Friday, August 31, 2012

निर्वाचन र संविधानसभा पुनःस्थापन दुवैको औचित्य छैन:वैद्य

'भारतीय प्रभावमा दाहालको संयाजकत्वमा गठबन्धन'

काठमाडौं, भाद्र १५ - नेकपा-माओवादी ले संविधानसभा निर्वाचन वा संसद पुनःस्थानाको औचित्य नभएको निश्कर्ष निकालेको छ । उसले 'सर्वपक्षीय गोलमेच सभा' बाट संयुक्त सरकार बनाएर संविधान बनाउनुपर्ने जनाएको छ ।

 राजधानीमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यले अब संघर्षमा केन्दि्रत हुने सक्षिप्त राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै यथास्थितिमा राजनीतिक निकासको संभावना क्षीण भएको बताएका छन् । बैठकपछि कान्तिपुरसंग कुरा गर्दै वैद्यले यथास्थितिमा सहमतिको संभावना नभएकाले संघर्षको कार्ययोजना अघि ल्याएको बताए ।
'यथास्थितिमा सहमतिको संभावना छैन,' उनले भने, 'त्यसकारण संघर्षको तयारी गर्ने कार्यनीति ल्याएको हो ।' उनले एमाओवादी, कांग्रेस र एमालेका नेताहरु छलफल गरेर राजनीति निकास नहुने भन्दै त्यो छलफल अर्थहीन भएको बताए । 'अहिले संसद नभएको अवस्थामा तीन दलबीच भएको छलफल वाइहात हो,' उनले भने, 'यस्तै प्रकारको जुन सरकार भए पनि केही हुनेवाला छैन ।'
बैठकमा उनले सर्वपक्षीय गोलमेच सभाका लागि अन्य दललाई आग्रह गर्ने र त्यसमा नआए 'सडक आन्दोलन' को तयारीमा जोड दिएका छन् । 'गोलमेचसभा नभए सडक आन्दोलनको तयारी गर्ने प्रस्ताव छ,' प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्, 'सडक आन्दोलन गर्नुअघि राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका मुद्दा लिएर सरकारलाई ज्ञापनपत्र बुझाउँछौ ।'
वैद्यले तीन दलले संविधानसभा निर्वाचनमा जाने वा संसद पुनःस्थापना गरे पनि त्यसले निकास नदिने वैद्यको बिश्लेषण छ । 'संविधानसभा निर्वाचनबारे तीन दलबीच सहमति हुन सकेको छैन, निर्वाचनमा वा संसद पुनःस्थापना भए पनि निकास आउँदैन,' वैद्यले भने, 'त्यसकारण हामीले गोलमेचसभासंग संघर्षको कुरा गरेका छौ ।' उनले तीन दलले मात्र निकास दिन नसक्ने ठोकुवा गरे ।
'तीन दलले केही गर्न सक्दैनन् भनेर प्रमाणित भइसकेको छ,' उनले भने, 'हामीलाई बैठकमा बोलाइएको पनि छैन । यो बैठकले निकास दिन्छ भन्ने लागेको पनि छैन ।' बैद्यले आफ्नो राजनीतिक प्रस्तावमा एमाओवादीबाट बिभाजनपछि दुई महिनाको समीक्षा गरेका छन् । उनले सशस्त्र युद्धमा लागेका 'खाँटी' कार्यकर्ता आफ्नो पक्षमा भएको दाबी गरेका छन् ।
'दुुई महिनाको सांगठिनक समीक्षामा जनयुद्धकालीन ६० प्रतिशत कार्यकर्ता हाम्रो पार्टीमा भएको पाइयो,' पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले भने, 'संगठन राम्रो भएको पाइयो ।' पार्टी बिभाजन भए पछि माओवादीका नेताहरु जिल्ला दौडाहामा थिए । उनीहरुले आवश्यक परे 'जनबिद्रोह वा जनयुद्ध' मा जान सकिने भन्दै सैन्य संरचना बनाउनुपर्नेमा जोड दिएका थिए ।
तत्कालीन माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसमक्ष पेश गरेको ४० सूत्रीय मागमा थपेर पेश गर्ने र ती माग सम्बोधन नभए संघर्षमा जाने रणनीति माओवादीको छ । 'जनयुद्धपूर्वका मागपत्रमा बिप्पा सम्झौता, उपल्लो कणर्ालीलगायतका माग थपेर ज्ञापनपत्र बुझाउँछौ,' केसीले भने, 'माग पुरा नभए संघर्षमा जान्छौ ।' संघर्षमा सरकारको दमन गरे त्यसको प्रतिकार गर्ने उनको भनाइ थियो ।
केसीले भ्रष्ट, दलाललाई सरकारले कार्बाही नगरे आफै गर्ने चेतावनी समेत दिए । 'हामी भ्रष्ट, दलाललाई सरकारले कार्बाही नगरे हामी आफै गर्छौ' उनको भनाइ थियो । राजनीतिक प्रतिवेदनमा बैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठन भएको 'संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' भारतीय प्रभावमा बनेको आरोप लगाएका छन् ।
'यो गठबन्धन भारतीय प्रभावमा बनेको हो,' केसीले प्रस्ताव उद्धृत गर्दै भने, 'यो बामपन्थी पनि होइन, देशभक्त पनि होइन ।' बैद्य पक्षले पनि सचिब सीपी गजुरेलको संयोजकत्वमा 'जनगणतान्त्रिक मोर्चा' गठन गरेको छ । माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराई सरकार खारेज हुनुपर्ने र गोलमेचसभाबाट सर्वपक्षीय संयुक्त सरकार बनाइनुपर्ने बताउँदै आएको छ । वैद्यको राजनीतिक प्रस्तावमाथि शुक्रबारदेखि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने छन् ।


प्रकाशित मिति: २०६९ भाद्र १५ ०१:०८

Monday, August 27, 2012

अत्यावश्यक अध्यादेश राष्ट्रपतिको परामर्शमाः सरकार

काठमाडौं, भाद्र ११ - सरकार ले राष्ट्रपतिको परामर्शमा 'अत्यावश्यक' अध्यादेश ल्याउन लागेको बताएको छ । विपक्षी दलले अध्यादेशबाट सरकार ले मुलुक चलाउन खोजेको आरोप लगाइरहेका बेला सरकार ले यस्तो बताएको हो । उसले मुलुक चलाउन केही 'अत्यावश्यक' अध्यादेश ल्याउनुपर्ने बाध्यता भएको दाबी गरेको छ ।
राष्ट्रपति डा. रामवरण यादवले भने राजनीतिक सहमति गरी मुलुकको दैनिक प्रशासन चलाउने अध्यादेश ल्याउनु उचित हुने सुझाव सरकार लाई दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई निकट उच्च स्रोतले संसद् नभएको अवस्थामा अत्यावश्यक अध्यादेश नल्याए मुलुकमा संवैधानिक निकायलगायत अन्य क्षेत्रमा रिक्तता आउने दाबी गरेको छ । 'राष्ट्रपतिज्यूको परामर्शमा अत्यावश्यक अध्यादेश ल्याउन खोजेको हो,' स्रोतले आइतबार कान्तिपुरसँग भने, 'अध्यादेशबाट देश चलाउन खोजेको होइन ।'
सरकार ले गणतन्त्र कार्यान्वयनसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, सत्य निरूपण तथा मेलमिलाप, निजामती ऐन संशोधन, स्वाथ्य सेवा ऐन, शिक्षा ऐनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति र उनका कानुनी सल्लाहकारसँग परामर्श गरी तयारी गरेको दाबी गरेको छ । तत्कालीन मुख्य सचिव माधव घिमिरेको संयोजकत्वमा कानुन सचिव र राष्ट्रपतिका कानुनी सल्लाहकारसँग पटक-पटक छलफल गरी यी अध्यादेश तयार गर्न गृहकार्य गरेको भट्टराई निकट स्रोतको भनाइ छ ।
'राष्ट्रपतिज्यूका कानुनी सल्लाहकारसँग छलफल गरी अध्यादेश तयार पारिएको हो,' स्रोतका दाबी छ, 'राष्ट्रपतिज्यू पनि अध्यादेशबारे नकारात्मक हुनुहुन्न ।'
केही नेपाल ऐन संशोधन विधेयक नआए नेपालका संवैधानिक निकाय रिक्त हुने भएकाले उक्त विधेयक अति जरुरी भएको सरकार ी दाबी छ । 'यो विधेयक नआए सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिमा समेत अवरोध हुन्छ,' सरकार को भनाइ छ, 'सर्वोच्चका न्यायाधीश नियुक्ति गर्दा संसदीय सुनवाइ हुनुपर्ने संविधानमा व्यवस्था छ । संवैधानिक परिषद्को बैठकमा प्रतिपक्ष दल र सभामुख सदस्य रहनुपर्ने अवस्था छ । यस्तो अवस्थामा संवैधानिक बाधा अड्काउ फुकाउनु आवश्यक छ ।' उसको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नियुक्ति गर्नसमेत यो विधेयक आवश्यक रहेको भनाइ छ । त्यस्तै निर्वाचन आयोगका आयुक्त पनि खाली भएकाले अध्यादेश आवश्यक रहेको सरकार ले भनेको छ ।
गणतन्त्र कार्यान्वयन ऐन संशोधन नहुँदा कतिपय कानुनी जटिलता आएकाले यो विधेयक पनि आउन आवश्यक रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । शान्ति प्रक्रिया अघि बढाउन 'सत्य मेलमिलाप तथा निरूपण र बेपत्ता खोजबिन विधेयक' मा संसद् हुँदा नै सहमति भएको सरकार को भनाइ छ । 'शान्ति प्रक्रिया अघि बढाउन यो अध्यादेश आवश्यक छ,' सरकार को दाबी छ । त्यस्तै निजामती ऐन संशोधन गरी स्वतः बढुवामा परेका कर्मचारीको पदस्थापन, स्वास्थ्य सेवा ऐन संशोधन गरी करिब १० हजार स्वास्थ्यकर्मीको व्यवस्थापन,  शिक्षा ऐन संशोधन गरी करिब २० हजार अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउनु बाध्यता भएको सरकार को भनाइ छ । सरकार ले यी अध्यादेश राष्ट्रपतिकहाँ पठाउने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकका लागि केही अपरिहार्य अध्यादेश ल्याउन राष्ट्रपतिलाई आग्रह गरिएको बताए । 'हामीले अध्यादेशका बलमा शासन चलाउन चाहेको होइन भनेका छौं,' उनले भने, 'तर केही अपरिहार्य अध्यादेश ल्याउनुपर्ने आवश्यकताबारे राष्ट्रपतिज्यूसँग कुराकानी भइरहेको छ ।'
राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले पहिले राजनीतिक गतिरोध अन्य गरी निकास पहिल्याउनुपर्ने आवश्यकतामा राष्ट्रपतिले जोड दिएको बताए । 'राष्ट्रपतिले पहिले राजनीतिक गतिरोध अन्त्य गरी निकास पहिल्याउनुपर्नेमा जोड दिनुभएको छ,' उनले कान्तिपुरसँग भने, 'पहिले राजनीतिक निकास निकाल्नुपर्‍यो, त्यसपछि मुलुकको शासन सञ्चालनका लागि कानुन ल्याउनु राम्रो हुन्छ ।' संवैधानिक निकाय करिब चार वर्षदेखि दलहरूबीच सहमति नहुँदा रिक्त भएकाले यसमा पनि सहमति खोज्नु आवश्यक रहेको दाहालको भनाइ छ । 'मुलुको शासन चलाउने कानुनको संशोधन आवश्यक हुन सक्छ,' उनले भने, 'त्यसअघि संवैधानिक अन्योलतालाई चिर्न आवश्यक छ ।' राष्ट्रपति अत्यावश्यक अध्यादेश ल्याउन नहुने पक्षमा नभए पनि पहिले राजनीतिक निकासमा जोड दिएको दाहालले बताए ।

प्रकाशित मिति: २०६९ भाद्र ११ ०१:०३

Saturday, August 25, 2012

Baidhya in Kantipur Koselee


वैद्यको विद्या

नेपालको कम्युनिस्ट राजनीतिमा 'एमबी' भन्ने नाम निकै चर्चित छ । नेपालका कम्युनिस्टका केही माउमध्येका एउटा माउ कमरेड मोहनविक्रम सिंहलाई यो नामले चिनिन्छ । अहिलेको राजनीतिक मैदानमा उनैले जन्माएका कमरेडहरूको हालिमुहाली छ । सानो अनुहारमा ठूलो प|mेमको चस्मा लगाउने अर्का एमबी अर्थात् मोहन वैद्यको भने कुरा बेग्लै छ । एउटै जिल्ला प्यूठानमा उत्पत्ति भए पनि यी दुई एमबीमा धेरै अन्तर छन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यको थर पोख्रेल हो । तर उनी वैद्य थरले चिनिन्छन्, पार्टीभित्र किरण नामले । पहिले माओवादीभित्र 'हार्डलाइनर' का रूपमा चिनिन्थे । दर्शन र सौन्दर्यशास्त्रका पुस्तक उनी 'चैतन्य' नामले लेख्छन् । बल प्रयोग नगरी सत्ता प्राप्त गर्न सकिँदैन भन्ने उनको मूल सिद्धान्त हो । त्यसकारण उनले गत असारमा मूल पार्टी फोरेर आपै+m अध्यक्ष बने ।

तर, अध्यक्ष भएपछि उनी पहिलेजस्तो कडा देखिएका छैनन् । पहिले एमाओवादीमा हँुदा नरमहरूका बीचमा उनी 'हार्डलाइनर' थिए । तर अहिले उनको पार्टीमा कडैकडा नेता छन्, उनी भने नरम । उनी नरमका माझमा कडा रहेछन् र कडाबीच नरम !

नयाँ पार्टी गठन गरेपछि उनी धेरैपटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा पुगिसकेका छन् । सँगै चियाकफी खाएका छन् । कतिचोटि त उनी एक्लै र कहिलकाहीं अन्य नेताहरूसँग । देखिने गरी पार्टी अलग भए पनि प्रचण्ड र वैद्यबीच उत्तिकै भावनात्मक सम्बन्ध छ । केही दिनअघिको भेटमा प्रचण्डलेे वैद्यलाई पार्टी चलाउने खर्चको पनि कुरा गरेछन् । 'पार्टी कसरी चलिरहेको छ, खर्चपर्च के कस्तो छ, अप्ठ्यारै पर्‍यो भने भन्नुहोला' प्रचण्डले सोेधेछन् । वैद्यले खासै समस्या नभएको प्रतिक्रिया दिएछन् । एकता केन्द्र मसालसँग पार्टी एकता गर्नुअघि प्रचण्डले त्यसका महासचिव नारायणकाजी श्रेष्ठलाई पनि पार्टी चलाउन खर्च दिन्थे भन्ने सुनिन्छ ।

केही दिनअघि प्रचण्डले आफ्नो स्वकीय सचिवालयका सदस्यहरूलाई वैद्यबारे कुनै नकारात्मक टिप्पणी नगर्ने निर्देशन दिएछन् । पार्टी अलग भएपछि उनले वैद्यमाथि व्यक्तिगत आरोपसमेत केही लगाएका छैनन् । उनलाई आफ्ना राजनीतिक गुरुको व्यवहार उनले अहिले पनि गर्छन् । राजनीतिक रूपमा मतभिन्नता भए पनि दुई नेताबीच 'कामरेडली' सम्बन्ध देखिन्छ । यही सम्बन्धलाई आधार मानी धेरैले केही समयपछि दुई माओवादी मिल्छन् भन्न थालेका छन् ।

वैद्यले करिब २५ वर्ष भूमिगत र जेल जीवन बिताए, पञ्चायतकालदेखि सशस्त्र युद्धसम्म । अझै पनि उनलाई भूमिगत जीवन प्यारो लाग्छ । नवगठित माओवादीलाई अर्धभूमिगत गराउने तयारी उनले गरेका छन् । त्यसो भयो भने उनी पनि अर्धभूमिगत हुनेछन् । विचारले कट्टर तर उनको कार्यशैली भने नरम छ । वैद्यले शास्त्रीय कम्युनिस्ट दर्शनमा दख्खल राख्छन् । उनले कम्युनिस्ट दर्शन सम्बन्धी दुई ठूला पुस्तक पनि लेखेका छन् । व्यवहारमा नरम र कार्यशैलीमा दृढता हुनुपर्ने मान्यता उनले राख्छन् । उनी आफूलाई 'सादा जीवन उच्च विचार' भएको नेताका रूपमा पुष्टि गर्न चाहन्छन् । अन्तरमुखी स्वभाव भए पनि मनमा लागेको कुरा प्वाक्क भन्ने उनको बानी छ । करिब अढाई वर्षअघि एमाओवादीमै रहँदा प्रमुख दलहरूको प्रत्यक्ष बहस -टीभीहरूले प्रत्यक्ष प्रसारण गरेको) कार्यक्रममा उनले कांग्रेस, एमालेका नेताहरूलाई 'काइते कुरा नगर्नुस्, यसरी सहमति हुँदैन' भनेर झर्केको निकै चर्चा भएको थियो ।

पुख्र्यौली घर प्यूठान र पछि दाङ बसाइ सरेका वैद्यले उच्च शिक्षा संस्कृतमा लिएका थिए । त्यसपछि उनले नेपाली स्नातकोत्तर गरे । एमाओवादीमा रहँदा वैद्य र प्रचण्डबीच मतभेद दैनिक कार्यशैलीमा रह्यो । प्रचण्डको हाइफाई कार्यशैलीप्रति उनले बेलाबेलामा बिमति राख्दै आएका आए । अन्ततः राजनीतिक कार्यदिशामा कुरा नमिलेपछि अलग भए । तर कतिपय प्रचण्डका कुरा उनले हार्न सक्दैनन् भने प्रचण्डले पनि उनको वचन राख्छन् । दुई साताअघि मात्रै वैद्यको पार्टीले आयोजना गरेको पार्टीमा प्रचण्ड सहभागी भए । उनलाई निम्ता दिन वैद्य आफैं प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । रोचक पक्ष के छ भने प्रचण्ड र वैद्यबीच पार्टी अलग भए पनि पार्टीको सम्पत्ति सल्लाहमै बाँडफाँड गर्ने सहमतिसमेत भएको छ । विगतमा कम्युनिस्ट पार्टी अलग भएपछि दुश्मनी साध्ने चलन यी दुई नेतामा छैन । 'जे हुनु भइहाल्यो, अब किन दुश्मनी साध्ने ?' भन्ने समझदारी यी दुई नेताबीच भएको छ । जब कि वैद्यको पार्टीका अन्य नेताहरू प्रचण्डप्रति निकै आक्रामक छन् ।

वैद्यको जीवनशैली 'सर्वहारावादी' छ । उनमा पदको मोह छैन । कतिपयले उनलाई कांग्रेस सभापति सुशील कोइरालाको जीवनशैलीसँग तुलना गर्छन् । पार्टी विभाजनपछि उनी नेकपा-माओवादीको अध्यक्ष हुन चाहेका थिएनन् । उनी सल्लाहकारको रूपमा बस्न चाहेका थिए । माओवादीभित्र अध्यक्ष को हुनेबारे टुंगो लाग्न नसकेपछि उनी बाध्यतावश अध्यक्ष भएका हुन् । संविधानसभा निर्वाचनमा पनि मनोनीत सभासद् भए । दुई वर्ष नपुग्दै राजीनामा दिए । एकताकेन्द्र मसालसँग पार्टी एकता भएपछि 'चैते' हरूको जगजगी भएको भन्दै उनी असन्तुष्ट बनिरहे । उनलाई घर परिवारको खासै चिन्ता छैन । दसौं वर्षदेखि उनको परिवार यसरी नै चलेको छ । उनको सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनमा बितेको छ ।

उमरले ६५ वर्ष नाघे पनि मुलुकमा 'जनवादी क्रान्ति' पूरा गर्ने धोको उनको छ । त्यसैका लागि उनले नयाँ पार्टीसमेत बनाए । नेपालमा अर्को युद्ध नहोस् भन्ने चाहनेका लागि उनी 'अपि्रय' पात्र हुन् । जब उनले युद्ध, जनविद्रोहको कुरा गर्छन्, चिया पसलदेखि रेस्टुरेन्ट, कलेजहरूमा समेत उनको चर्चा हुन्छ । उनी 'युद्धको भूत' चढेको नेतामा दर्ज हुन्छन् । उनमा राजनीतिक इमानदारी त होला तर उनी तत्कालका लागि 'उपयुक्त' हुने कुरा धेरै गर्दैनन् । गोंगबुको भाडाको घरमा बसेर लेखेका राजनीतिक दस्ताबेजले खाटा बसेको युद्धको घाउमा फेरि पीडा थप्ने काम गर्‍यो भने उनको राजनीतिक इमानदारी पनि दस्ताबेजमा सीमित हुन सक्छ । हुन त उनले 'आगोको सानो झिल्कोले सारा वन डढाउँछ' भन्ने दर्शन पढेका छन् । त्यो आगोले वनका सुगन्धित फूल पनि खरानी बनाउँछ भन्ने पाटो उनले कत्तिको केलाएका होलान् ?

वैद्यको रुचिको खेल चेस हो । उनलाई यो खेल खेल्न निकै मन पर्छ । अन्य खेलमा उनलाई चासो छैन । भनिन्छ, राजनीति पनि एउटा चेसको खेल हो । जसले सक्यो, उसले शक्ति लिन्छ । उनले लिएको 'जनविद्रोहको राजनीतिक कार्यदिशा' चेसको खेलजस्तै हो कि अलि फरक हो भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन । नयाँ पार्टी खोलेर उनले नेपाली राजनीतिमा फेरि अर्को सेट चेस सुरु गरेका छन् । उनले आपmना गोटी कसरी चाल्छन् भन्नेमा धेरैको चासो छ । कोठाभित्रको खेलभन्दा राजनीतिको खेल फरक छ भन्नेचाहिँ यी पुराना खेलाडीलाई थाहा छ ।

