नाम:-पुष्पकमल दाहाल \\\'प्रचण्ड\\\'
न्वारानको नाम:- छविलाल दाहाल
जन्म मिति :- २०११ साल मंसिर २६ गते -धान खेतमा)
स्थान :- लेवाडी गाउँ, ढिकुरपोखरी, कास्की -पोखराबाट उत्तर-पश्चिम १७ किलोमिटर)
बुवा :- मुक्तिराम दाहाल
आमा :- भवानी दाहाल
श्रीमती :- सीता पौडेल
छोरा :- प्रकाश दाहाल
छोरीहरु :- ज्ञानु, रेणु र गंगा
भाइ :- गंगाराम दाहाल
बहिनीहरु :- अप्सरा भण्डारी, तारा दाहाल, सीता अधिकारी, कमला पौडेल, विष्णुमाया भण्डारी, सरस्वती पाठक
- प्रारम्भिक शिक्षा अनौपचारिक रुपमा मामाघरमा बसेर ।
- २०१९ साल माघमा चितवनस्थित शिवनगर गाविस, भीमसेननगरमा बसाइ ।
- राष्ट्रिय प्राथमिक विद्यालयमा सुरुमै तीन कक्षामा भर्ना ।
- एक दिन साहुले बुबा मुक्तिराम दाहाललाई गरीव भएकै कारण अपमानित गर्दै लाताले हानेको दृश्यले पुष्पकमल दाहालको जीवनको दिशा परिवर्तन ।
- हाइस्कुलमा पढिरहँदा माओबारे सुनेर कम्युनिस्टप्रति प्रभावित ।
- २०२६ साल वैशाखमा हरिकला पौडेलकी छोरी सीता पौडेलसँग विवाह ।
- नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट २०२७ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तिर्ण ।
- २०२८ सालमा रुपलाल विश्वकर्माबाट पार्टी सदस्यता प्राप्त ।
- बुवा नभएका बेला आमाले छरछिमेक र आफन्तजनसँग पचास/सय मागेर जम्मा गरेको चार सय रुपैयाँ लिएर पढ्न काठमाडौं ।
- २०२९ सालमा एसएलसीपछि विज्ञान संंकायको प्रमाणपत्र तहमा अमृत साइन्स कलेजमा भर्ना हुने चाहना । तर, काठमाडौं आइपुग्दा सो प्रतिष्ठित कलेजमा भर्ना हुने म्याद सकिसकेकाले पाटन ढोकास्थित पाटन संयुक्त कलेजमा भर्ना ।
- पाटन संंयुक्त क्याम्पसमा अध्ययनरत रहँदा विज्ञान प्रयोगशालामा उपकरणहरुको कमीका कारण विद्यार्थीहरुको नेतृत्व गरी शिक्षा मन्त्रालयलाई सुविधा थप गर्न बाध्य गराउने भूमिकामा ।
- २०२९ सालमा शिवनगरको स्थानीय माध्यमिक विद्यालयमा ६ महिना, नवलपरासीको डण्ड्याको जनता माविमा ६ महिना अध्यापन, माक्र्सवाद अध्ययन समूह गठन ।
- २०३२ सालमा भरतपुरमा युएसएडद्वारा प्रायोजित ग्रामीण विकास आयोजनामा जागिरे ।
- २०३२ देखि २०३५ सालसम्म गोरखा जिल्लाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा विज्ञान विषय शिक्षण ।
- सन् १९७९ मा गोरखाको शिक्षण पेशा छोडेर कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य ।
- भीमसेननगरस्थित सरकारी स्वामित्वको गाईवस्तु चराउने खुल्ला जग्गामा २ सय भूमिहीन परिवारलाई पुनःस्थापित गर्न युवा कम्युनिस्टहरुको नेतृत्व ।
- २०.?.. मा मोहनविक्रम सिंह नेतृत्वको अखिल नेपाल युवा संगठनको महासचिव ।
- २०३८ साल असारमा हतियारले सुसज्जित एउटा प्रहरी टोलीले घरमा खानतलासी गर्दा झण्डै गिरफ्तार । त्यसै दिनदेखि सत्ताइस वर्षको उमेरमा भूमिगत ।
- २०३० को दशकको मध्यतिर अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन -क्रान्तिकारी) गठन गर्न महत्त्वपूर्ण भूमिका ।
- २०३९ सालमा पार्टी विभाजन भएर निर्मल लामाले नेकपा -चौथौं महाधिवेशन) र मोहनविक्रम सिंहले नेकपा -मसाल) गठन गरेपछि नेकपा -मसाल)मा सक्रिय ।
- नेकपा -मसाल) को कार्तिकमा भएको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित ।
- २०४२ साल मंसिरमा श्रीमती र छोराछोरीसहित नारायणगढस्थित जगत श्रेष्ठको घरमा डेरा बसाइ ।
- २०४३ सालमा पार्टी पुन विभाजित भई मोहन वैद्यको नेतृत्वमा नेकपा -मशाल) गठन भयो, त्यतिखेर कमरेड विश्वास -प्रचण्ड) पोलिटब्यूरो सदस्यमा चयन ।
- २०४५ सालमा कमरेड विश्वास -प्रचण्ड) नेपाल कम्युनिस्ट पार्टी -मशाल) को महासचिवमा सर्वसम्मत चयन ।
- पन्ध्र सदस्यीय टोलीको नेतृत्व गर्दै १० दिने सशस्त्र प्रशिक्षणका निम्ति गोरखा सिरानचोक प्रस्थान ।
- पार्टी सञ्चालनका निम्ति खर्च अभाव भएपछि भीमसेननगरको घर जग्गा बिक्री ।
- २०४६ सालको आन्दोलनपश्चात पार्टीको नेतृत्व गर्न पाटनको कुम्भेश्वर झटापालस्थित श्यामबहादुर तण्डुकारको घरमा डेरा बसाइ सुरु ।
