दुर्गम जिल्ला रोल्पामा जन्मिएका नवगठित नेकपा-माओवादीका स्थायी समिति
सदस्य नेत्रविक्रम चन्द नयाँ पार्टी गठनका योजनाकारमध्येका एक हुन् ।
तत्कालीन एकताकेन्द्रको भ्रातृसंगठन अनेरास्ववियु छैटौंबाट राजनीतिक थालेका
उनी २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य र ०६३ मा स्थायी समिति सदस्य
भएका थिए । पार्टीभित्र आफ्नो धारणा खरो रूपमा राख्ने चन्दले आफ्नो
आकांक्षा देशकै नेतृत्व गर्ने भएको लुकाएनन् । सशस्त्र द्वन्द्वका बेला
खासगरी मध्य र सुदूरपश्चिमलाई कार्यथलो बनाएका उनले पार्टी विभाजनबारे धेरै
विषयको खुलासा गरेका छन् । प्रस्तुत छ, चन्दसँग कान्तिपुरका सरोजराज अधिकारी र गंगा बीसीले शनिबार गरेको कुराकानीः
नयाँ पार्टी गठनको सूत्राधार तपाईं हो भनिन्छ नि ?
यो विश्लेषण अलि मनोगत छ । नयाँ धु्रवीकरणको प्रमुख पात्र म होइन । मैले दृढतापूर्वक सहयोग गरेको चाहिँ सही हो । नयाँ पार्टी नेतृत्व किरणले गरिरहेको हुनाले बढी सम्बन्ध उहाँसँग छ ।
पार्टी फुटाउनुको औचित्य कसरी पुष्टि हुन्छ ?
पार्टी भनेको जनता, वर्ग, राज्यसँग सम्बन्धित हुन्छ । हामीले नयाँ पार्टी गठन गर्न किन औचित्यपूर्ण ठान्यौं भने माओवादी पार्टीको विचार, दृष्टिकोण, मान्यता र लक्ष्य प्रचण्ड र बाबुराम कमरेडहरूले छोडिदिनुभयो । उहाँहरूको औचित्य समाप्त भएको ठान्यौं । हाम्रो विचार, लक्ष्य समाजसँग जोडिएकाले पुनर्गठित पार्टीको औचित्य छ ।
कम्युनिस्ट पार्टीमा त जसको विचार उसको नेतृत्व हुने हो, विचार छाड्नेलाई नेतृत्वबाट हटाउन सकिँदैनथ्यो ?
हामीलाई त नेतृत्वबाट हटायौं भन्ने लागेको छ । प्रचण्ड र बाबुरामजीले जुन तहमा साथीहरूलाई भ्रमित पार्नुभएको छ, त्यो संख्या अलि ठूलो छ । त्यसैले रूपमा विभाजन र नवगठनजस्तो देखिन पुग्यो । माओवादीको इतिहास, विचार समीक्षा गर्ने हो भने जुन उद्देश्यका लागि शान्ति प्रक्रियामा आएको हो, त्यसलाई मसिनो गरी हेर्ने हो भने यो विभाजन होइन, पुनर्गठन नै हो ।
संस्थापनले कहिलेदेखि बाटो बिराएको ठान्नुहुन्छ ?
मुख्यगरी राजतन्त्रको अत्यपछि विचलन आउन सुरु भएको हो । बहस सुरु भएको ०६४ मा भएको बालाजु बैठकबाट हो । नेतृत्व आफ्नो मान्यताबाट विचलित हँुदै छ कि भन्ने प्रश्न उठेको त्यतिबेला हो । किनकि त्यस बेलाबाटै विचारसँग मेल नखाने जीवनपद्धति देखिन थालेको थियो । विचारमा सर्वहारा र व्यवहारमा करोडपति हुने अवस्थाका कारण विचारबाट ढाटिएको हो । कार्यशैलीमा फितलोपन, भद्रगोल, गलत हाउभाउ त्यस बेलादेखि नै सुरु भएको हो । मुख्य विचलन देखिएको राजतन्त्रको अन्त्य र खरिपाटी बैठकबाट हो ।
पार्टी फुट आर्थिक विषयसँग पनि जोडिएको छ ?