प्रकाशित मिति: २०६९ भाद्र ९ ०१:४०

Wednesday, August 22, 2012

लडाकु शिविरमा भएको अनियमितताको छानविन सुरु


काठमाडौं, भाद्र ७ - माओवादी पुर्वलडाकु शिविरमा भएको अनियमितता सम्बन्धी पार्टीको छानविन आयोगले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले सातवटै सिविरबाट प्राप्त खर्च विवरणको प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा सात वटा डिभिजन भएको खर्चबारे छानविन सुरु भएको र दोस्रो चरणमा २१ सहायक सिविरको हिसाव हेरिने आयोग स्रोतले जनाएको छ । लडाकु शिविरको भौतिक पुर्वाधार निर्माण, भरणपोषण र तलबभत्तागरी १० अर्बभन्दा बढी रकम खर्च भएको थियो । आयोगले लडाकु कमान्डरमार्फ्त खर्च भएको रकमको छानविन गर्ने म्यान्डेट पाएको छ ।
साउन पहिलो साता राजधानीमा सम्पन्न सातौ विस्तारित बैठकमा पुर्व लडाकुका शिविरमा करौडौ भष्टाचार भएको भन्दै पुर्व लडाकुले बैठक अवरुद्ध गरेपछि एकीकृत माओवादीले सचिब पोष्टबहादूर बोगटीको संयोजकत्वमा आयोग बनाएको थियो । एक महिना समय पाएको आयोगले ढिला गरी काम सुरु गरेका कारण अर्को एक महिना समय बढाइने भएको छ ।
राजधानीको कपनमा मंगलबार भएको ताम्सालिङ राज्य समितिको प्रशिक्षणमा लडाकु शिविरभित्र भएको आर्थिक अनियमितताबारे छानविन ढिलाइ भइरहेकोमा सहभागीले आपत्ति जनाएका थिए । 'शिविरभित्र भ्रष्टाचारको छानविन किन ढलाइ भइरहेको छ ?' सहभागीको प्रश्न थियो, 'छानविन ढिलाइले भ्रष्टाचारीलाई चोख्याउने आशंका बढेको छ ।'
प्रशिक्षणमा अध्यक्ष पूष्पकमल दाहालले आयोगले छिट्टै काम अघि बढाउने उल्लेख गर्दै आयोगको म्याद १५ दिन थप्नूपर्ने बताएको एक सहभागीले जानकारी दिए । 'नेताहरुको सम्पत्ति आयोगले आफ्नो काम करिब सक्न थालेको छ' उनको भनाइ थियो, 'अब शिविरको अनियमितता सम्बन्धमा आयोगले काम अघि बढाउँछ ।' आर्थिक अनियमितता छानविन गर्न आयोग गठन भएको उल्लेख गर्दै दोषी देखिए जोकोहीलाई पनि कार्वाही हूने बताए । 'सत्यतथ्य छानविन गरी कार्बाही गर्न आयोग बनाइएको हो' उनले भने, 'दोषी देखिए जो कोहीलाई पनि कार्वाही हून्छ ।'
शिविरको अनियमितता छानविनमा ढिलाइ भएकोमा पुर्व लडाकुले आपत्ति जनाएका थिए । शिविरको भ्रष्टाचार छानविन गर्न माग गर्ने अगूवा पुर्वलडाकु कमान्डर सरल सहयात्री पौडेलले छानविन ढिलाइ भएको बताए । 'छानविन ढिलाइ भएको छ, हामीले कूरा उठायौ । आयोगले काम गरिरहेको होला' उनले भने, 'छिटो छानविन हूनूपर्छ ।'
सरकारका तर्फबाट लडाकुको शिविरको भौतिक पुर्वाधार निर्माण, लडाकुको भरणपोषण र तलबभत्ताबाट करिब १० करौड रुपैया भ्रष्टाचार भएको उनले दाबी गरे । 'करिब १० करोड भ्रष्टाचार भएको अनूमान छ' उनले भने, 'योभन्दा पनि बढी भ्रष्टाचार भएको हून सक्छ ।' त्यसबेला माओवादीले लडाकुबाट वाइसीएलमा आएकाहरुलाई दिने भन्दै प्रतिलडाकु एकहजारका दरले उठाएको थियो । त्यो रकम पनि अनियमितता भएको उनको आरोप छ ।
सातौ विस्तारित बैठकाम कमान्डहरुमाथि भ्रष्टाचारको आरोप लागेपछि पुर्व लडाकुका ६ जना डिजिभन र एक सहायक डिभिजन कमान्डरले राजीनामा दिएका थिए । उनीहरुले आफुहरुलाई 'बलीको बोका बनाइएको' भन्दै नेताहरु आफुहरु 'पानीमाथिको ओभानो हून खोजेको' बताए । 'कमान्डरहरुलाई भ्रष्टाचारीको आरोप लगाएर हामीलाई बलिको बोका बनाउने प्रयास भयो' एक असन्तूष्ट लडाकु कमान्डरले भने, 'हामीलाई शिकार बनाइयो भने हामी पनि त्यसबेला बोल्नूपर्ने हून्छ ।'
पुर्व लडाकु कमान्डहरुले शिवरका गाडी समेत आफ्नो नाममा गरेको एक पुर्व लडाकुले जानकारी दिए । यूद्धकालमा प्रयोग भएका गाडी एमाओवादीले पार्टीको नाममा गरेको उल्लेख गर्दै उनले पुर्व लडाकु कमान्डहरुले भने धमाधम आफ्नो नाममा बनाई प्रयोग गरेको उनलदे आरोप लगाए ।
चितवन शक्तिखोरस्थित तेश्रो डिभिजनमा सबभन्दा धेरै अनियमितता भएको छानविन माग गर्ने पुर्वलडाकुहरुको दाबी छ । तेश्रो डिभिजन कमान्डर धनबहादूर मास्कीमाथि हिसाबकिताब अनियमितता गरेको आरोप उनीहरुले लगाएका छन् । 'तेश्रो डिभिजनमा धेरै अनियमितता भएको छ' पौडेलले भने, 'धेरै, थोरै अरु डिभिजनमा पनि भएको छ ।'

प्रकाशित मिति: २०६९ भाद्र ७ १२:२७

Friday, August 17, 2012

Beautiful Syarpu lake of Rukum

http://www.ekantipur.com/nep/photo-gallery/gallery-details-467-6279.html


Monday, August 13, 2012

एकीकृत नेकपा (माओवादी) राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको नामावली:-



क्र.सं. नाम                            जिल्ला                                                               कैफियत

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन

२. बाबुराम भट्टराई ‘लालध्वज’ गोरखा

३. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गोरखा

४. पोष्टबहादुर बोगटी ‘दिवाकर’ नुवाकोट

५. नरबहादुर कर्माचार्य ललितपुर

६. अमिक शेरचन ‘एकलब्य’ चितवन

७. कृष्णबहादुर महरा ‘अमरसिंह’ रोल्पा

८. गिरीराजमणि पोखरेल ‘पियूष’ मोरङ

९. टोपबहादुर रायमाझी ‘अनिल’ अर्घाखाँची

१०. वर्षमान पुन ‘अनन्त’ रोल्पा

११. लीलामणि पोख्रेल ‘अभिषेक’ प्यूठान

१२. दीनानाथ शर्मा ‘अशोक’ बाग्लुङ

१३. हरिबोल गजुरेल ‘शीतलकुमार’ सिन्धुली

१४. अग्निप्रसाद सापकोटा ‘कन्चन’ सिन्धुपाल्चोक

१५. शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’ जाजरकोट

१६. जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम

१७. हिसिला यमि ‘पार्वती’ काठमाडौं

१८. नन्दबहादुर पुन ‘पासाङ’ रोल्पा

१९. चक्रपाणि खनाल ‘बलदेव’ अर्घाखाची

२०. लोकेन्द्र बिष्ट मगर ‘अभ्यास’ रुकुम

२१. देवेन्द्र पौडेल ‘सुनील’ वाग्लुङ

२२. हेमन्तप्रकाश वली ‘सुदर्शन’ रुकुम

२३. गोपाल किराती ‘साइला’ सोलुखुम्बु

२४. हितराज पाण्डे ‘उत्तम’ गोरखा

२५. सुरेन्द्र कार्की ‘पार्थ’ ओखलढुङ्गा

२६. लेखराज भट्ट ‘राकेश’ कैलाली

२७. निनु चापागाई ‘महेश’ भोजपुर

२८. भिमप्रसाद गौतम ‘अरुण’ तनहुँ

२९. दिलबहादुर श्रेष्ठ ‘सन्तोष’ ललितपुर

३०. शशि शेरचन ‘स्वनाम साथी’ म्याग्दी

३१. विश्वभक्त दुलाल ‘आहुती’ काठमाडौं

३२. विश्वनाथ शाह ‘कुमार’ सिरहा

३३. नवराज सुवेदी प्यूठान

३४. लीलबहादुर थापा वाग्लुङ

३५. डिलाराम आचार्य अर्घखाँची

३६. गिरिधारीलाल न्यौपाने कपिलवस्तु

३७. नन्दकुमार प्रसाईं झापा

३८. जितबिर लामा दोलखा

३९. रामचरण चौधरी बर्दिया

४०. नारायणप्रसाद दाहाल ‘सरल’ चितवन

४१. बामदेव क्षेत्री गुल्मी

४२. धु्रव पराजुली ‘सन्तोष’ सिन्धुपाल्चोक

४३. गंगा कार्की ‘विश्व’ दोलखा

४४. सन्तु दराई ‘परवाना’ चितवन

४५. गणेशमान पुन ‘रश्मि’ रुकुम

४६. जोखबहादुर महरा ‘प्रताप’ रोल्पा

४७. पुष्पविक्रम मल्ल ‘सिंह’ धादिङ

४८. हितबहादुर तामाङ ‘शमशेर’ नुवाकोट

४९. विकेश श्रेष्ठ ‘कुशल’ चितवन

५०. जगप्रसाद शर्मा ‘अपार’ रुकुम

५१. खगराज भट्ट ‘विनोद’ डेडल्धुरा

५२. भक्तबहादुर शाह ‘उद्धव’ जाजारकोट

५३. कालीबहादुर मल्ल ‘जीतेन्द्र’ जाजारकोट

५४. दिपेन्द्र पुन ‘सिजल’ रोल्पा

५५. टेकबहादुर बस्नेत ‘समरसेन’ सल्यान

५६. महेश्वर गहतराज ‘अथक’ बाँके

५७. कमला रोका ‘क्रान्ति’ रुकुम

५८. तेजबहादुर वली ‘प्रतीक’ रुकुम

५९. कालीबहादुर खाम ‘विविध’ रुकुम

६०. ओनसरी घर्ती मगर ‘उषा’ रोल्पा

६१. झक्कुप्रसाद सुवेदी ‘अधिकार’ रोल्पा

६२. धनबहादुर मास्की ‘राजेश’ दाङ

६३. रामप्रसाद बन्जाडे ‘टंकमणि’ अर्घाखाँची

६४. भक्ति पाण्डे ‘महेश’ रुपन्देही

६५. डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’ कपिलवस्तु

६६. हरि अधिकारी ‘कुमार’ गोरखा

६७. कृष्ण प्रसाद सापकोटा ‘बन्धु’ सिन्धुपाल्चोक

६८. गंगानारायण श्रेष्ठ ‘प्रभात’ सिन्धुली

६९. प्रभु साह ‘मुक्ति’ रौतहट

७०. श्रवण यादव ‘जीवन’ सिरहा

७१. टंक आङबुहाङ ‘प्रभाव’ ताप्लेजुङ

७२. सुरेश राई ‘हिमाल किराती’ उदयपुर

७३. कुमार पौेडेल सप्तरी

७४. भीमबहादुर कडायत अछाम

७५. केशव नेपाल सिन्धुपाल्चोक

७६. सर्वोत्तम डंगोल काठमाडौं

७७. कृष्ण के.सी. बाग्लुङ

७८. शशी श्रेष्ठ काठमाडौं

७९. धर्मचन्द्र लावती झापा

८०. प्रल्हाद बुढाथोकी ‘क्षितिज’ सर्लाही

८१. डि.आर.पौडेल चितवन

८२. जीवन गौतम, दाङ

८३. कमानसिंह लामा, काभ्रे

८४. रामकुमार यादव, सिरहा

८५. रामरिझन यादव, सिरहा

८६. हकिकुल्लाह खाँ , नवलपरासी

८७. अञ्जना विसंखे , काठमाडौं

८८. ईश्वरी भट्टराई, चितवन

८९. घनश्याम पौडेल, चितवन

९०. प्रकाश पोखरेल ‘शैलेस’, महोतरी

९१. पेशल खतिवडा ओखलढुङ्गा

९२. धावा लामा ‘बिरु’, रामेछाप

९३. कर्णध्वज के.सी., प्यूठान

९४. दीपबहादुर योञ्जन, महोतरी

९५. किसन शर्मा, नवलपरासी

९६. राजु खड्का, महोतरी

९७. जगत पारकी, डडेल्धुरा

९८. कृष्ण भुजेल, दोलखा

९९. दिनेश पन्थी, गुल्मी

१००. रामकुमार शर्मा ‘निर्माण’, महोत्तरी

१०१. धर्मदत्त देवकोटा, स्याङजा

१०२. तेजप्रसाद कँडेल रुपन्देही

१०३. वेदनिधि अधिकारी धादिङ

१०४. सविना अर्याल काठमाडौं

१०५. कृष्ण शर्मा ‘निडर’ बाग्लुङ

१०६. दीलिप साह सिरहा

१०७. केशवराज नेपाल ‘शिखर’ पाल्पा

१०८. कृष्णकुमार राई ‘सिद्धान्त’ खोटाङ

१०९. रामलौटन तिवारी कपिलबस्तु

११०. घनश्याम यादव रुपन्देही

१११. शिवचन्द्र कुशवाहा ‘जमिन’ वारा

११२. भरत साह महोत्तरी

११३. रामचन्द्र मण्डल ‘प्रविण’ धनुषा

११४. असर्फी सदा सप्तरी

११५. असर्फी भिन्वार यादव धनुषा

११६. शिवकुमार मण्डल मोरङ्ग

११७. बोधमाया यादव सिराहा

११८. सरस्वती चौधरी सप्तरी

११९. रामकुमारी चौधरी सुनसरी

१२०. अतहर हुसेन फारुकी बाँके

१२१. सुरेन्द्रप्रसाद जैसवाल‘अशोक’ रौतहट

१२२. दलजीत श्रीपाइली ‘प्रशान्त’ रुकुम

१२३. गोपी अच्छामी ‘पुष्प’ सिन्धुली

१२४. धर्मराज वि.क. ‘अर्जुन’ बझाङ्ग

१२५. रणेन्द्र बराइली चितवन

१२६. सुशीला श्रीपाइली अर्घाखाँची

१२७. पदमलाल विश्वकर्मा इलाम

१२८. सीता नेपाली ‘रक्षा’ सुर्खेत

१२९. गणेश भित्रीकोटी झापा

१३०. धर्मशीला चापागाईं ‘सिर्जना’ झापा

१३१. वलावती शर्मा बाग्लुङ्ग

१३२. सत्य पहाडी ‘सुशनसिं’ डोल्पा

१३३. कल्पना धमला धादिङ्ग

१३४. सीता पोख्रेल ‘मथुरा’ सिराहा

१३५. नारायणी शर्मा ‘प्रतीक्षा’ दाङ्ग

१३६. पूर्णा सुवेदी बाँके

१३७. जुनकुमारी रोका ‘प्रभा’ रुकुम

१३८. सुष्मा शर्मा दाङ्ग

१३९. उमा देवकोटा सिन्धुली

१४०. रेणु चन्द ‘रश्मी’ वैतडी

१४१. गंगा बेलवासे चितवन

१४२. देवी खड्का ‘अस्मिता’ दोलखा

१४३. विमला सुवेदी नुवाकोट

१४४. मीना तामाङ्ग ‘रञ्जिता’ काभ्रे

१४५. समिता कार्की ‘अस्मिता’ खोटाङ्ग

१४६. सुशीला सिंखडा ‘दुर्गा’ गोरखा

१४७. लक्ष्मी लामा ‘वेदना’ मनाङ्ग

१४८. पूर्णसिं राजवंशी झापा

१४९. छिरिङ डम्दुल लामा ‘कार्चेन’ हुम्ला

१५०. पासाङ शेर्पा ‘कर्मा’ सोलुखुम्बु

१५१. अमर तमु ‘रमन’ गोरखा

१५२. विष्णु चौधरी ‘प्रभात’ बर्दिया

१५३. सूर्यमान दोङ्ग ‘लालध्वज’ काभ्रे

१५४. सोनाम सिं स्याङतान ‘विजय’ सिन्धुली

१५५. श्रीप्रसाद जगेवु पाँचथर

१५६. रामकुमार राई ‘पासाङ’ खोटाङ्ग

१५७. राजेन्द्र किराँती ‘प्रवेश’ संखुवासभा

१५८. बुद्धिमान माझी ‘बसन्त’ सिन्धुली

१५९. सन्तकुमार चौधरी बर्दिया

१६०. महेन्द्र श्रेष्ठ ‘शैलेन्द्र’ गोरखा

१६१. भास्कर प्रधानाङ्ग ‘प्रहार’ भक्तपुर

१६२. दीलिप महर्जन काठमाडौं

१६३. श्रीकृष्ण श्रेष्ठ काठमाडौं

१६४. मानबहादुर बुढा ‘विकल्प’ रोल्पा

१६५. कीर्तिबहादुर पुन ‘प्रकाण्डसिं’ सल्यान

१६६. राजकाजी गुरुङ्ग ‘करण’ पर्वत

१६७. मुक्साहाङ्ग मेयाङ्गबु ‘मुकेश’ ताप्लेजुङ्ग

१६८. क्षेत्रबहादुर श्रेष्ठ ‘अनील’ पर्सा

१६९. शुकबहादुर रोका ‘शरद’ रोल्पा

१७० महेन्द्र शाही ‘प्रज्ज्वल’ कालीकोट

१७१. राजबहादुर बुढा ‘अविनाश’ रोल्पा

१७२. कलबहादुर नाथ ‘महान्’ रुकुम

१७३. हरिबहादुर श्रेष्ठ ‘प्रमोद’ सिन्धुली

१७४. पदमबहादुर लामा ‘सञ्जीव’ काभ्रे

१७५. यमबहादुर अधिकारी ‘प्रतिक्षा’ धादिङ्ग

१७६. विरेन्द्र बुढा ‘जीवन’ कालीकोट

१७७. दयाराम न्यौपाने ‘एम.एस.’ रुपन्देही

१७८. अच्युतम काफ्ले सर्लाही

१७९. तारामान स्वार ‘नविन’ अच्छाम

१८०. रामबहादुर बोहरा ‘युद्ध’ डोल्पा

१८१. तिलक शर्मा ‘हिमाल’ बर्दिया

१८२. देवेन्द्र पराजुली ‘रोशन’ लम्जुङ्ग

१८३. कृष्ण धिताल ‘विजय’ गोरखा

१८४. राजकुमार शर्मा ‘आर्ट’ रुकुम

१८५. सन्देश पौडेल ीचतवन

१८६. शालीकराम जमकट्टेल ‘गम्भिर’ धादिङ्ग

१८७. झलकपाणि तिवारी ‘रोशन’ कास्की

१८८. नेत्रनाथ अधिकारी ‘हिमाल’ पर्वत

१८९. रामचन्द्र शर्मा ‘विज्ञान’ सिन्धुपाल्चोक

१९०. टी.बी. पाठक ‘हिक्मत’ प्रवास÷गुल्मी

१९१. मुक्ति खनाल ‘भास्कर’ तनहुँ

१९२. डिल्लीराज खनाल ‘सम्राट’ अर्घाखाँची

१९३. हरि रोका खोटाङ्ग

१९४. चित्रबहादुर श्रेष्ठ चितवन

१९५. खिमलाल देवकोटा कास्की

१९६. विष्णुप्रसाद आचार्य ‘विष्णुहरि शर्मा’ कपिलबस्तु

१९७. देवराज रेग्मी बझाङ्ग

१९८. हिमाल शर्मा बाग्लुङ्ग

१९९. गजेन्द्र महत ‘कर्मा’ जुम्ला

२००. बालकृष्ण ढुङ्गेल ‘विप्लव’ ओखलढुङ्गा

२०१. चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ अर्घाखाँची

२०२. बसन्त शर्मा ‘कुशल’ रुकुम

२०३. हेमराज भण्डरी ‘सुदर्शन’ धनकुटा

२०४. हरिप्रसाद दाहाल ‘ललित’ ललितपुर

२०५. बलराम तिमिल्सिना ‘विप्लव’ सिन्धुली

२०६. ओम शर्मा धादिङ्ग

२०७. गोविन्द्र आचार्य प्यूठान

२०८. जयराम दाहाल वारा

२०९. रमेश सिग्देल ‘शितल’ तनहुँ

२१०. श्रीकृष्ण शर्मा ‘विवेक’ नुवाकोट

२११. टेकेन्द्र भट्ट ‘विक्रम’ कञ्चनपुर

२१२. ठाकुर ढकाल चितवन

२१३. घनश्याम दाहाल ‘अविनाश’ चितवन

२१४. चूडामणि खड्का ‘प्रकाश’ गोरखा

२१५. निर्मल आचार्य ‘विमल’ दाङ

२१६. पारशमणि पौडेल ‘आकाश’ लम्जुङ

२१७. गोविन्द पौडेल म्याग्दी

२१८. खड्ग बस्नेत कञ्चनपुर

२१९. युवराज चौलागाईं ‘रवीन्द्र’ रामेछाप

२२०. गणेश बुढाथोकी सिन्धुली

२२१. दीनानाथ गौतम ‘प्रयास’ काभे्र

२२२. कमलप्रसाद खनाल ‘प्रताप’ अर्घाखाँची

२२३. श्याम बहादुर बोहरा ‘अटल’ रुकुम

२२४. थिर बहादुर कार्की ‘कुशल’ दैलेख

२२५. गणेश प्रसाद सिंह ‘खगेन्द्रसेन’ जाजरकोट

२२६. कुवेर ओली ‘सूर्य’ दाङ्ग

२२७. भक्ति लामिछाने ‘समिर’ गोरखा

२२८. रेशम चौलागाई रामेछाप

२२९. शंकर लामा ‘भीमशेन’ दोलखा

२३०. तुलसी ढुंगाना महोत्तरी

२३१. सरुण वाठा ‘रमण’ रुकुम

Sunday, August 12, 2012

कांग्रेसलाई चुनावी सरकार हुँदैन, पुनःस्थापना गर्ने भएचाहिँ हुन्छ : दाहाल

काठमाडौं, श्रावण २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ले कांग्रेस नेतृत्वमा चुनावी सरकार नस्वीकार्ने बताएका छन् । उनले संविधानसम्बन्धी विगतका सहमति कायम राखी संविधानसभा पुनःस्थापना भए मात्र कांग्रेसको नेतृत्व स्वीकार्ने बताए ।
 उनले जसको नेतृत्वमा सहमति बन्छ, त्यसकै नेतृत्वमा सरकार बन्ने बताए । मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीका नेताहरूमा सहमति नजुटे स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने धारणा राखे ।