- २०४७ सालमा नेकपा -चौथों महाधिवेशन), नेपाल सर्वहारा श्रमिक संगठन, नेकपा -मशाल), नेकपा -मसाल) बीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी -एकता केन्द्र) को गठन, कमरेड प्रचण्ड महासचिवमा चयन ।
- \\\'संविधासभा ः क्रान्तिकारी वा सुधारवादी ?\\\' शीर्षकमा एक पुस्तक प्रकाशन ।
- २०४८ सालको आमनिर्वाचनमा नेकपा -एकता केन्द्र) का तर्फबाट संयुक्त जनमोर्चा -सजमो) को नामबाट सहभागी हुने निर्णय ।
- २०५० सालको मध्यतिर कमरेड रामबहादुर थापा \\\'बादल\\\'लाई रुकुम, रोल्पा पठाई सशस्त्र विद्रोहको सम्भाव्यताको अध्ययन ।
- २०५१ जेठ ८ गते पार्टीमा विभाजन, निर्वाचन आयोगद्वारा निर्मल लामाको समूहलाई वैधानिकता प्रदान । २०५१ साल चैतमा पार्टीको नाम नेकपा -माओवादी)मा परिवर्तन, महासचिवमा कमरेड प्रचण्ड नै ।
- २०५१ सालमा क्यान्सरले आमा भवानीको वीर अस्पतालमा मृत्यु, प्रचण्डद्वारा परम्परागत काजक्रिया संस्कारको बहिष्कार ।
- २०५१ साल माघ २१ गते दुई हप्ताको अल्टिमेटम दिएर बाबुराम भट्टराईमार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष संयुक्त जनमोर्चाको तर्फबाट एक ज्ञापनपत्र हस्तान्तरण ।
- २०५२ साल फाल्गुण १ गते प्रचण्डकै नेतृत्वमा जनयुद्धको प्रारम्भ ।
- २०५५ सालमा माओवादी सैन्य विभागको सर्वोच्च अंगको रुपमा जनमुक्ति सेनाको गठन र सुपि्रम कमाण्डरमा कमरेड प्रचण्ड ।
- २०५७ साल माघ १२ गते पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनबाट पार्टीमा अध्यक्षात्मक प्रणाली, अध्यक्षमा कमरेड.प्रचण्ड नै सर्वसम्मत ।
- २०५८ साउन १० मा अन्तरिम सरकार, गोलमेच सम्मेलन र संबिधानसभाको एजेन्डासहित युद्धविराम घोषणा ।
- २०५८ मंसिर ६ गते शान्तिवार्ता भंगको घोषणा ।
- मंसिर ११ गते सरकारद्वारा संकटकाल घोषणा गर्दै कमरेड प्रचण्डसहितका माओवादी नेताको टाउकाको मूल्य किटान । पहिलो पटक कमरेड प्रचण्डको रेखा चित्र सार्वजनिक ।
- २०५९ साउन २८ गते कमरेड प्रचण्डलगायत २८ जना नेताहरुविरुद्ध इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी ।
- ०५९ मै जनयुद्ध \\\'रणनीतिक सन्तुलन बाट रणनीतिक प्रत्याक्रमण\\\'मा फड्को मारेको घोषणा ।
- २०५९ माघ १५ गते माओवादी र सरकार दुवै पक्षबाट युद्धविरामको घोषणा ।
- पुनः भदौ १० गते युद्धविराम अन्त्यको घोषणा ।
- भदौ ३० मा कमरेड प्रचण्डसहित २१ वरिष्ठ माओवादी नेताविरुद्ध पुनः इन्टरपोलको रेर्ड कर्नर नोटिस जारी ।
- २०५८ साल साउन ६ मा कोअर्डिनेसन कमिटी अफ माओइस्ट पार्टीज एनड अर्गनाइजेसन अफ साउथ एसिया -कम्पोसा) गठन गर्ने महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका ।
- ङ्ग २०६१ भदौ १७ गते शेरबहादुर देउवा सरकार वार्ता गर्न हैसियत नराख्ने भएकाले प्रस्तावित वार्ताको इन्कार ।
- ङ्ग २०६२ मंसिर ७ गते सात दलको गठबन्धनमा १२ बुँदे सहमतिमा हस्ताक्षर ।
- ङ्ग २०६३ साल वैशाख तेश्रो साता पञ्जाब -भारत) बाट वीरगञ्ज हुँदै नेपाल प्रवेश ।
- २०६३ असार २ गते २५ वर्षे भूमिगत जीवनको अन्त्य गर्दै बालुवाटार प्रधानमन्त्री निवासमा सार्वजनिक ।
- २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर ।
- २०६३ साल माघ ४ गते मुलुकभरिका सबै जनसरकार र जनअदालतहरु विघटन भएको घोषणा ।
- २०६३ साल पुस ८ गते शान्ति र संविधानसभासम्बन्धी २३ बुँदे सम्झौतामा हस्ताक्षर ।
- २०६३ फाल्गुण २४ गते \\\'नयाँ नेपालका लागि नयाँ विचार र नयाँ नेतृत्व\\\' को नारासहित चुनावी घोषणापत्र सार्वजनिक ।
- २०६४ सालमा संविधान सभामा काठमाडौं निर्वाचन क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित ।
- २०६५ साल साउन ३१ गते गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री निर्वाचित ।
- २०६६ वैशाख २१ गते कमरेड प्रचण्डद्वारा प्रधानमन्त्री पदबाट राजीनामा ।
No comments:
Post a Comment