मैले जस्तो जीवन बिताउँछु, विचार त्यहीअनुसार हुनुपर्छ भन्न खोजेको हो । दर्शनले त्यही भन्छ । विचार एकातिर, व्यवहार अर्कोतिर हुनु भएन नि ।
तपाईंहरूको कार्यदिशा अलि अस्पष्ट देखिएको छ, अब 'जनविद्रोह’ गर्ने हो कि 'जनयुद्ध’ ?
हामी शुद्ध संसदीय व्यवस्था मान्नेवाला छैनौं । हामी राज्यमा हिस्सा लिएर काम गर्न तयार छौं । तर सत्ताका संरचनाहरू विशुद्ध रूपमा संसदीय प्रणालीअन्तर्गत रहने कुरा स्वीकार गर्न तयार छैनौं । साथै राज्यका संरचना यथास्थितिमा राख्न हामी तयार छैनौं । कानुन, प्रशासन, अर्थतन्त्र, राष्ट्रिय स्वाधीनता पुरानै ठाउँमा राख्ने पक्षमा छैनौं । तेस्रो कुरा, हाम्रा मान्यता स्थापित गर्न जनतामा जाने कुरामा हामी सुस्पष्ट छौं । अर्को नयाँ प्रणालीमा जाने हो, जनतालाई संगठित गरेर आन्दोलनमा ल्याउने भनिसकेका छौं ।
फेरि जनयुद्धको थालनी हुन सक्छ ?
त्यतापट्टि अहिले नजाऔं । यो विषयले मान्छेलाई अनावश्यक तनाव मात्र दिन्छ । चुनाव लड्ने कि आन्दोलन गर्ने ? जनविद्रोह गर्ने कि जनयुद्ध गर्ने ? भन्ने अस्थायी कुरा हुन् । मुख्य कुरा नेपालमा असफल भएको संसदीय व्यवस्था हितकर छैन, यसलाई नयाँ आधारमा रूपान्तरण गर्नुपर्छ भन्ने हो । यो कुरा हाम्रो मात्रै होइन । किनकि संसदीय व्यवस्थाले जनताका अधिकार सुनिश्चित गर्न सकेन भन्ने स्पष्ट पारिसकेको छ । संघर्षको स्वरूपका कुरा अस्थायी हुन्, मूल कुरा उद्देश्य हो । अस्थायी कुरालाई स्थायी मान्यता बनाएर हामीमाथि आरोपित गरिएको छ । यो सत्य होइन । स्पष्ट कुरा जनताका अधिकार कसरी सुनिश्चित गर्ने भन्ने हो । संविधानसभामा हामीले भनेको त्यही हो । किसान, मजदुरको समस्या समाधान गरौं भन्यौं, जनमुक्ति सेनालाई सम्मानजनक ढंगले समायोजन गरौं भनेका छौं । यी कुरा पूरा भए भने अरू संघर्ष सोच्नै पर्दैन । हाम्रो संघर्ष जनताका आधारभूत अधिकार सुनिश्चित गर्नका लागि हो ।
पार्टी विभाजनपछि खासै तरंग देखिएन नि ?
मैले यसलाई सकारात्मक रूपमा लिएको छु । कार्यकर्तालाई अप्ठ्यारो महसुस भएको छैन किनकि हाम्रो अन्तरसंघर्ष उत्कर्षमै पुगिसकेको थियो ।
१० वर्ष सँगै युद्ध गरेका नेतासँग अलग्गिँदा अप्ठ्यारो लागेन ?
स्पष्ट भन्दा हामीलाई मीठो लागेन । सबभन्दा राम्रो भयो भनेर म भन्दिनँ । पार्टीलाई एकताबद्ध बनाएर अग्रसर भएको भए सबभन्दा राम्रो हुन्थ्यो । त्यसो हुन सकेन । सबै मूल्य, मान्यता, आदर्श भत्किने अवस्थामा चाहिँ हामीले राम्रो गर्यौं भन्ने लागेको छ । कम्तीमा एउटा आदर्श, विचार, मूल्यमान्यताको रक्षा गर्न हामी सफल भयौं ।
तपाईंहरूले पदका लागि पनि पार्टी फुटाएको, खासगरी तपाईंले महासचिव हुने आकांक्षा राखेको भन्ने छ नि ?
साथीहरूले मसँग त केही भन्नुभएको छैन । तपाईं निःस्वार्थी मान्छे सँगै पार्टीमा बसौं भन्नुभएको छ । बाहिर पदका लागि लडेको भन्ने कुरा पनि आउँछ । सबै कुराको खण्डन भइसकेको छ । मेरा अगाडि चुनौती छ । के सुविधाका लागि यत्रो जोखिम मोल्नुपर्छ र ? उहाँहरू (संस्थापन) ले जे सुविधा उपभोग गर्नुभएको छ, त्यो सुविधा दुई, तीन वर्षअघि हाम्रा लागि पनि उपलब्ध थियो । जो कमरेडहरूले हामीले नपाएर गएको भन्नुभएको छ, उहाँहरूले पनि बुझ्नुभएको छ कि त्यो सुविधा हामीले त्यसबेलै पाउन सक्थ्यौं । हामीले सचेत रूपमा त्यस्ता सुविधा छोड्दै आएका हौं नि । सुरुदेखि नै विचार संघर्ष चलेको हो । हामी मिल्दामिल्दैका साथीबीच बहस सुरु भयो । विचार, दृष्टिकोणमा अन्तर भएपछि मिल्ने साथीबीच पनि अन्तरसंघर्ष सुरु हुन्छ । त्यसलाई पदका लागि भन्न मिल्छ ?
तपाईंको महात्त्वाकांक्षा पार्टी कब्जा गर्ने हो भनिन्छ, नि ?
म यसमा दुःख मात्र व्यक्त गर्न सक्छु । यो आरोप साँच्चै लागेर भन्छन् कि प्रचारका लागि ? उनीहरूले जान्ने कुरा हो । देशलाई बदल्नुपर्छ भन्ने मेरो आकांक्षा छ । नत्र म यो संघर्ष गर्दिनथेँ । देश र जनतालाई बदल्न सकिन्छ भन्ने दृढ अठोट ममा पक्कै छ । संघर्षको अनेक रूप हुन सक्छन्, जनयुद्ध गरौंला कि कालो झन्डा देखाउँला या नेपाल बन्द गरौंला, यो अस्थायी कुरा हो । राज्यको रबैयामा भर पर्ने कुरा हो । जित्न सकिन्छ भन्ने मलाई विश्वास छ । यति कुरा गर्दा आकांक्षा राख्छ भन्छन् भने ठीक छ । कुनै आकांक्षा नभएको मान्छे बाँच्नुको अर्थ छैन ।
तपाईं महासचिव कहिले बन्ने ?
अहिले यो कुरै नगरौं । महासचिवको कुरा मैले गरेको छैन । केही साथीहरूले महासचिव लग्छ कि भन्ने लागेर हल्ला गरेजस्तो गर्नुहुन्छ । उहाँहरूलाई आफ्नो कुरा गर्नुस्, अरूको नगर्नुस् भनेको छु । आवश्यक पर्यो भने म जिम्मेवारी लिन्छु भनेकै छु । तयार नभए यत्रो जोखिम किन लिने ? किन जनतालाई उफार्ने ? अहिले एउटा उद्देश्यमा लाग्ने, पछि अर्कै थोक प्राप्त गरी त्यसलाई छोड्ने कुरा हुँदैन । म माओवादीको मूल उद्देश्य कहिल्यै छाड्दिनँ । मेरोबारे अरूले तनाव लिने कामै छैन ।
पदाधिकारी चयन कहिले गर्नुहुन्छ ?
एउटा प्रक्रियामा पार्टीले गरिहाल्छ ।
शिविरमा रहेका लडाकुमा तपाईंहरूको पनि हिस्सा छ ?
जनमुक्ति सेना नै हाम्रो हो, केको हिस्साको कुरा गर्नुहुन्छ ? जनमुक्ति सेना त माओवादीले बनाएको हो नि । प्रचण्ड र बाबुरामजीले विसर्जन गर्नुभयो, हामी संरक्षण गर्छौं ।
तपाईंको बुझाइमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईमा केही फरक छ ?
राजनीतिक हिसाबले हेर्दा दुवैजना एकै ठाउँमा हुनुहुन्छ । स्वभाव, कार्यशैली फरक हुन सक्छ ।
दाहालले भट्टराईलाई छाडेको भए कुरा मिल्थ्यो ?
त्यो होइन । राजनीतिक विषयमै अन्तर परिसकेको थियो । तीन वर्षसम्म हामीले अध्यक्षसँग सहकार्य गर्यौं । हामीले नेतृत्वको प्रश्न कहिल्यै उठाएनौं । हामीले अध्यक्षको रूपान्तरण खोजेको हो, बाबुरामजीको होइन । अध्यक्ष रूपान्तरण भएको भए एकता सम्भव थियो । पार्टीले क्रान्तिकारी विचारलाई आधिकारिक रूपमा जहिले पनि पारित गरेको छ । खरिपाटी, पालुङटारले पनि क्रान्तिकारी विचार पारित गरेको छ । यहाँ भयो के भने आधिकारिक रूपमा पार्टीले जहिले पनि क्रान्तिकारी विचार पारित गर्ने, अध्यक्षले समर्थन गर्ने तर कार्यान्वयन नगर्ने भयो । पारित भएको विचारलाई अध्यक्ष र दुईचारजना मिलेर उल्ट्याउने काम भयो । त्यसकारण अध्यक्ष रूपान्तरण हुनुभएन भनेको हो ।
अध्यक्षले किन कार्यान्वयन गर्नुभएन होला त ?
अध्यक्ष बाठो नै हुनुहुन्छ । उहाँले जे विचार ल्याउन खोज्नुभएको थियो, त्यसमा कमजोर हुन्छु भन्ने लागेपछि क्रान्तिकारी कार्यदिशामा आउने तर पछि आधिकारिक विचारलाई छायामा राखेर संगठनबाट आफ्नो विचार हावी गराउने बाटोमा जानुभयो ।
तपाईंहरूको पार्टी यतिखेर कुन अवस्थामा छ, जनयुद्ध थालनीअघिको ०५२ साल वा चुनबाङ बैठकअघिको ०६२ सालमा ?
माओवादी ०६९ सालमा छ । राजनीतिक कार्यदिशाका हिसाबले माओवादीको विचार कार्यक्रमको निरन्तरतामा छ । चुनबाङ बैठकले अघि सारेको मूल कार्यनीति सही हो भनेर हामीले दस्तावेजमै लेखेका छौं ।
राष्ट्रिय सहमतिको सरकार बने सहभागी हुनुहुन्छ ?
सरकारको कुराचाहिँ परिस्थितिजन्य हुन्छ । छलफल ठीक प्रकारले भयो भने हुन सक्छ । हामीले गोलमेच सम्मेलनपछि अन्तरिम सरकार भनेका छौं । त्यो परिस्थिति भयो भने सहभागी हुन सकिन्छ । सबै कुराको समीक्षा गरी कुरा मिल्यो भने जान्छौं । तर अहिले ठोस केही निर्णय गरेका छैनौं ।
संविधानसभा पुनस्र्थापनाको कुरा पनि आएको छ नि ?
हामीले आफ्नो कुरा पहिले पनि भनेका छौं । पहिले गोलमेच सम्मेलन गरांै, नयाँ प्रक्रियाको थालनी गरौं । त्यसले के निकास दिन्छ, त्यसमा जाऔं । स्वतः संविधानसभा निर्वाचन पनि जनअनुमोदित छैन । स्वतः पुनस्र्थापना पनि जनअनुमोदित छैन ।
तपाईंहरूले परिकल्पना गरेको गोलमेच सम्मेलनमा पूर्वराजावादी पनि सहभागी हुन पाउँछन् ?
यस्तो अप्ठ्यारो प्रश्न नगर्नुस् न । हामीले उचित प्रतिनिधित्व बनाएर छलफल गर्न सकिन्छ भनेका छौं ।
यतिखेर तपाईंहरूको प्राथमिकतामा त राष्ट्रिय स्वाधीनताको मुद्दा होला नि होइन ?
हरेक नागरिकलाई छोएको विषय भने राष्ट्रिय स्वाधीनता नै हो । अहिलेजस्तो कमजोर राष्ट्रिय स्वाधीनता कहिल्यै भएको थिएन । कुनै पनि निर्णय नेपालको टेबुलमा गर्न नसक्ने, कुनै पनि नेताले आफ्नो कुरा भन्न नसक्ने, जनताले चाहेको कुरा पाउन नसक्ने अवस्था अहिले छ । यसबाट सबै नागरिक आजित भएको अनुभव भएको छ । सम्पूर्ण गणतन्त्रवादी, देशभक्त, वामपन्थी शक्तिहरूले यसबारे सोच्नुपर्छ । जनअधिकारको सुनिश्चितता र राष्ट्रिय स्वाधीनता प्राथमिकताका विषय हुन् ।
राष्ट्रिय स्वाधीनताका नाममा नेपाल-भारत सीमा क्षेत्रमा गएर भाषण गर्नुभएकै हो । युद्धकालमा सुरुङ युद्ध पनि थाल्नुभएकै हो । फेरि त्यस्तै गर्ने ?
अध्यक्ष(दाहाल) को नेतृत्वमा हामीले त्यसबेला यी सब कार्यक्रम गरेका हौं । सुरुङ खन्ने कि सभा गर्ने वा सीमामा बार लगाउने मुख्य कुरा होइन । मुख्य कुरा के हो भने हाम्रो राष्ट्रियता कमजोर भएको छ, हामी नेपालीको शिर निहुरिएको छ ।
राष्ट्रिय स्वाधीनतामा कताबाट खतरा छ ?
यो भनिरहनुपर्ने कुरा हो र ? हामी जम्मा दुई देशको बीचमा छौं । तर कुनै पनि देशलाई चर्को आरोप नलगाऔं । हामी नेपाली हौं, हामी स्वाधीनता चाहन्छौं, राज्यको रूपान्तरण चाहन्छौं । यसमा कसैले बाधा नपारिदिए हुन्थ्यो भन्ने हो ।
माओवादी नेतृत्वकालमै राष्ट्रिय स्वाधीनता झन् कमजोर भएको भनिन्छ त ?
एकीकृत माओवादीको नेतृत्वको सरकारले राष्ट्रियता कमजोर गराएको भन्नेमा सत्यता छ ।
महासचिव रामबहादुर थापाजस्ता जिम्मेवार नेताले नै अध्यक्ष दाहाललाई भारतीय गुप्तचर संस्था 'र’ को एजेन्टसम्म भन्नुभयो, कुरा त्यस्तै हो ?
