमान्डर गणेशमान पुनले शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढेको बेला नेतृत्वलाई बिवादमा पार्न माग गरिएको टिप्पणी गर्दै पूर्णकालीन कार्यकर्ताको उचित व्यवस्थापन गर्नुपर्ने बताए । 'जनमुक्ति सेनाका साथीहरुले भर्पाइबाट तलब, राशनभत्ता लि्का छन् । प्रति जनमुक्ति सेनाबाट एक हजार रुपैयाका दरले पैसा उठाएको भन्ने गलत हो' उनको भनाइ छ - 'शान्ति र संविधान अघि बढिरेको बेला नेतृत्वलाई बिवादमा पार्न यतिबेला बिभिन्न माग ल्याउने काम भएको छ ।' गत शनिबार अध्यक्ष दाहालले पनि लडाकुबाट वाइसीएलमा आएकालाई पार्टीले उचित व्यवस्थापन गर्ने बताएका थिए ।
 ज्ञापनपत्रमा सभासद् एबं पूर्व चौथो डिभिजन कमिस्नर भुजेल, बि्रगेड कमिस्नर एबं केन्द्रीय सदस्य प्रजापित, सभासद् एबं पूर्व बि्रगेड सहकमान्डर साबित्री दुरालगायत २१ जना पूर्व लडाकुहरु कमान्डरहरुको नाम उल्लेख गरिएको छ । यी सबै बैद्य पक्ष हुन् ।
राशनभत्ता नदिएकोमा आपत्ति
माओवादी नेताको सुरक्षामा शिविर बाहिर रहेका करिब ५० जना लडाकुले विगत पाँच बर्षदेखि मासिक दुई हजार पाच सयका दरले राशनभत्ता नपाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गरा्का छन् । विगत पाँच बर्षदेखि उक्त भत्ता पार्टीले बुझेको भए पनि आफूले नपाएको उनीहरुको गुनासो छ ।
'हाम्रो राशनभत्ता पार्टीले बुझिरहेको छ' एक लडाकुले नाम नछाप्ने शर्तमा भने- 'हामीलाई दुई छाक टार्न धौधौ छ ।' एक बर्षअघि ती लडाकुले अध्यक्ष पुष्पकमल दाहाल, महासचिब रामबहादुर थापा र लडाकु प्रमुख नन्दकिशोर पुनलाई हस्ताक्षरसहित ज्ञापनपत्र बुझाई राशनभत्ता उपलब्ध गराउन माग गरेका थिए । करिब तीन हजार गायब लडाकुको भत्ता पार्टीले बुझेको खुलासा भएलगत्तै ती लडाकुले राशनभत्ता पाउन नेतृत्वको ध्यानाकषएण गराए्ा हुन् । पाच बर्षमा ५० लडाकुको राशनभत्ता मात्रै ७५ लाख रुपैंया हुन्छ । उनीहरुले मासिक तलब भने पाइरहेको जना्का छन् ।




पार्टीमा छलफल हुन्छः स्थायी समिति सदस्य चन्द
बैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले लडाकुसम्बन्धी बाहिर आएका बिवादबारे पार्टीमा 'गंभीर' छलफल हुने बताए । उनले पूर्व लडाकु, गायब लडाकुको तलब, घाइते र पूर्णकालीन कार्यकर्ताको बिषयमा कुरा उठायने जानकारी दिए ।
'जनमुक्ति सेनाबारे उठेका बिवाद बिषयमा पार्टीमा गंभीर छलफल हुन्छ' उनले कान्तिपुरसँग भने- 'वाइसीएलमा लागेक पूर्व जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन गर्ने बिषय गंभीर छ । यो बिषयमा छलफल हुनुपर्छ ।'
 यसैबीच बैद्य पक्षीय सचिव सीपी गजुरेलले शिविरमा नभएका लडाकुको नामबाट तलब भत्ता लिनु अनियमितता भएको भन्दै तथ्यगत छानबिन हुनुपर्ने माग गर्का छन् । 'शिवरमै नभएको जनमुक्ति सेनाक-े तलव- भत्ता लिएको कुरा तथ्यसंगत हो भने यो अनियमितता नै हो,' बिहीबार बिहान रेडियो कान्तिपरसंग कुरा गर्दै उनले भने, 'अरुले गरेको भ्रष्टाचार हुने, माओवादीले गरेको नहुने भन्ने प्र्नै उठ्दैन ।' उनले माओवादीमाथि अर्बौं भष्टाचारको आरोप लाग्दा पनि अध्यक्ष पुष्पकमल दाहालले कुनै प्रतिक्रिया नजनाएकोमा चिन्ता व्यक्त गरे ।

No comments: