Saturday, December 10, 2011

What is being in UCPN Maoist ?



काठमाडौ, मंसिर २४ -
उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापन पक्षविरुद्ध पार्टीभित्र भन्डाफोर अभियान सुरु गरेपछि अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले छिट्टै त्यसको प्रतिवाद गर्ने कार्यक्रम ल्याउने गृहकार्य थालेका छन् । हाल दुवै पक्ष समानान्तर भेलामा लागेका छन् ।

सकभर वैद्य पक्षको न्यूनतम सहमति हुने गरी कार्यक्रम तय गर्ने र सहमति हुन नसके 'शान्ति र संविधानको कार्यदिशा' मा सहमत दाहाल, भट्टराई र श्रेष्ठ पक्षले देशव्यापी कार्यक्रम ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो गरी करिब तीन दर्जन नेताहरूको भेलामा नयाँ कार्यक्रम ल्याउने सहमति भएको हो ।

पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सकभर सबै पक्षलाई मान्य हुने गरी न्यूनतम साझा कार्यक्रम बनाउनेबारे छलफल भएको बताए । 'पार्टीलाई एकताबद्ध गराउने गरी न्यूनतम साझा कार्यक्रम बनाउनेबारे छलफल भयो,' उनले कान्तिपुरसँग

भने, 'त्यसका लागि किरण -वैद्य) जीहरूसँग छलफल गर्ने कुरा भएको छ ।'

लडाकु समायोजन, सरकारका कामकारबाहीबारे फरक मत राख्दै आएको वैद्य पक्षले देशव्यापी रूपमा छुट्टै कार्यक्रम गरिरहेका बेला संंस्थापन पक्षले पनि नयाँ कार्यक्रम बनाउन गृहकार्य थालेको हो । गत सोमबार पनि संस्थापन पक्षको भेला बालुवाटारमै भएको थियो । वैद्य पक्षले संस्थापनविरुद्ध सेना समायोजन, कब्जा घरजग्गा फिर्तालगायत विषयमा पार्टीभित्र आन्तरिक कार्यक्रम चलाएको भन्दै संस्थापनले नयाँ रणनीति लिन थालेको हो ।

संस्थापन पक्षले विशेष गरी शान्ति र संविधान निर्माणबारे देशव्यापी कार्यक्रम चलाई 'वैद्य पक्षले चलाएको भ्रम चिर्ने' रणनीति लिएको छ । 'शान्ति र संविधानबारे उत्पन्न भ्रम चिर्न तलसम्म कार्यक्रम लैजानुपर्छ भन्ने कुरा आएको छ,' भेलामा सहभागी पोलिटब्युरो सदस्य विश्वनाथ साहले भने ।

संस्थापन पक्ष राजधानीमा केन्दि्रत भएका बेला वैद्य पक्ष देशव्यापी अभियानमा छ । शनिबार वैद्य पक्षका महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेल पूर्वी तराईका कार्यक्रममा छन् । उनीहरूले छुट्टै संगठन संरचना बनाई कार्यक्रम थालेका छन्, जसका कारण संस्थापन पक्ष झस्किएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पार्टी एकताबद्ध गर्न छलफल भएको बताए । 'गुट उपगुट विघटन गरी पार्टी बनाउन ध्यान दिऔं भन्नेमा छलफल केन्दि्रत भयो,' उनले भने । उनले सरकारलाई प्रभावकारी बनाउन संस्थागत र सामूहिक रूपमा

पहल गर्नेबारे पनि छलफल भएको बताए । पोलिटब्युरो सदस्य एवं संस्कृतिमन्त्री गोपाल किराँतीले भने, 'अहिलेको सरकार परिवर्तन गर्नु हुँदैन भनेर हामीले भनेका छौं, शान्ति र संविधानलाई अगाडि बढाइरहेको सरकार फेर्न हुँदैन, यदि त्यसो भयो भने मुलुक फेरि दुर्घटनामा जान्छ भन्ने हाम्रो सुझाव रह्यो ।'

भेलामा पोलिटब्युरो एवं लडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले पुनर्वर्गीकरण सकिएकाले स्वैच्छिक अवकाशमा जाने लडाकुलाई बिदाइ गर्ने बेलासम्म दर्जा मिलानमा गइसक्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 'स्वैच्छिक अवकाशमा जाने साथीहरूको बिदाइसँगै दर्जा मिलान पनि टुंग्याउनुपर्‍यो, राजनीतिक दल र नेपाली सेनाबाट पनि दर्जा मिलानबारे विभिन्न अभिव्यक्ति आएका छन्,' उनले भनाइ थियो, 'यसबारे सरकार र पार्टीको धारणा स्पष्ट हुनुपर्‍यो ।' वैद्य पक्षले जग्गा फिर्ता गरेको विषयलाई अनावश्यक मुद्दा बनाउन खोजेको भन्दै केन्द्रीय समितिमा प्रस्तुत गर्नका लागि उचित प्रस्ताव तयार गर्न बैठकमा सहभागी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । छलफलमा दाहालले कब्जा जग्गामा बसेका भूमिहीन र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी जग्गा फिर्ता नगर्ने बताएका थिए । उनले 'बाहिर प्रचार गरेजस्तो भूमिहीनहरूका लागि बिनाविकल्प जग्गा फिर्ता नहुने' बताएको स्रोतले जनाएको छ /

दौडाहामा वैद्य पक्ष
 संस्थापन पक्षका पोलिटब्युरोको शनिबार बालुवाटारमा छलफल भइरहेका बेला वैद्य पक्षीय महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेल वीरगन्जमा आफूनिकट मजदुरहरूलाई प्रशिक्षण दिइरहेका थिए । संंस्थापन पक्षले सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल गरिरहेका बेला वैद्य पक्ष त्यसको विरुद्धमा अन्तक्रिर्यामा थियो ।
 अध्यक्ष पुष्पकमल दाहाल पक्ष नयाँबजार र प्रधानमन्त्री बाबुराम भट्टराई पक्ष बालुवाटारमा व्यस्त भएका बेला आफू जिल्लातिर अन्तक्रिर्यामा लागेको सचिव गजरेलले जनाए । 'अध्यक्षका मान्छेहरू नयाँबजार र बाबुरामजीहरू बालुवाटारमा व्यस्त हुनुहुन्छ,' उनले भने, 'हामी प|mी छौं, त्यसकारण जिल्लातिरका कार्यक्रममा लागेका छांै ।'

शनिबारै वैद्य पक्षले मिथिला राज्यका नेताहरूसँग सर्लाहीमा भेला गरेको थियो । वीरगन्जमा मजदुर भेला गरेलगत्तै सर्लाहीमा कार्यक्रम गरिएको हो । 'वर्तमान राजनीतिक परिस्थितिबारे अन्तक्रिर्या गरिरहेका छौं,' सर्लाहीमा रहेका गजुरेलले फेानमा भने, 'केन्द्रीय समिति बैठक बस्नुअघिको तयारी हो ।' माओवादी केन्द्रीय समिति बैठक पुस ८ गते बस्ने तय भएको छ ।

No comments: