एमाओवादी संगठन विभाग प्रमुख कृष्णबहादुर महरा जति संगठन र विभागको काममा
संलग्न हुन्छन्, बाहिर त्यति देखिँदैनन् । भित्रभित्रै पार्टीका रणनीतिमा
लाग्ने यी नेता शनिबार बिहान ९ बजे सुकेधारा निवासमा अर्को माओवादी
पार्टीका नेता देव गुरूङ र हितमान शाक्यसँग बैठकमा व्यस्त थिए । पार्टीलाई
विभाजन हुन नदिने प्रयासमा अन्तिमसम्म लागेका विदेश विभाग प्रमुखसमेत रहेका
महरालाई उक्त भेटबारे प्रश्न गर्दा 'पार्टी फुटे पनि सम्बन्ध सौहार्दपूर्ण
बनाएर जाउँ' भन्नेमा समझदारी गरेको बताए । विभिन्न समय मन्त्री, पार्टी
प्रवक्ता भइसकेका महराले बाह्य सम्बन्ध भने अहिले झन् कमजोर अवस्थामा
पुगेको ठहर गरे । उनले भारत र चीनलाई हेर्नेबारे पार्टीभित्र खासै विवाद
नभए पनि राष्ट्रियताको विषयमा सरकार पार्टीको नीतिभन्दा फरक ढंगमा अघि
बढेकामा असन्तुष्टि राखे । कान्तिपुरका गोपाल खनाल र गंगा बीसीसँग विदेश सम्बन्ध, सरकार र समसामयिक मुद्दामा उनले खुलेर बोले ।
तपाईंले मध्यस्थ गर्दागर्दै पार्टी फुट्यो, दुःख लागेको छैन ?
मलाई अस्वाभाविक लागेको छैन । दुःख लाग्नु स्वाभाविक हो । पार्टीभित्र मतभेद हुनु स्वाभाविक हो, पार्टीभित्र विभिन्न प्रवृत्ति, विचार हुन्छन् । सबै कुरा एउटै ठाउँमा हुँदा विवाद र बहस हुन्छ । पार्टी अलग्गै धातुले बनेको होइन, यही समाजभित्रका मान्छे रहेर बनेको हो । कम्युनिस्ट पार्टीमा बहस हुन्छन् तर बहस, विवाद हुँदैमा फुटिहाल्नु राम्रो होइन । यद्यपि फुटेपछि त्यसलाई सामना गरेर जानुपर्छ ।
कसको कारणले फुट्यो ?
हामीभित्र केही मतभेद थिए । मुख्य त कार्यदिशामा फरक पर्यो, अगाडि कसरी जाने सम्बन्धमा । कार्यदिशा फरक परेका कारण साथीहरू भिन्न ढंगले जान खोज्नुभएको हो । अहिले फुटिसकेपछि उहाँहरू (मोहन वैद्य) मा फरक केही देखाउन सक्नुभएको छैन । फुटको औचित्य पुष्टि गर्न सक्नुभएको छैन । फुटको मुख्य कारण उहाँहरू नै हो । संस्थापन पक्षले पार्टी फुटाउन सक्दैन ।
एक वर्षयता संस्थापनले हदैसम्मको लचकता अपनाएको हो । जे गर्न पनि छुट थियो । पार्टी नेताविरुद्ध कालोझन्डा देखाउने, मसाल जुलुस देखाउने, पुतला जलाउने छुट थियो । त्यतिसम्म छुट दिँदाखेरि पार्टीभित्र बसौं भन्ने थियो । उहाँहरूले पार्टीभित्र संघर्ष गर्न सक्नुभएन, हार्नुभयो । अल्पमत हुँदैमा छुट्टनिै पर्छ भन्ने कुरा राजनीतिक रूपमा सामना गर्न नसक्दाको कुरा हो । संविधानसभाको कुरालाई स्वीकार नगरी गोलमेच सभातिर पछाडि जानुभएको छ । उहाँहरूले नयाँ कार्यदिशा पनि दिन सक्नुभएको छैन । अर्को फुट्न नहुने बेलामा फुट भयो । तर फुटपछि त्यसको आधार दिन सक्नुभएको छैन । उहाँहरूले नयाँ केही गरे, प्रचण्डतिरकै मान्छे जानुहोला नि त । कांग्रेस, एमाले पनि पछि लाग्लान् नि । नयाँ चमत्कार केही ल्याउन सक्नुभएको छैन ।
वैद्य पक्षलाई जिम्मेवारी नदिई एक्ल्याउँदै जान खोज्दा फुटेको होइन ?
अलिअलि त्यो कारण पनि हो । वास्तवमा हामीले मिलाउन सकेनौं पनि । उहाँहरूले एउटै पार्टीमा रहँदा त्यो कुरा भन्नुपथ्र्यो । बाबुरामजीको नेतृत्वको सरकारमा भनेकै हो, धेरै कुरामा उहाँहरूले भनेजस्तै सरकारमा मिलाऔं भनेकै हो । तर उहाँहरू सहमत हुनुभएन । पछि राजनीतीकरणबाट सोच्न थाल्नुभयो । व्यावहारिक रूपमा पदका कारणले हो भन्न सकिन्छ ।
तपाईंले नेकपा-माओवादीका सचिव देव गुरुङ र पोलिटब्युरो सदस्य हितमान शाक्यसँग कुरा गर्नुभो, पार्टी एकताकै कुरा हो कि अरू केही ?
सैद्धान्तिक र राजनीतिक विषयमा त्यस्तो छलफल भएको छैन । मैले उहाँहरूका थुप्रै साथीहरूलाई भेटेको छु । पार्टी एकता गर्ने कोसिस गर्नुस् भन्दै हुनुहुन्छ । अलग भएर हुने चाहना उताका धेरै कार्यकर्ताको छैन । पार्टी नै अलग भइसकेपछि हामीले परस्पर झडप गर्नु हुँदैन । पार्टी एकताको अपिल गर्नुपर्छ, राजनीतिक र वैचारिक बहस गरिराख्नुपर्छ भन्ने सोचाइ कायमै छ । आज गुरुङ र हितमानजीसँग बसेका थियौं । झडप रोक्न पार्टी कार्यालय र सम्पत्तिसम्बन्धी विषय लचकतासाथ हल गरौं, पार्टी एकताबद्ध कसरी गर्न सकिन्छ भन्ने प्रसंग पनि राखेको थिएँ । पार्टी एकताका लागि पहल गर्नुपर्छ भन्ने मान्यता हो ।
एमाओवादी बिग्रिएको तपाईंहरूले स्वीकार गर्नुभयो, कसरी सपार्नुहुन्छ ?
पार्टी बिगि्रएको छ भन्ने महसुस भएको छ, विस्तारित बैठकले निर्णय पनि गरेको छ कि अब पार्टी बनाउने दिशातिर लाग्नुपर्छ । व्यावहारिक रूपमा निर्णय लागू गरेर जानुपर्छ । तलबाट होइन, माथिबाट सच्याएर जानुपर्छ । अध्यक्ष प्रचण्ड आफैंले मबाट सच्याउन सुरु गर्छु भन्नुभएको छ । गाडी छाडिसक्नुभएको छ, सामान्य घरमा बस्ने भन्नुभएको छ । केन्द्रीय कार्यालय संस्थागत गर्ने कुरा भएको छ । जिम्मेवारी हेरफेर को कहाँ पर्छ भन्ने हिसाबकिताब नगरी गर्नुपर्छ । सच्चिने क्रम यहींबाट सुरु हुन्छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र स्थायी समिति हुँदै तलसम्म सच्याउनुपर्छ । समस्याको चुरो माथि नै छ ।
किन बिग्रियो भन्ने लाग्छ ?
अलिकति पार्टी बिग्रिएको त हो, तर साँच्चै नसक्ने गरी बिगि्रएको चाहिँ होइन । पार्टी विघटन भएर सिद्धिएको होइन, पार्टीभित्र विकृति, विसंगति भएकै हो । हामी युद्धबाट शान्ति प्रक्रियामा आएपछि युद्धकै सेटमा सोचियो । समस्याको हल संवाद र छलफलबाट गर्नुपर्ने भयो । कार्यशैली परिवर्तन भयो, योजनामा गर्नुपथ्र्यो, भएन । जनतासँगको सम्बन्ध, बाहिर काम गर्दा विसंगति भएकै हो, नमिलेकै हो । आर्थिक अनियमितताका कुरा आए । केही व्यक्तिलाई लोभ लागेकै हो । तर हाम्रो नियतमा खराब थिएन ।
पार्टी फुट्यो, फेरि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियताको विषय उठाउनुभएको छ, अन्तरसंघर्ष देखियो नि ?
राष्ट्रियताको नारा बाहिर गर्दैमा उठ्ने, नगर्दैमा नउठ्ने भन्ने होइन । राष्ट्रियताका मामलामा हाम्रो सिंगो पार्टी एक ठाउँमा छ । राष्ट्रियताका मामलामा हाम्रा कतिपय कमीकमजोरी भए । हामी सरकारमा गएपछि निर्णयहरू राष्ट्रियतालाई आँच आउनेखालका भए कि भन्ने कुरा उठेको छ । ती कुरा उठ्नु अस्वाभाविक होइन । बिप्पा मात्रै होइन, अरू धेरै छन् । आजको कान्तिपुरमा बाबुरामजीको कुरा आएको छ, 'साँचो अन्तै रहेछ' भन्नुभएको छ । उहाँले देशको साँचो आफ्नो हातमा देख्नुभएन । त्यही हो राष्ट्रियताको सवाल । हाम्रो निर्णय आफैं गर्नुपर्छ भन्ने नै राष्ट्रियता हो, त्यो कुरा बाबुरामजी आफैंले महसुस गर्नुभयो । सरकारले आफ्ना निर्णय आफैं गर्न नसक्ने भन्ने कुरा पुष्टि भयो । यही हो, राष्ट्रियता कमजोर भएको । अरूको इसारामा काम गर्नुपर्यो भने त्यो राष्ट्रियताविरोधी निर्णय हो ।
म धेरै समय सरकारमा बसें । हाम्रो देशका कतिपय निर्णय स्वतन्त्र ढंगले गर्न पाउँदैनौं । यो देश हामीले बनाउने हो, हामीलाई सुझाब दिन सकिन्छ । हामीलाई अमेरिका, चीन, भारतलगायतको सुझाब चाहिन्छ । सबै देशले हामीलाई सुझाब दिऊन्, निर्णय गर्ने अधिकार हामीलाई दिऊन् । राष्ट्रियताको विषयमा प्रधानमन्त्रीदेखि मुख्य ठाउँमा बस्ने मान्छेहरू चुकेका छन् । हामी आत्मगत रूपमा बलियो हुन सक्यौं भने राष्ट्रियता बलियो हुन्छ । साना विषयमा अरूले जेजे भने, त्यही गर्दै गयौं भने कमजोर हुन्छौं । असाध्यै चर्का राष्ट्रियताका कुरा गर्ने साथीहरू पनि फस्नुहुन्छ । कूटनीतिक तरिका नदेख्ने, सडकमा आउनेलाई चाहिँ देख्ने हुन सक्दैन । बजारु राष्ट्रियतावाद र भित्रैदेखि राष्ट्रियताका पक्षमा लाग्ने कुरा फरक छ । हामीले आफ्नो निर्णय आफैँ गर्न सक्नुपर्छ, विदेशीसँग मित्रतापूर्ण सम्बन्ध राख्नुपर्छ ।
परराष्ट्रमन्त्री रहेका उपाध्यक्ष श्रेष्ठले राष्ट्रियताबारे प्रधानमन्त्रीसँग असहमति राखेका छन् । यसलाई कसरी हेर्ने ?
त्यो नैतिकता होइन । बिप्पाबारे हाम्रो पार्टीभित्र एउटै मत छैन । केही साथीहरूले बिप्पा ठीक भो भनेर पुष्टि गर्न चाहनुभएको छ, केही साथीले गलत भन्नुभएको छ । यसलाई एउटै ढंगले हेर्नु हुँदैन । हाम्रो विस्तारित बैठकले पारित गरेको राजनीतिक दस्तावेजमा राष्ट्रिय नीति हुनुपर्छ भनिएको छ, जलस्रोतबारे, अन्य विषयमा एउटा राष्ट्रिय नीति हुनु जरुरी छ । हाम्रो स्पष्ट नीति नै छैन । जो सरकार आयो, जो प्रधानमन्त्री वा मन्त्री भयो, उसले आफ्नो अनुकूल निर्णय गर्दै जाने हुन्छ । यो राष्ट्रिय नीति नहुनुको कारण एउटै पार्टीमा भिन्नभिन्न विचार आएका छन् । कतिपय विषयमा हाम्रै पार्टीभन्दा बाहिरका व्यक्तिले पनि अडान लिएका छन् । यो बिप्पाको विषय उठेको धेरै पहिले हो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले बिप्पा गर्नुभएन, उहाँ यसमा अड्किएकै हो भन्नुपर्यो । यता आएर बाबुरामले गर्दा उहाँ झुक्नुभयो भन्ने अर्थ पनि लाग्न सक्छ । राष्ट्रिय नीतिको अभावमा व्यक्ति विशेषमा भर पर्न गयो ।
भारतलाई हेर्ने तपाईंहरूको दृष्टिकोण परिवर्तन भएको हो ?
आधारभूत रूपले परिवर्तन भएको होइन । हिजो सैद्धान्तिक रूपमा जसरी हेरेका थियौं, आज पनि त्यही हो । आफ्नो सुरक्षाका विषयमा भारतले चिन्ता लिएको होला, चीनले पनि लिएको होला । भारत र चीनलाई नेपाल भित्रबाट चीनविरोधी गतिविधि नहून् भन्ने चिन्ता छ । उनीहरूले चिन्ता लिनु ठीक छ । तर त्यो चिन्ता उनीहरू यहाँ आएर गरिदिने होइन । हामीले उनीहरूको चिन्ता दूर गरिदिने हो । भारत वा चीनको सुरक्षा चिन्तालाई हामीले दूर गरिदिनुपर्छ । भारतले कहिलेकाहीँ नेपाल निकै कमजोर छ, हामी गएर सुरक्षा गर्नुपर्छ भन्ने ठान्छ, त्यो गलत हो । उसले नेपाल शक्तिशाली देश बनाउन सहयोग गर्नुपर्छ, त्यति नै ऊ सुरक्षित हुन्छ । चीनले पनि त्यही गर्नुपर्छ ।
एमाओवादी भारत र चीनलाई हेर्नेबारे कता झुकेको छ ?
हामी मध्यभागमा छौं । पहिले नेपाललाई हेर्छौं, त्यसपछि दुई छिमेकीलाई हेर्छौं । दुवै देशको सुरक्षा चिन्तालाई हामीले सम्मान र सम्बोधन पनि गर्न सक्नुपर्छ । सम्मान मात्र गर्ने र सम्बोधन गर्न नसक्दाका परिणाम आएका छन् । भारतले आफ्नो स्वार्थका लागि काम गर्छ, हाम्रो स्वार्थका लागि होइन । उसको स्वार्थका लागि गर्ने काम नेपालका नेताहरूले किन मान्ने ? बरु उसको चिन्ता गर्न सक्नुपर्छ । उसको विरोध गरेर मात्र हुँदैन । हाम्रो पार्टीले सार्वभौमसत्ता सम्पन्न देशका रूपमा अडेर आफ्नो स्वार्थका लागि दह्रो हुनुपर्छ । हाम्रो पार्टी त्यही ठाउँमा छ ।
तर प्रधानमन्त्रीले पार्टीको विदेश नीति कार्यान्वयन गर्नुभएको देखिन्छ ?
हाम्रो विदेश नीति कस्तो हुने भन्ने राष्ट्रिय नीति नभएपछि प्रधानमन्त्रीपिच्छे कुरा फरक हुन्छ । सरकारले गरेको निर्णयप्रति व्यक्तिगत रूपमा पूर्ण सहमत र सन्तुष्ट छैन । कतिपय सन्दर्भमा विदेशीको चलखेल बढेको हो कि ? मैले मात्र होइन, कांग्रेसका नेताहरूले पनि राष्ट्रियता अहिलेजस्तो कहिल्यै कमजोर भएको थिएन भनेका छन् । यो प्रतिपक्षको हैसियतले मात्र भनेको पक्कै होइन होला । अहिले पार्टीको नेतृत्वमा सरकार छ, तर राष्ट्रियताका सन्दर्भमा अलि नरम भएको हो कि भन्ने मलाई पनि लाग्छ ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रियता कमजोर पारेका छन् भने पार्टीले कुनै निर्णय गर्नु पर्दैन ?
हामीले पार्टीको तर्फबाट सरकारलाई सच्याउन कुरा पनि गरेका छौं । संविधान नबन्नुको पनि ठूलो समस्या छ । संविधान बनाउन सबै दल कसरी एक ठाउँमा ल्याउने हो । सरकार परिवर्तन गर्ने समस्या जस्ताको तस्तै रहने हुन्छ । त्यसकारण देशलाई आन्तरिक समस्या समाधान गर्न छिटो सहमति हुन आवश्यक छ ।
सशस्त्र युद्धका बेला तपाईंहरूले भारतलाई सहयोगका लागि पत्र नै लेख्नुभएको रहेछ ?
हामीले भारतलाई चिठी लेखेको सही हो । अहिले रहस्यमय भनेजस्तो चिठी थिएन । राजाले माघ १९ को कदम लिएपछि राजनीतिक दलसँग सहकार्य गर्न तयार छौं भनेर राजनीतिक निर्णय गरियो, यो निर्णयका आधारमा भारतसँग नरम नीति नअपनाई हुँदैन भन्ने नीति बनाएका हौं । त्योभन्दा हामी सुरुङ युद्धका पक्षमा थियौं । हामीले नीति फेरेर पत्र लेखेको हो । त्यसपछि राजनीतिक दलसँग १२ बुँदे सहमति बन्ने आधार बन्यो । हाम्रो पार्टीले भारतलाई हेर्नेबारे कुनै नीति फेरेको छैन । तर, कार्यनीतिक रूपमा कतिबेला 'यु टर्न' पनि गरेका छौं । २०६० सालमा राजाले मानेको भए कुरा गर्न लागेका थियौं । त्यसबेला निरंकुश राजतन्त्रसँग कुरा गर्नु गल्ती हुन्छ पनि भन्न सकिन्छ नि त । त्यो पनि यु टर्न हो । यो हाम्रो नीति हो । माओवादीको नीतिलाई एउटा ढर्राबाट हेर्यो भने बुझ्न सकिन्न । त्यतिखेर राजाले 'कू' गरेका बेला भारत र राजनीतिक दलसँग मिलेर जाने भन्ने कुरा गलत भइदिएको भए हामी यहाँ आउने नै थिएनौं ।
पछिल्लो समयमा संघीयतालगायतका विषयमा उत्तर दक्षिणबाट सुझाब खुला रूपमै आउन थालेका छन् नि ?