कुनै नेता एजेन्सीको एजेन्ट हुनु हुँदैन । मैले त्यसबेलै पनि त्यसरी आरोप नलगाऔं भनेको हो । बाबुरामजी 'र' को एजेन्ट होइन, त्यो भन्नु पनि हुँदैन । तर विश्लेषण मिल्छन्, कोही भारतसँग मिलेर जानुपर्छ भन्ने छन् । त्यो राजनीतिक दृष्टिकोणका आधारमा को के हो भन्न सकिन्छ । तर कसैलाई एजेन्ट नै भन्नु अनैतिक कुरा हो ।
हालै चीन गएर र्फकनुभयो, चीनसँग कस्तो सम्बन्ध राख्न चाहनुहुन्छ ?
हामी सबै छिमेकी राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध चाहन्छौं । यहाँ अहिले दिल्ली र बेइजिङको कुरा होइन । भारतले घाँटी नै थिच्न थालेको अवस्थामा नथिच है मात्र भनेको हो । भारतको भूमिका हामीलाई अहसज लागेको छ ।
समयका हिसाबले त पार्टी फुटबारे पूर्वजानकारी दिन तपाईं चीन गएजस्तो भएन र ?
समय त्यस्तै मिल्यो । कुरा त्यो थिएन । तर पार्टीभित्रको अन्तरसंघर्ष, देशको जटिलताबारे कुरा भएकै हो ।
तपाइहरू संस्थापनसँग सल्लाहमै फुटेको भन्ने चर्चा पनि सुनिन्छ नि ?
त्यस्तो चर्चा मैले पनि सुनेको छु, तर यो गलत कुरा हो ।
संस्थापनसँग अझै एकताको सम्भावना छ ?
रूपान्तरण पहिलो कुरा हो, एकता दोस्रो । एकता हुन सक्छ । मान्छे नमर्दासम्म राम्रो गर्ने ढोका खुला राख्नुपर्छ ।
दाहाल रूपान्तरण भएर आए एकता सम्भव छ भन्नुभएको ?
हो । उहाँ साँच्चिकै रूपान्तरित हुनुभयो भन्ने स्पष्ट आधार देखिए एकता हुन सक्छ । राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन ।
आफैंले 'गद्दार’ घोषणा गरेकासँग फेरि कसरी मिल्नुहुन्छ ?
हामीले गद्दार भनेका छैनौं । विचार, उद्देश्यमा गद्दारी भयो भनेका हौं । खत्तमै भइसकेको भनेका छैनौं । गल्ती भएको छ र सच्चिनुपर्छ भनेको हो ।
अध्यक्ष दाहालले पहिचानसहितको संघीयतामा नछाडेकै कारण संविधान बनेन, त्यसकारण पनि आफू पार्टी निर्णयमा अडिग रहेको पुष्टि भएको र एकताको वातावरण बनेको बताउनुभएको थियो नि ?
यो हास्यास्पद कुरा हो । उहाँहरू भाग्नुभएको हो । संविधानसभामा लागेको भए पहिचानसहितको संघीयता दुई तिहाईले अनुमोदन हुन्थ्यो ।
ठीक त्यसैबेला सरकार फेर्ने नाममा तपाईंहरूले पहिचानसहितको संघीयता नरुचाउने एमालेका केपी ओली, कांग्रेसका रामचन्द्र पौडेलसँग समेत वार्ता गर्नुभयो, पहिचानका पक्षमा भएको कसरी पत्याउने ?
केपी ओली, रामचन्द्र पौडेलसँग संविधानका विषयमा होइन, सरकार, शान्ति प्रक्रियाबारेमा छलफल भएको हो । वार्ताबाटै सबै समस्या हल गर्न हामीले गरेको प्रयासलाई त सकारात्मक रूपमा लिनुपर्छ । उहाँहरू (दाहाल-बाबुराम) चाहिँ चार वर्षसम्म उनीहरूसँग घुँडा धसेर बस्न हुने, हामीले चाहिँ छलफल पनि गर्न नहुने ?

No comments:
Post a Comment