 'निर्वाचनमा जाने नै हो भने अब सरकारको नेतृत्व जो कोहीले दाबी गर्न सक्छ । हाम्रो के प्रस्ट मत बनेको छ भने निर्वाचनमा जाने नै हो भने हामी कांग्रेसलाई दिँदैनौं । किन दिने कांग्रेसलाई सरकार ? अरूले किन नपाउने ?' उनले आक्रोशित हुँदै भने, 'त्यसकारण हिजोको पाँचबुँदेको आधार छाडेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्दैन ।'
 कांग्रेसले एमाओवादी को नेतृत्व नस्वीकार्ने र एमाओवादी ले कांग्रेसको नमान्ने अवस्थामा स्वतन्त्र व्यक्तिलाई चुनावी सरकारको नेतृत्व दिन सकिने उनको तर्क थियो । उनले भने, 'चुनावी सरकारको नेतृत्व नागरिक आन्दोलनका स्वतन्त्र व्यक्तित्व वा पूर्वन्यायाधीशको नेतृत्वमा बनाउन सहमत हुनुपर्‍यो ।'
 वैशाख तेस्रो साता भएको पाँचबुँदे सहमतिअनुसार दलहरूले निकास निकाल्ने कम सम्भावना भएकोसमेत उनले जनाए । 'हेर्दै जाँदा पाँचबुँदेअनुसार सहमति हुन सजिलो देखिएन । पहिचानसहितको संघीयताबारे तीव्र धु्रवीकरण हुँदैछ,' उनले थपे, 'पाँचबुँदेको मर्मअनुसार अघि बढ्न माओवादी तयार छ ।'
 'गोलमेच सभा' को अभ्यासका रूपमा नेकपा-माओवादीले गरेको कार्यक्रममा उनले संविधानसभा म्याद तीन महिना थप्ने विधेयकबारे सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाए । 'सरकारले सार्वभौम हैसियतले संसद्मा विधेयक दर्ता गरेको थियो, के गर्ने भन्नेबारे । त्यो पास भएको थिएन,' उनले भने, 'यस्ता विषयमा स्टे गर्ने अधिकार न्यायालयलाई हुन्छ कि हुँदैन ? यो विषय नेता तथा पार्टीहरूले विचारै नगर्ने हो भने त्यो राजनीति नभई अर्कै केही हुन्छ । यसमा सबैको ध्यान जाओस्, यस्तो गर्न न्यायालयले हुन्छ कि हुँदैन ? छलफलको विषय हुनुपर्छ भन्ने लागेको छ ।'
दाहालले संविधानसभा भंग हुने अवस्थामा निर्वाचन घोषणा गर्नु सरकारको बाध्यता भएको दाबी गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने कुरा नभएको जनाए । 'त्यो अवस्थामा सरकारले निर्वाचन घोषणा गर्नु बाध्यात्मक अवस्था हो । १२ बजेपछि ठूलो दुर्घटनामा जाला भन्ने हामीलाई लाग्यो । राजनीतिक शून्यतामा जाला भन्ने लाग्यो । विकल्प केही नभएपछि सर्वोच्चको निर्णयमा टेकेर निर्वाचन घोषणा गरेको हो,' उनले भने, 'त्यो निर्वाचन घोषणाले राष्ट्रपति र सरकार वैधानिक छन् भनिरहेका छौं । केही समयपछि राष्ट्रपति कार्यालयबाट यो सरकार कामचलाउ भनियो । कामचलाउ सरकारले राजीनामा दिन भन्ने कुरा राष्ट्रपति कार्यालयबाटै टुंग्याइयो,' उनले भने, 'अहिले बाबुरामजीको राजीनामाको कुरा पनि अमिल्दो भइसक्यो । किन राष्ट्रपति कार्यालयबाट यो सरकार कामचलाउ भनेर गल्ती भयो भन्दिनु पर्‍यो । त्यो नभन्ने हो भने यो सरकार केयरटेकरै हो ।'
एमाओवादी को नेतृत्वमा गठन हुन लागेको संघीय लोकतान्त्रिक गठबन्धनजस्तै मोर्चा बनाउन उनले कांग्रेस-एमालेलाई आग्रह गरे । 'मोर्चा कांग्रेस-एमालेले पनि बनाउनु राम्रो हुन्छ । सबैले मोर्चा बनाए हुन्छ, केही फरक पर्दैन,' उनले भने, 'मोर्चा-मोर्चा बनाएर सहमतिमा पुग्न सजिलो हुन्छ ।'
उनले मैदानबाटै हिसाबकिताब चुक्ता गर्न कांग्रेस-एमालेलाई चुनौती दिए । 'रामचन्द्रजीले भर्खरै लडाइँ लड्ने कुरा गर्नुभयो,' कार्यक्रममा कांग्रेस उपसभापति पौडेलले प्रजातन्त्रका लागि लडाइँ लड्ने चेतावनी दिएपछि दाहालले प्रतिवाद गरे, 'लडाइँ शब्ददेखि त म डराउँदिनँ, मोर्चाको अर्थ फेरि जरुरी परे आन्दोलन गर्ने पनि हुन्छ, तपाईंहरू पनि गर्नुहोस् हामी पनि गर्छौं, कसले जित्छ मैदानबाटै हिसाबकिताब हुन सक्छ ।'
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले संविधानका बाँकी विषयमा सहमति गरी अघि बढ्नु पर्ने बताए । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनको भनाइ थियो । 'विगतका सहमतिलाई गाँठो पारेर नमिलेका विषयमा सहमति गर्नुपर्छ,' उनले भने, 'राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यो सम्भव छ ।' उनले दलहरूबीच अविश्वासको अवस्था चुलिँदै गएको बताए ।
कांग्रेस उपसभापति पौडेलले दलहरूबीच यसअघि भएका सहमतिका बीचबाटै नयाँ सहमति खोजिनुपर्ने बताए । उनले सत्तारूढ दलले संघीयताका नाममा गठबन्धन बनाउनु राजनीतिक बेइमानी भएको आरोप लगाउँदै यसले दलहरूबीचको अविश्वास बढाउने धारणा राखे ।
 नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै संविधानसभा पुनःस्थापना र अर्को संविधानसभा निर्वाचन गर्न खोज्नु 'प्रतिगामी कदम' हुने दाबी गरे । 'संविधानसभा भंग गरी संीवधानसभाको दोस्रो निर्वाचन गर्ने कदमलाई असंवैधानिक र पश्चगामी भनिरहेको स्थितिमा व्यवस्थापिका संसद्को निर्वाचनको कदम झन् प्रतिगामी हुनेछ,' उनले भने, 'यसले मुलुकमा सहमतिको यात्रा भंग गरेर पुनः द्वन्द्वमा फर्काउने छ ।'  उनले गोलमेच सभा गरी राजनीतिक निकास निकाल्नुपर्ने उल्लेख गर्दै अन्तरिम संयुक्त बनाउनुपर्ने प्रस्ताव राखे । पार्टी विभाजनपछि आयोजना गर्न लागेको कार्यक्रममा निम्ता दिन वैद्य शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेका थिए । कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक विवाद छोट्टयाएर छिटो संक्रमणकाल अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेकपा-माओवादीले शनिबार ललितपुरमा आयोजना गरेको गोलमेच भेलामा विभिन्न दलका शीर्षनेताहरू ।

Saturday, August 11, 2012

Tired PM Baburam


थाके बाबुराम

काठमाडौ, श्रावण २७ - बाबुराम भट्टराई प्रधानमन्त्री भएको भदौ ११ गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री हुनेबित्तिकै उनले शान्ति र संविधानलाई पहिलो र सुशासनलाई दोस्रो प्राथमिकतामा राखेका थिए । प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लागेका बेला अहिले उनलाई महसुस भएको छ, 'न शान्ति र संविधान सफल भयो, न त सुशासन कायम गर्न सकियो ।'
सरकारी निवास बालुवाटारमा रात कटाउँदै उनले 'अब एक मात्र उपाय भनेको सम्मानजनक बहिर्गमन हो' भन्ने सोच्न थालेका छन् । तर त्यो कसरी हुन्छ ? 'सम्मानजनक' बहिर्गमनका लागि उनका अगाडि एउटा मात्र भरपर्दो उपाय बाँकी छ । त्यो भनेको राजनीतिक सहमति हो । तर त्यो राजनीतिक सहमति तत्कालै जुट्ने सम्भावना कम छ । जति ढिला सहमति हुँदै जान्छ, त्यति उनको बदनामीको पारो माथि चढ्दै जानेछ भन्ने पनि उनलाई राम्ररी थाहा छ । त्यस कारण पनि उनी सिंहदरबार र सरकारी निवास बालुवाटारबाट 'सम्मानजनक अवतरण' को खोजीमा छन् ।
संविधानसभा विघटन हुनु जेठ १४ को राति १२ बज्नु ठीक आधा घन्टाअघि भट्टराईले मंसिरमा संविधानसभा निर्वाचन घोषणा गरेका थिए । मंसिरमा संविधानसभा निर्वाचन हुनु त कता हो कता, निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री भएको हैसियतले त्यसको सबभन्दा दबाब पनि भट्टराईलाई नै परेको छ । न संविधानसभा निर्वाचन हुने, न कुनै राजनीतिक सहमति जुट्ने अवस्थामा भट्टराईका लागि प्रधानमन्त्रीको कुर्सी तातो ढुंगाजस्तो लाग्नु स्वाभाविक छ । त्यसैले पनि राजनीतिक दलबीच कम्तीमा पनि निर्वाचनका लागि सहमति भयो भने आफ्नो 'सम्मानजनक' बहिर्गमनको बाटो खुल्ने उनको बुझाइ छ । त्यस कारण पनि उनले राजनीतिक सहमति भयो भने आफू 'एक दिन पनि सरकारमा नबस्ने' बताइसकेका छन् ।
प्रधानमन्त्री हुने बेला सबैतिरबाट ठूलो आशाको केन्द्र भएका भट्टराईका सुशासनका सम्बन्धमा कामहरू निराश लाग्दा भएपछि प्रशंसा गर्नेहरूले नै 'जुन जोगी आए पनि कानै चिरेको' भन्न थालेका छन् । उनले आफू 'भूतले खाजा खाने बेलामा प्रधानमन्त्री भएकाले काम गर्न नसकेको' स्पष्टीकरण दिन खोजे पनि जनताले पत्याइहाल्ने अवस्था छैन । शान्ति र संविधान बनाउन असफल भएको सम्पूर्ण आरोप उनीमाथि नलागे पनि विशुद्ध सरकारले गर्ने सुशासनको काम गर्न नसक्नु उनकै कमजोरी हो । उनले त्यो कमजोरी 'फाटेको जालोले छोप्न सक्दैनन्, यो घामजत्तिकै छर्लंग छ ।
यही अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा टिकिरहनु भौतिक रूपमा उनका लागि सुखद होला, राजनीतिक रूपमा उनीबाहेक कसैलाई घाटा हुने छैन ।
 दलहरूबीच कम्तीमा पनि निर्वाचन गर्नेमा सहमति वा संविधानसभा पुनःस्थापना वा अर्को कुनै विकल्पमा सहमति नभएसम्म उनी सरकारमा रहनुपर्ने बाध्यता छ । धेरै समय पहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेजस्तै 'दसैं-तिहार नमनाई राजनीतिक सहमतिको ढोका नखुल्ने' करिब निश्चितजस्तै छ । त्यसबेलासम्म आफू प्रधानमन्त्रीका रूपमा रहनेमा भट्टराई ढुक्क छन् । त्यसबेलासम्म उनले राजनीतिक रूपमा निर्वाचन -संविधानसभा, संसद्) को सहमति गर्न पहल गर्ने र सरकारको तर्फबाट आर्थिक समृद्धिका लागि केही काम गर्ने योजना बनाएका छन् । आफूले सोचेअनुसार काम गर्न नसकेपछि थकित भएका भट्टराईले सरकार छाड्ने बेलामा यी दुई काम गर्न सकेमा भावी राजनीति त्यति जटिल नहुने अड्कल गरेका छन् ।
उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्रीले सहमतिका लागि अथक प्रयास गरेको उल्लेख गर्दै थाकिनसकेका बताए । 'अर्को विकल्प नभएसम्म सरकार बेवारिसे अवस्थामा छाड्न मिल्ने कुरा होइन, फेरि राजनीतिक सहमति हुन्छ भने बसिरहने भन्ने पनि होइन,' उनले शुक्रबार कान्तिपुरसँग भने, 'राजनीतिक सहमतिका लागि पहल गर्नुका साथै आर्थिक समृद्धिका लागि केही गर्ने योजना छ ।' उनले सहमतिका आधारमा अर्को संविधानसभा निर्वाचन घोषणा गरेपछि 'मार्ग प्रशस्त हुने' बताए । 'राजनीतिक सहमतिको आधारमा अर्को चुनाव घोषणा गरेपछि मार्ग प्रशस्त हुने हो,' उनले भने, 'यहाँ त सहमति गर्नेभन्दा सरकारबारे प्रश्न उठाउनमै समय खर्च भएको छ । सरकारको आयु लम्ब्याउने काम कांग्रेस-एमालेले गरेका छन् ।'
उनका अनुसार जलविद्युत्का क्षेत्रमा पश्चित सेती, दु्रत मार्ग, मध्य पहाडी राजमार्गजस्तो ठूलो आयोजना अघि बढाउने तयारीमा सरकार छ । राजधानीमा मुख्य गरी माइतीघरदेखि तीनकुनेसम्मको सडक पिच गर्ने र अन्य सडक विस्तार गरिसक्ने योजनामा सरकार छ । भट्टराईले सरकारका मुख्यसचिव लीलामणि पौडेलमार्फत सुशासनका केही कार्यक्रम अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि पौडेलले गृहकार्य गरिरहेको स्रोतले जनाएको छ । दसैंसम्म सुशासनको अभियानलाई तीव्रता दिने तयारी छ । निर्वाचनका लागि दलहरूबीच सहमति र सुशासनको क्षेत्रमा अलिकति राम्रो गर्न सके आफ्नो सत्ता बहिर्गमन 'सुखद' हुने भट्टराईको ठम्याइ छ ।




प्रकाशित मिति: २०६९ श्रावण २७ ०८:४८