नेपालको राजनीतिक केन्द्र एमाओवादी र अध्यक्ष प्रचण्डमाथि छ । अध्यक्षले पहलकदमी गर्नुपर्छ भन्ने हो । राजनीतिको केन्द्रबिन्दु प्रचण्ड हो । त्यसकारण कतिपय मान्छेबाट त्यस्ता विचार आएका हुन सक्छन् । छिमेकबाट पनि आउन सक्छन् ।
अहिले संविधानको कुरै छैन, सरकार ढाल्ने र अड्याउने कुरा मात्रै छ नि ?
सरकारमा पुगेपछि अहिले राष्ट्रवादी देखिएकाहरू घोर अराष्ट्रवादी देखिन्छन् । यी सबै चीजलाई राष्ट्रिय सहमतिको सीमाभित्र कसरी ल्याउने ? त्यसरी हल हुन्छ । देशको समस्या हल गर्ने आधार तय गर्ने सहमति चाहिन्छ । सरकारको मात्र विकल्प खोजेर उही समस्या आउँछ । योभन्दा राम्रो विकल्पका लागि सहमति गर्नुपर्छ । पहिलेभन्दा दलहरूको चेत खुलेको छ । जेठ १४ पछि नेताहरू अलि गम्भीर भएकै छन् । राजनीतिक दलका नेताहरू स्वतन्त्र ढंगले निर्णय गर्ने हैसियतमा पुग्नुपर्छ । जहिल्यै पनि अर्काको भर पर्नु हुँदैन ।
अबको समाधान के त ?
नेपालको राजनीतिक इतिहास हेर्यो भने सही ठाउँमा छौं । हिजो राजनीतिको सेन्टर दरबार र कहिले दिल्ली हुन्थ्यो । अहिले पनि नेपालमै राजनीतिक सेन्टर हुनुपर्छ र त्यो प्रचण्ड वरिपरि घुमिरहेको छ । राजनीतिको 'टक अफ वार' भनेको पनि त्यहींनेर छ । राजनीतिको केन्द्र नेपाल भए मात्र समाधान छिटो हुन्थ्यो । नेपाली जनता राजनीतिको केन्द्र हुनुपर्छ । संविधानमै कुरा अड्किएको हो । परिवर्तनलाई सम्बोधन गर्ने पहिचानसहितको संघीयताको संविधान बन्नुपर्छ । यसमा सहमति गर्यौं भने सरकार पनि परिवर्तन हुन्छ, संविधान पनि बन्छ र देश नयाँ कोर्समा अघि बढ्छ । सरकार मुख्य विषय होइन, अब । संविधानका विषयमा न्यूनतम सहमति गर्न सकियो भने कुरा मिल्छ । पहिचानसहितको संघीयतामा आधारभूत रूपमा कुरा मिल्यो भने केही दिनका लागि संविधानसभा ब्युँताउन सकिन्छ । संविधान कस्तो बनाउने मोटो खाका आउनुपर्छ ।
पार्टीको महाधिवेशन हुनेमा विश्वस्त हुनुहुन्छ ?
अब पार्टीको महाधिवेशन गर्नैपर्छ र पार्टी बनाउनुपर्छ । पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि यो जरुरी छ ।
तपाईं अध्यक्ष पुष्पकमल दाहालको विश्वासिलो नेता हो भनिन्छ नि ?
काम विशेषले अध्यक्ष नजिक पनि हुन्छु, कहिले टाढा हुन्छु । विशेष सम्बन्ध भन्ने होइन ।
अब तपाईं महासचिवको उम्मेदवार हो ?
बादल (रामबहादुर थापा) अलग भइसकेपछि विशेष ब्युरोको जिम्मा अध्यक्षले तत्काल मलाई दिनुभएको थियो । मैले सातौं विस्तारित बैठकको संयोजन त्यसकारण गरेको हुँ । छलफल बहसले के निर्णय हुन्छ ? मेरो व्यक्तिगत इच्छाले केही हुने होइन ।

No comments:
Post a Comment